
बाल्यकालको उमेर मेरो, नबुझेर गयो
जति बुझे मेरो कथा ,त्यति गहिरो भयो।।
अनुहार चिन्दैन मैले,जस्ले जन्म दिए
आमाको बास खोज्दै हिड्ने ,मै अभागी थिए।।
कालिरात लाग्दै प्यारो ,उज्यालो जुन जति
आमाकी टुहुरी भए, कर्म दोष दिउ कती।।
आमाको सम्झना आयो ,हिर्दयलाई पोल्ने
नत हेर्या देखिने हुन ,नबोलाया बोल्ने।।
लाउखाउ भन्ने उमेरमा ,टिपि लैग्यो काल
ठुली भए पछी मलाई ,सुनाउदै थे हाल।।
गाउटोल बस्ती बस्ती पनि ,माया गर्थे अरे
आफ्नो सक्दो सहयोग गर्थे, कसैलाई केही परे।।
राम्रो मान्छे कालले पनि, छोड्दो रहेन्छ
आमासङ्गै बस्ने मेरो, भाग्य रहेन्छ।।
आमासगै हुनेहरु ,सधै बाला ठान्छ्न
अप्ठ्यारो परेका बेला ,गुहार्नलाई जान्छन।।
बालकालैमा दु:ख हुन्छ, आमा नहुनाले
मर्यो मान्छे फर्किदैन्न ,सम्झेर रुनाले।।
संगै बसि थकाइ मार्थे ,भन्थे मनका कुरा
आमा भए मेरो मागलाइ, गर्ने थिए पुरा ।।
आमाको हात समाइ हिड्ने, भाग्यमा भएन
सम्झेर धुर धुरु रुनु😭, भन्दा केही रहेन।। 🙏🙈


खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर