
मिन बहादुर खड्का बाजुरा – गत मंसिर चार गते समपन्न प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचनबाट बाजुरा क्षत्र न. १ बाट निर्वाचत प्रदेश सभा साँसद नेकपा एकिकृत समाजबादीका केन्द्रिय अध्यक्ष समेत रहेका युवा नेता नरेश शाहीले आफु समग्र जिल्लाको बिकासका लागी सधै लागीपरेको बताउदैँ बाजुरेली जनताको समस्या समाधानका निमित्त सधै अवरात्र खटिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।। कोल्टिमा आयोजित गठबन्धनको धन्यबाद सभालाई सम्बोधन गर्नुहुँदै यस्तो बताउनुभएको हो ।

आफुलाई बिश्वास गरेर मतदान गर्ने मतदान गर्ने मतदातालाई धनयबाद दिनुहुँदै नेता शाहीले चुनावी प्रचार प्रसारमा गएर गरेका बाचाहरु परा गर्ने कुरामा काँही कतै कसुर नराख्ने बताउनु भयो । नेता शाहीले तलव भत्ता खाएर सुख सुबिधामा रमाउनका लागी आफ्नो प्रदेश सभामा उम्मेदवारी नरहेको बताउनुहँदै आफ्नो उम्मेदवारी, बाजुराको गरिवी भोकमरी व्यरोजगारीको अन्त्य र बाजरेली जनहरुको समस्याहरुको समाधानका निमित्त रहेको स्पष्ट पार्नुभयो ।
बाजुराका जनतालाई शिक्षा, श्वास्थ्य रोजगारी, खानेपानी, संचार,बिद्युत यातायात सिचाँइको पहुँचमा पुर्याउने प्रतिवद्धता व्यक्त गर्नुभयो । नेता शाहीलाई युवा लक्षित कार्यहरु गर्ने बतानउनुहँदै युवाहरुलाई सकारातमक बाटोमा डोर्यायने बताउनुभयो ।
केन्द्रमा बद्रि प्रशाद पाण्डेको नेतृत्वमा बाजुराको बिकासका लागी आपसी सहकार्य गरेर अगाडी बढाउने शाहीको भनाई छ । बिगतका दिनहरुमा अर्थात यो भन्दा अगाडीका जनप्रतिनिधिले जसरी कमिसनको खेल गरेका थिए त्यो अव आफुहरुको नहुने बताउनुभयो । नेता शाहीले जनताको सेवाका लागी राजसनितिमा लागेको बताउदैँ पाँच बर्षकाे कार्यकालकाे अन्तयमा आफ्नो कुनै घरको तला नथपिने र गाडी किन्ने छैन भन्ने कुरामा बिश्वस्त रहन आग्रह गर्नुभयो ।
जनतालाई नरशे शाहीलाई मतदान गरेर ठिकै गरेछौँ भन्ने अनुभुती सवैलाई गराउने उहाँको भनाई छ ।
आफु गठबन्धनको तर्फबाट बिजयी भएपनि जिल्लाको साझा जनप्रतिनिधि भएर जिल्लाले गर्व गर्न लायकका काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।। प्रदेश साँसद शाहीले प्रतिपक्ष दलका नेता कार्यकर्ताहरुले पनि नहिच्किचाइकन आफ्ना समस्याहरु भन्न आग्रह गर्नुभयो ।
बिजयी भइसकेपछी समग्र जनताको जनप्रतिनिधि हुनुपर्छ भन्ने कुरामा जोड दिदै शाहीले आफ्नो तर्फबाट बिकास निमार्णका हकमा हाेस की अन्य सेवा सुबिधाको हकमा सवैलाई समान व्यबाहार गर्ने बताउनुभयो ।। अवको पाँच बर्षको कार्यकाललाई उपलव्धिमुलक बनाउन सकेमा मात्रै जिल्लाको समग्र बिकासमा टेवा पुग्ने शाहीको भनाई छ । पिछडीएको बाजुरा पछाडी पारिएको बाजुरा अव अगाडी बढ्ने छ भन्ने कुरामा बिश्वस्त रहन समेत उहाँले आग्रह गर्नुभयो ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर