
बाजुरा – त्रिवेणी ७ बस्ने चेतन अयडी हत्या प्रकरणमा प्रक्राउ परेका ९ जनालाइ पुर्वपक्षका लागी जिल्ला कारागार बाजुरा चलान गरेको छ । किटानी जाहेरी परेका २४ जना मध्ये ९ जनालाइ प्रहरीले प्रक्राउ गरि अदालत पेश गरेको थियो ।मंगलबार जिल्ला अदालत बाजुराले थुन चेक आदेश मार्फत ९ जनालाई पुर्वपक्षका लागि कारागार चलान गरेको जिल्ला अदालत बाजुरा श्रेष्तादार पुष्पराज पाण्डेले जानकारी दिनुभयो । सरकारी वकिल कार्यलय बाजुराले २४ जना बिरुद्ध जन्मकैद माग दाबी सहित जिल्ला अदालत बाजुरामा उजुरी दर्ता गरेको थियो ।२४ जना मध्ये १० जना मात्र प्रक्राउ गरेको थिए । एकजना उपचारको क्रममा रहेकाले ९ जनालाइ मात्र अदालत पेश गरेको थियो । बाँकि १४ जना फरार रहेको प्रहरीले जनाएको छ । जिल्ला अदालत बाजुराले बाँकि १५ जनालाइ ३५ दिन भित्र अदालतमा हाजिर हुन पत्रचार सँगै वारेन्ट जारि गरेको छ ।

त्रिबेणी नगरपालिका ७ का वडा अध्यक्ष जुद्ध बहादुर अयडी निलम्बनमा
त्रिबेणी नगरपालिका ७ का वडा अध्यक्ष जुद्ध बहादुर अयडी निलम्बनमा परेका छन् । त्रिवेणी ७ बस्ने चेतन अयडी हत्या प्रकरणमा प्रक्राउ परेका वडा अध्यक्ष अयडीलाइ पुर्वपक्षका लागी जिल्ला कारागार बाजुरा चलान गरेको छ ।वडा अध्यक्ष अयडी थुन चेक आदेश मार्फत कारागार पठाएपछि उनी वडा अध्यक्ष बाट स्वतः निलम्बनमा परेको निर्वाचन आयोगका उपन्याधिबक्ता गुरु प्रसाद वाग्लेले जानकारी दिनुभएको छ ।जिल्ला अदालत बाजुरा श्रेष्तादार पुष्पराज पाण्डेले भने वडा अध्यक्षलाई थप अनुसन्धानका लागि कारागार पठाइसकेकाले उनी अहिले निलम्बनमा परेको वताए । भोली सफाइ तथा उनको घटनामा कुनै संलग्नता नरहेको पाइएमा स्वतह निलम्बन फुकुवा हुने पाण्डेले बताउनुभयो ।मंगलबार जिल्ला अदालत बाजुराले थुन चेक आदेश मार्फत वडा अध्यक्ष सहित ९ जनालाई पुर्वपक्षका लागि कारागार चलान गरेको हो । सरकारी वकिल कार्यलय बाजुराले २४ जना बिरुद्ध जन्मकैद माग दाबी सहित जिल्ला अदालत बाजुरामा उजुरी दर्ता गरेको थियो ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर