• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Sun, 31, May, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड छेडेदह गाउँपालिका

दलित भएकै कारण कुटिएका मिजारको उपचार हुँदै अवस्था गम्भीर

खप्तड मालिका न्युज December 13, 2022 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

मिन बहादुर खड्का बाजुरा  – जिल्लाको खप्तड छेडेदह गाउँपालिका वडा न . ३ का पुडाबाउलाका ३२ बर्षिया युवक संकर मिजार दलित भएकै कारण कुटिएका छन् । मिजारलाई उनकै समुदायका दुइ जना युवकले जातीय बिभेद गर्दै निर्घात कुटपिट गरेको पाइएको छ । मिजारलाई कुटपिट गर्नेहरू सोही ठाउँका स्थानीय हिरेन्द्र रावत र पारस रावत रहेका छन् । निज दुवै जनाले मिजारलाई अपशब्द प्रयोग गर्दै मिती २०७९ साल ८ महिना २३ गते दिउँसो ३ बजेतिर कुटपिट गरेका हुन् ।

सो दिन सो गाउँको सामुदायिक बनमा घास फुकुवा गरिएको थियो । उनकी श्रीमती घास काट्न जङ्गल गएकी थिइन् । श्रीमतीले घास ल्याउन जङ्गल बोलाएपछी घास ल्याउका लागी बाटोमा हिडिरहेको बेला गाउँकै एक पसलमा पुग्दा कुटपिट गर्ने हिरेन्द्र रावत र पारस रावतको मिजार संग सामान्य भनाभन भएको थियो । सामान्य भनाभनको स्थितिलाई लिएर दुई जना मिलेर मिजारलाई निर्घात रुपमा ज्यान मार्ने उदेश्यले कुटपिट गरेको पीडित परिवारको आरोप छ । कुटपिट गर्ने दुवैजनाले डुम शब्द प्रयोग गर्दै मिजार माथी निर्घात कुटपिट गरेको पनि पीडित पक्षको पारिवारिक श्रोतले जनाएको छ । निर्घात कुटपिट पछि गम्भीर घाइते भएका मिजारको अहिले धनगढी स्थित सेती अञ्चल अस्पतालमा उपचार भैरहेको छ । उनको अवस्था पनि गम्भीर रहेको बताइएको छ ।

अहिले घाइतेको उपचार भैरहेको हुँदा घाइतेको स्वास्थमा सुधार आए लगत्तै कानुनी प्रक्रियामा जाने परिवार निकट श्रोतले बताएको छ । सार्वजनिक रुपमा जातिय बिभेद गर्दै निर्मम पुर्वक कुटपिट गर्ने दुवैजना विरुद्ध जातिय छुवाछूत  विरुद्धको कसुरमा जाहेरी दिने तयारी भैरहेको पनि बताइएको छ ।

घटना के कति कारणले भएको हो भनी त्यहाँका स्त्थानियलाई बुुुझ्दा कुटपिट गर्ने समुह र कुटाइ पाएका मिजारले मधिरा सेवन गरेर आपसमा दोहोरो भनाभन भएपश्चात् रावतले मिजारलाई निर्घात कुटपिट गरेको त्यहाँका स्थानीयले बताएका छन् । मिजार र कुटपिट गर्ने समुह बीच पहिलै देखी दुश्मनी रहेको पनि एक श्रोतले बताएको छ । यता कुटपिट गर्ने दुवै जनालाई बुुुझ्न खोज्दा फोन सम्पर्क हुन सकेको छैन । दलित भएका कारण जहिले त्यो समुदायका उपल्लो जातिका व्यक्तिहरुले अपहेलना गर्दै आएको त्यहाँका दलित अगुवाहरुको भनाई छ । सो दलित समुदायलाई ल्वार बाडो, भुल बाडो डुम बाडो त्यहाँका अन्य समुदायका व्यक्तिले भन्दै आएको पाइएको छ । पहिले देेेेखी नै यि शब्दहरु प्रयोग हुुँदैआएको एक विद्यार्थी उमेेेश सुनारले बताए ।

दलित भएकै कारण कुटपिट गर्ने दोषीलाई कडा भन्दा कडा कारबाही हुनुपर्ने एक जना युवा विद्यार्थी सुमित सुनारले बताए । दलित भएकै कारण कुटिएका मिजारलाई न्याय दिलाउनका लागी कानुनी प्रक्रियामा जाने उनको भनाई छ । उनले आफ्नो सामाजिक संजाल फेसबुकमा लेख्दै त्यहाँका स्थानीय जनप्रतिनिधि, बुद्धिजीवी , लगायतलाई उक्त घटनाको सत्य तथ्य छानबिन गराई दोषीलाई कानुनी कारबाही गराउन माग समेत गरेका छन् । अहिले उक्त घटनाको सामाजिक संजालमा समेत कडा आलोचना भैरहेको छ ।

दलित अधिकारकर्मीहरुले यो घटना प्रति खेद समेत प्रकट गरेका छन् । यो घटना प्रति घोर आपत्ती समेत जनाइरहेका छन् । दोषीलाई कानुनी कट्घेरामा उभ्याउन सवैले सक्दो सहयोग गर्न अपिल समेत गरिरहेका छन् । सानो ठुलो जातको नाममा दलित भएकै कारण कुटिनुपर्ने कहिसम्म ? मानबले मानवलाई अमानवीय व्यवाहार गर्न कहिले सम्म छोड्छन यि प्रश्नहरु यत्रतत्र उठिरहेको अवस्था छ । जिल्लामा जातीय बिभेदका घटनाहरु निरन्तर घटिरहेका छन् । जिल्लाको त्रीवेणी नगरपालिकामा रहेको नाटेश्वरी मन्दिर प्रवेश गरेको भन्दै एक दलित समुदायका व्यक्ति माथी अभद्र व्यवाहार गर्दै सार्वजनिक रुपमा जातीय बिभेद गरेको घटना सेलाउन नपाउदै यो जिल्ला भरको एक अर्को उद्घारणिय घटना हो ।

यो भन्दा अगाडि यस्ता थुप्रै घटनाहरु जिल्लामा घटिरहेका छन् । दिनानुदिन दलित समुदाय माथि यि घटनाहरु दिहोरिरहेका छन् । सिङ्गो दलित समुदाय माथि यि घटनाहरु दिन प्रतीदिन दोहोरीदै जानुको पछाडि नेपाल सरकारले छुवाछूतको अन्त्य गर्नका निमित्त गरिएको संबैधानिक व्यवस्था केवल कागजको पानामा सिमित भएको पुष्टि हुन्छ । बरु यस्ता घटनाहरु घटाउने प्रमुख दोषीलाई संरक्षण गर्नका लागी सिङ्गो राज्य नै लागिपरेको देखिन्छ । अहिलेको एक्काइसौं सताब्दीमा आइपुग्दा पनि दलित समुदाय माथि हुने थिचोमिचो दमन, शोषण, लगायतका घटनाहरुमा कमी आउन सकेको छैन ।

सम्बन्धित पोस्ट
  • अछाममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते
  • मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने
  • कविता ‘सरकारी स्कुल’
  • नेपाली जनताको सङ्घर्ष र बलिदान : आज १९औँ गणतन्त्र दिवस
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    अछाममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते

    मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने

    कविता ‘सरकारी स्कुल’

    समाचार

    अछाममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते

    मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने

    कविता ‘सरकारी स्कुल’

    नेपाली जनताको सङ्घर्ष र बलिदान : आज १९औँ गणतन्त्र दिवस

    गायक थापाकाे ‘काँ झुल्की झुलुक्क’ सांगीतिक बजारमा

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑