• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Wed, 24, Jun, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  अछाम

आफ्नै श्रम र सिप खर्चेर बुनेका ऊनका कपडा बेच्न बाजुरा आइपुगेका जुम्लाका शुकलाल

खप्तड मालिका न्युज January 2, 2023 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : २ मिनेट

मिन बहादुर खड्का बाजुरा – मध्यान्नको समय थियो । खाना खाएर एकछिन् आराम गरिरहेका थिए ,गाँउ घरका मान्छे । उमेरले करिव ७० बर्ष काटिसकेका झै एक बृद्ध पिठ्युँमा ऊनका कपडा बोकेर हिडिरहेको अवस्थामा भेटिनुभयो । उमेरले नातिनातिनी खेलाएर घरमै बस्नु पर्ने भैसकेको देखिनु हुन्थ्यो ।कपाल फुलीसकेका उकालो ओरालोमा लठ्ठीको साहाराले मात्र हिड्न सक्ने देखिनुहुन्थ्यो । सुरुमा देख्दा यति बुदो मान्छे कहाँबाट आएका होलान् भन्ने लाग्यो ।अनुहारमा हेर्दा निकै ठकित नै उहाँ देखिनुहुन्थ्यो ।

पिठ्युँमा उनका लुगाहरुको भारी,ठकित अनुहार , उमेरले दादापारीको घाम भैसकेका बुदेशकालमा अर्काको साहारामा बाच्ने भैसकेका झै लाग्ने उहाँको परिचय सोध्न मन लागिहाल्यो । बुझ्दै जादा त उहाँ धेरै टाढाबाट बाजुरा आइपुग्नु भएको रहेछ । शुकलाल बुढा नाम भएका उहाँको घर जुम्लाको कन्का सुन्दरी गाउँपालिका वडा न  ३ धुम पर्ने रहेछ । सोध्दै जादा उमेरले ७० बर्ष काटिसकेको झै लाग्ने उहाँको उमेर ६९ बर्ष भैसकेको उहाँले बताउनुभयो । ऊँनका कपडा बेच्दै जुम्लाबाट बाजुरा आइपुगेको उहाँले बताउनुभयो । हरेक बर्ष बर्षातका महिनाहरुमा उन खरिद गरेर हिउँदमा चिसोको समय सुरु भएपछि जिल्ला भित्र र जिल्ला बहिर गएर ऊँनका कपडा बेच्दै आउनुभएको रहेछ । आफुले यसरी कपडा बेच्दै आएको करिव २५ बर्ष बितसकेको उहाँ बताउनुहुन्छ । उसो त गाउँ-गाउँमा चिसोको समय सुरु हुने बितिक्कै न्यानो लुगा बेच्नका लागी कयौं व्यापारीहरु आइपुगेका देखिन्छन् ।
तर जुम्लाका शुकलाल बुढा भने यि अन्य व्यापारी भन्दा फरक छन् ।किनकी उनी आफैले बुनेका कपडा बेच्ने गर्छन् । तर अरु व्यापारीहरु भने बजारबाट सस्तो मुल्यमा किनेर गाउँमा आएर मुनाफा गर्ने उदेश्यले लुगा बिक्री गर्न गाउँ भित्रीने गरेको पाइन्छ । बिगत २५ बर्ष देखी ऊँन  खरिद गरेर आफैले कपडा बुन्ने गरेको बुढाको भनाई छ । उहाँका अनुसार स्विटर, काम्ला बर्का, दरी ओड्ने ओछ्याउने,  आदी कपडाहरु पुरानै आफ्नै सीप खर्चेर बुन्नुहुन्छ ।  उहाँले काँही कतैबाट अहिलेसम्म तालिम पनि लिनु भएको छैन तर बिभिन्न डिजाइनका बुट्टा भरेका कपडाहरु बुन्ने गरेको उहाँले बताउनुभयो । अहिले सम्म आफ्नो श्रम र सिपको प्रचार प्रसार नभएको र कतैबाट तालिम लिन नपनएको उहाँको दुखेसो छ । कतैबाट तालिम लिन पाएको भए अझै नयाँ नयाँ डिजाइनका कपडा बनाउन्थे होला भन्ने रहर अधुरै रहेको उहाँको भनाई छ । फेरी पनि तालिम लिन पाउने उहाँका अपेक्षा अझै छदैछ । एउटा स्विटर मात्र बुन्नका लागी करिव १० दिन लाग्ने उहाँ बताउनुहुन्छ । बर्षाको अवधिभर बुनेका कपडाहरु बोकेर उहाँ चिसोको समय सुरु हुनेबित्तिकै घरबाट कपडा बिक्रि गर्न हिड्ने गरेको उहाँले बताउनुभयो । आफ्नै सिपबाट आफ्नै श्रम खर्चेर तयार पारेका ऊँनका कपडा मंसिरको १० गते घरबाट हिड्नुभएका उहाँ पुष १७ गते जिल्ला सदरमुकाम मार्तडी पुग्नुभएको रहेछ ।
घरबाट हिडेको करिव ३६ दिनपछि बाजुरा पुगेका बुढा जुम्लाबाट अछामको मंगलसैन हुँदै डडेलधुरा, दार्चुला, बैतडी बझाङ भएर जिल्ला सदरमुकाम मार्तडी पुगेको उहाँले बताउनुभयो । यसरी हरेक बर्ष आफ्नै श्रम सिप खर्चेर कपडा तयार पारेर जिल्ला भित्र अनि जिल्ला बाहिरका ठाउँ-ठाउँमा गएर बिक्रि गर्दै आएको उहाँको भनाई छ । २५ बर्ष आफैले बुनेका ऊँनका लुगा कपडा बिक्री गर्दै आफ्नो जिवीको पार्जन गर्दै आएको उहाँले बताउनुभयो । आफ्नो ३ वटा छोरा र ७ वटा छोरिहरु रहेको उहाँ बताउनुहुन्छ । १० वटा छोराछोरीको पालन पोषण देखी बिद्यालय जान खर्च चल्ने गरेको उहाँले बताउनुभयो । जिविको पार्जन मात्र नभैई कुनै बर्ष थोरै भएपनि आमदानी समेत गर्दै आएको हुँदा आफुले व्यावसायका रुपमा लिएको उहाँको भनाई छ ।

करिव १ लाख बराबरको उन खरिद गरी आफैले बुनेर तयार पारेका कपडाबाट बर्षेनी खान बस्न गाडी भाडा सवै खर्च गरेर करिव डेर देखी २ लाख रुपैयाँ आम्दानी हुने गरेको उहाँले बताउनुभयो। व्यापार व्यावसयमा कहिले नाफा कहिले घाटा हुने नै भयो । सधै नाफा पनि हुँदैन सधै घाटा पनि हुँदैन । कुनै बर्ष धेरै आमदानी हुन्छ त कुनै बर्ष कम आमदानी हुन्छ । छोराछोरीलाई खान लाउन र बिद्यालय पढाउन यसैबाट चलाउदै आएको छु । कहिले काहीं बचेको पैसाले अन्य कारोवारो गर्न पनि सहज हुन्छ ।खान लाउन कहिले अभाव भएको छैन । शुकलाल बुढाले भन्नुभयो । बुदेशकालमा अर्काको साहारामा बाच्ने भैसकेका शुकलाल बुढा यसरी गाउँ-गाउँमा गएर ऊँनका कपडा बेच्नुको पछाडि धेरैको मनमा अनेकौं प्रश्नहरु उब्जिन सक्छन् । यो उहाँको रहर हो वा बाध्यता हो ।
यो उहाँले खुलाउन पनि चाहानु भएन । उसो त उमेरले असल छोरा बुहारी भएमा घर्मै सुखका साथ बस्नुपर्ने हो तर यो छुट उहाँलाई छैन । किनकी उहाँ कपडा बेच्न कयौं जिल्ला घुमेर बाजुरा आइपुग्नुभयो । बुदेशकालमा बुवाआमालाई बृद्धाआश्रम पठाउने बर्तमान समयमा छोराबुहारीले सुखका साथ बसाउलान भन्नु कल्पना गर्न जस्तै हो । तर सवै छोराबुहारी यस्तो नहुन सक्छन् । त्यो त मान्छेहरुको व्यवाहारमा भर पर्छ । तर शुकलालले भने यो बाध्यता नभएको बताउनुभयो । आफुले बुनेको कपडा बेच्न पाँउदा आफुलाई खुसी महसुस हुने हुँदा दुस्ख गरेर भएपनि कपडा बेच्न आउने गरेको उहाँको भनाई छ । सुरुमा परिवार पाल्नका लागी भेरै दुःद गरेपनि अहिले भने दुःख गर्नुपर्ने बाध्यता भने नरहेको बताउनुभयो ।

सम्बन्धित पोस्ट
  • कक्षा १२ को नतिजा सार्वजनिक
  • बाजुरामा दाँते ओखर खेती (तस्वीर)
  • ‎बुढिगंगामा दुईदिने डिजिटल मिडिया तथा भिडियो डकुमेन्ट्री तालिम सुरु
  • बाजुरामा चक्कु प्रहारबाट महिला घाईते
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    कक्षा १२ को नतिजा सार्वजनिक

    बाजुरामा दाँते ओखर खेती (तस्वीर)

    ‎बुढिगंगामा दुईदिने डिजिटल मिडिया तथा भिडियो डकुमेन्ट्री तालिम सुरु

    समाचार

    कक्षा १२ को नतिजा सार्वजनिक

    बाजुरामा दाँते ओखर खेती (तस्वीर)

    ‎बुढिगंगामा दुईदिने डिजिटल मिडिया तथा भिडियो डकुमेन्ट्री तालिम सुरु

    बाजुरामा चक्कु प्रहारबाट महिला घाईते

    बाजुरामा पाेखरीकाे पानीमा डुवेर एक बालिकाकाे मृत्यु

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑