• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Mon, 17, Aug, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड छेडेदह गाउँपालिका

प्रचण्डको अवसरवादी प्रवृत्तिका कारण गठबन्धन भत्किएको हो- पाण्डे

खप्तड मालिका न्युज January 5, 2023 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

मिन बहादुर खड्का बाजुरा- बाजुराबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित कांग्रेस केन्द्रिय सहमहामन्त्री समेत रहेका बद्री प्रशाद पाण्डेले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डको अवसरवादी प्रवृत्तिका कारण गठबन्धन भत्किएको बताएका छन् । उनले रेडियो पौरखी बहसमा बोल्दै यस्तो बताएका हुन् । पछिल्लो समसामयिक राजनीति घटनाक्रमका बिषयमा बोल्दै नेता पाण्डेले प्रचण्डले प्रधानमन्त्रीको पदको लोभले गठबन्धन टुटाएको बताए । नेपाली कांग्रेस निरन्तर गठबन्धन टिकाई राख्ने पक्षमा रहेपनि माओवादी अध्यक्ष बर्तमन प्रधानमन्त्री प्रचण्ड प्रधानमन्त्री हुन पाउने भएपछि गठबन्धन छोडेर केपी ओली संग मिल्न गएको आरोप लगाएका छन् ।

गत पुष १० गते नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष कमल दाहाल प्रचण्ड गठबन्धन भत्काएर नेकपा एमाले सहित साना दलहरूको समर्थनमा प्रधानमन्त्री बनेका थिए । लोकतन्त्र बिरोधि, राजावादी, लगायत भरखरै राजनीति यात्रा तय गरेका स्वतन्त्र पार्टीको नेतृत्व गर्ने रवी लामिछाने सिके राउत लगायतको सहभागीतामा बनेको बर्तमान सत्ता गठबन्धन अप्राकृतिक गठबन्धन भएको पाण्डेको भनाई छ । नेपाली कांग्रेस नेतृत्वको गठबन्धन टिकाउन नसक्नुको पछाडि केही कमजोरीहरु पार्टीको पनि रहेको हुँदा यसको पार्टी भित्रै समिक्षा हुने र आगामी दिनमा पार्टीलाई सुदृधिकरण एकताबद्ध भैई थप शसक्त ढङ्गले अगाडि बढ्ने उनले बताएका छन् । गठबन्धन भित्रको ठुलो दलको हैसियतले प्रधानमन्त्री र रास्ट्रपतिको दावी गर्नु स्वभाविक रहेको तर प्रधानमन्त्री नपाउने भएपछि गठबन्धन नै भत्काउने पक्षमा नरहेको पाण्डेले बताएका छन् ।

प्रचण्डले पनि प्रधानमन्त्रीका लागी दावी गर्नु अन्यथा नभएको तर प्रचण्ड जहाँ पद पाइने त्यतै केन्द्रित हुनु लज्जास्पद बिषय भएको पाण्डेको भनाई थियो । कांग्रेसको नेतृत्वमा सरकार गठन गर्न नसकेको भन्दैमा कांग्रेस सकिसकेको हो भन्न नमिल्ने बताउदै कांग्रेस बलियो प्रतिपक्षीको भुमिका निर्वाह गर्ने बताए । अवसरवादी कम्युनिस्ट पार्टीहरुको दोहोरो चरित्र पहिलै देखी कांग्रेसलाई अवगत भएपनि तत्कालीन समयमा संविधानको र लोकतन्त्रको रक्षाका लागी गठबन्धन गर्न बाध्य भएको बताएका हुन् । यतिमात्र होईन मुलुकमा संकट उत्पन्न भएको स्थितिमा कांग्रेसको खाचो देशलाई पर्छ भन्ने कुरा प्रमाणीत पटकपटक हुँदै आएको बताए । मुलुकमा बिकास मुलुकको शान्ति र समृद्धि जनताको सुखका निमित्त कांग्रेस जुनसुकै पार्टी संग पनि मिल्न तयार हुँदै आएको पाण्डेको भनाई थियो । निर्वाचनमा कांग्रेस नेतृत्वको गठबन्धनलाई जनताले संतोषजनक मत दिएको तर केही अवसरवादी प्रवृत्ति भएकाहरुका कारण देश थप दुर्घटनामा जाने स्थिति सिर्जना भएको उनले उल्लेख गरे ।

 

फेरी पनि जिल्लाको बिकासमा डिस्ट्कन नै ल्याउने छ भन्ने कुरामा बिश्वस्त रहन आग्रह

 

नेता पाण्डेले फेरी पनि जिल्लाको बिकासमा डिस्ट्कन नै ल्याउने छ भन्ने कुरामा बिश्वस्त रहन आग्रह गरेका छन् । सरकार परिवर्तन हुँदैमा अव नेता पाण्डेले केही गर्न सक्दैनन् की भन्ने भ्रममा नपर्न बाजुरेली जनतालाई आग्रह गरेका छन् । चुनावमा गाउँगाउँमा गएर दिएका अभिव्यक्तिहरु र जनतासामु गरेका बाचाहरु पुरा गर्ने बताएका छन् । निर्वाचनको बेला सार्वजनिक गरेको प्रतिबद्धता पत्र अनुसारको काम गर्ने बताए । जिल्ला बासिका समस्याहरुलाई मध्यनजर गरी सोही अनुसारको बिकास निर्माणको कार्यहरू गर्ने बताएका छन् । जुन डिस्टिक्सन ल्याएर पास हुने घोषणा मैले गरेको थिए त्यसती नै म म पास हुन्छ पाण्डेले भने ।

अवको पाँच बर्ष निरन्तर जिल्लाको बिकासका सवालमा र बाजुरेली जनताको जिवनस्तर सुधार गर्न अहोरात्र खटिरहने बताए । आफ्नो कार्यकाललाई उपलब्धिमुलक कार्यकाल बनाउने प्रयत्न गर्ने उनको भनाई छ । मानव बिकास सूचकांकको ७७ औं स्थानमा रहेको पिछडिएको र पछाडि पारिएको जिल्लालाई जिल्लालाई अन्य जिल्लाको वरावरीमा ल्याउनका लागी आफु हरबखत लागिपर्ने स्पष्ट पारेका छन् । बिगत पाँच बर्षको कार्यकालमा भन्दा अवको पाँच बर्ष पछि जिल्लाको समग्र बिकासमा केही फरकपना देखिनेछ भन्ने कुरामा बिश्वस्त रहन आग्रह गरेका छन् ।

सिङ्गो बाजुरेली जनताको आवाजलाई संसदमा पुयार्उने र बाजुराको पुर्वाधार बिकासमा, बाजुराको गरिवी निवारण, भोकमरीको अन्त्य, युवाहरुलाई स्वरोजगार बनाउन बाजुरामै गुणस्तरिय शिक्षा प्रदान, जिल्लामै सुबिधा सम्पन्न अस्पताल जिल्लाका सवै ठाँउमा बिद्युत र संचारको पहँच, बाह्रैमास सडक संचालन गर्नका लागी प्रतिनिधिसभाको हैसियतले आफु कतव्य निष्ठ भएर लाग्ने प्रतिवद्धता जनाएका छन् ।

संसदमा मन्त्रि परिषदमा होस् की जुनसुकै ठाँउबाट होस बाजुरा जिल्लालाई अन्य जिल्ला बराबरीमा ल्याउनका लागी स्रोत साधन र बजेट खोसेर ल्याउने समेत उनले दावी गरे । अव बाजुरा बिकास उन्मुख जिल्ला बन्ने दावी गर्दै बाजुराको बिकास समृद्धि र बाजुरेली जनहरुको जिवनस्तर सुधार गर्ने कुरामा काँही कतै कसुर नराख्ने बताएका हुन् ।

निर्वाचनको दिन ज्यान गुमाएका दुवै युवाको न्यायका लागी निरन्तर पहल गरिरहेको पाण्डेको भनाई 

कार्यक्रममा पाण्डेले निर्वाचनको दिन बाजुराको त्रीवेणी नगरपालिका वडा न । ७ नाटेश्वरी आधारभुत बिद्यालयमा मटपेटिका उठाउने क्रममा उत्पन्न विवाद पछि सुरक्षाकर्मीले चलाएको गोली लागेर स्थानीय कांग्रेस कार्यकर्ता सन्जिव अयडीको ज्यान गएको थियो । सोही विवादलाई लिएर उत्पन्न परिस्थिति पश्चात् स्थानीय एमालेको भातृ संगठन अनेरास्ववियुका केन्द्रिय सदस्य चेतन अयडीलाई कांग्रेस कार्यकर्ताले घरमै पुगी निर्घात कुटपिट गरेपछि उपचारका लागी बाटोमा लैजादै गर्दा मृत्यु भएको थियो । विद्यार्थी नेता चेतनको सत्ता पक्षले योजनाबद्ध ढङ्गले हत्या गरेको आरोप नेकपा एमाले र अनेरास्ववियु बाजुराले लगाउदै आएको छ । यता सन्जिपको पनि सामान्य विवादपछि सरासर छातीमा गोली हान्नुको पछाडि सुरक्षाकर्मीको च्रम लापरबाही रहेकोले सुरक्षाकर्मीलाई कारवाहीको माग कांग्रेस र भातृ संगठन नेबिसंघको छ । मृतक दुवै जना प्रति दुस्ख व्यक्त गर्दै पाण्डेले दुवै जनाको न्यायका लागी पहल गरिरहेको बताए ।

आफुले गृहमन्त्रालय, लगायतका कार्यालय र सम्बन्धित सरोकारवाला निकायमा घटनाको सत्यतथ्य छानबिन गरी परिवारलाई उचित क्षेतीपुर्ती दिलाउन पहल गरिरहेको बताए । मृतक दुवैजनाको न्यायका लागी आफु निरन्तर पहल गरि आएको र फेरिपनि गर्ने उनको भनाई थियो । नेता पाण्डेले निर्वाचन पछि आफुमाथि लगाइएका आरोफरुका बिषयमा बोल्दै यो अत्यन्तै निराधार कुरा रहेको र यसको पछि कसैले नलाग्न गरेका छन् । बद्री पाण्डेले चुनाव जित्नका लागी मान्छे मार्न लगाएको भन्ने कुरा स्विकार्य नभएको र यस्तो कपोकल्पित कुरा कसैले नपत्याउने पाण्डेले स्पष्ट पारेका छन् ।

नेता पाण्डेले यदि यस्तो भ्रममा बाजुरेली जनता पर्नुभएको छ भने यो भ्रमणबाट मुक्त हुन अनुरोध गरेका हुन् । तर यता नेकपा एमालेले भने सत्ताको आडमा चेतन अयडीलाई कुटपिट गर्ने घटनामा संलग्न अभियुक्तलाई पक्राउ गर्न प्रहरी प्रशासनले नचाहेको आरोप लगाउदै आएको छ । घटनामा संलग्न २४ जना विरुद्ध जिल्ला अदालत बाजुरामा मुद्दा चलिरहेको छ । १४ जना अभियुक्त अझै फरार छन् । अहिले सम्म १० जना मात्र पक्राउ गर्न प्रहरी सफल भएको छ । यता सन्जिपको न्यायका लागी कसैले पहल नगरिदिएको आफन्तको गुनासो छ । उसो त साच्चिकै सन्जिवको शवको दाहाशस्कार पछि उनको न्यायको लागी कतै आवाज उठेको पाइदैन ।

 

सम्बन्धित पोस्ट
  • अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम
  • बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा
  • जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ
  • बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    समाचार

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण

    देउडाका धराेहर गायक थापाकाे ‘मधुवन सिर्क्या रुमाल’ बजारमा

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑