• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Mon, 17, Aug, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड छेडेदह गाउँपालिका

मलेसियाबाट बाजुराका भरत कटुवालको जिल्ला स्थित राजनिति दललाई चिठी,

खप्तड मालिका न्युज November 30, 2022 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

बाजुरा- गत मंसिर चार गते निर्वाचनको दिन घटेको अप्रिय घटनालाई लिएर मलेसियाबाट जिल्लाको बुढिगंगा नगरपालिका वडा न . ७ झाली स्थायी घर भएका भरत कटुवालले सुदुरपश्चिम प्रदेश देवराज जोशीलाई सम्बोधन गर्दै बाजुराका केन्द्रीय स्तरका नेतृत्वलाई प्रश्न सहितको एक पत्र लेखेका छन् ।

हेर्नुस यस्तो छ उनले लेखेको पत्र

                                                    बिषयः  जिम्मेवारी कसले लिने बारे !

आदरणीय प्रदेश प्रमुख देवराज जोशी ज्यु नमस्कार । तपाइले मलाइ चिन्न्नुहुन्छ या चिन्नु हुन्न्न म तपाइँलाई गाउँ घर को हिसावले चिन्छु । मेरा गुरु नेपाली कांग्रेसका नेता र हालका प्रदेश प्रमुख को हिसाबले २०५६ साल देखि नै नजिकै बाट चिनेको छु । म एक तपाईंको शुभचिन्तक पनि हो । उसो त तपाईं सिङ्गो बाजुरा जिल्लाको अभिभावक हो । जिताएर कुर्सीमा बसाइसकेपछि नेताहरूले कसैलाई चिन्दैनन । तपाईंले चिन्नुहुन्छ वा हुन्न थाहा छैन । किनकी म जस्तै शुभचिन्तक तपाइँका कयौं अरु पनि होलान् । म भरत बहादुर कटुवाल मेरो घर बाजुरा जिल्ला साविकको कुल्डेमान्डौ गाविस हालको बुढिगंगा नगरपालिका वडा ७ झाली हो । हालको बसाई मेरो सात समुन्द्र पारिको बिरानो बस्ती मलेसिया कुलालम्पुर सेलेङर सेपाङ हो । मैले तपाईंलाई चिठी लेख्न मिल्थ्यो वा मिल्दैन थियो त्यो मैले सोच्न सकिन । मनले मान्दै मानेन र जानी नजानि लेख्न बाध्य भएको छु । तपाईंले यो चिठीलाई सहर्ष स्विकारिदिनुहुनेछ भन्ने आशा अनि अपेक्षा लिएको छु । तपाईंले मलाई चिन्नु भएको छैन भनेपनी मेरो एक शुभचिन्तक नै हो भन्ने सम्झिनुहोला ।

तपाईं प्रदेस प्रमुख जस्तो गरिमामय पदमा नियुक्त हुँदा गर्वले छाती चौडा भएको थियो । निकै ठुलो गर्व अनुभुती भएको थियो । पिछडिएको र पछाडि पारिएको बाजुराले राज्यको राजकीय पद पाउनु सिङ्गो बाजुराकै लागी सुखद बिषय थियो ।जून दिन बाजुरा राजनीतिमा एक खुड्किला माथी उक्लिएको थियो । बाजुराका राजनीति गर्ने नेतृत्वहरु मध्यको तपाईं एक कर्मठ निष्ठावान र कुशल राजनीतिज्ञका रुपमा चिनिनुहुन्छ । आफ्नो राजनीति जिवनमा बाजुराका लागी कति गर्नुभयो त्यो फरक कुरा छ । तर तपाईं प्रदेश प्रमुख जस्तो गरिमामय पदमा बसिरहदा तपाईंको गृह जिल्लामा निर्वाचनको दिन मंसिर चार गते अप्रिय घटना जुन घट्यो उक्त घटनाको हिजो आज देशभर ध्वज्जी उदाइएको अवस्था छ । सुरुमा मेरो प्रश्न तपाईंलाई के यो सुखद बिषय हो ? अव यो प्रश्न संगै सधैको तपाईंको शुभचिन्तक म तपाईंलाई मेरो मनमा लागेका अनेकौं प्रश्नहरुलाई यो पत्रमा समेटेको छु ।

 

तपाईंको चित्त दुख्न सक्छ । मलाई माफ गर्नुहोला । मानिस परिस्थितिको दास हो आज यि कुराहरू लेख्न समयले बाध्य बनायो । तपाईं संग कुनै मेरो व्यक्तिगत आक्रोश र आवेग पनि थिएनन् तर लेख्दै छु हात कापिरहेको छ । पिडाले मन भारी भएको छ । नेता बनाउनकै लागी बाजुराले दुई सपुत जो परिवर्तनको मुल धारमा थिए उनिहरुलाई नै गुमायो । यसकारण पिडा बोध भैरहेको छ फेरी कतिले मर्नुपर्छ । बाजुराको फोहोर राजनीतिको हिलोमा दबिएर । तपाईंको चित्त दुखाएर भएपनि यि शब्दहरु लेख्दैछु । पढदा तपाईंको चित्त दुख्ला तर सत्य कुरा यहीँ हो । पहिलो कुरा त तपाईंले आफ्नो गृह जिल्लामा सुरक्षा व्यवस्था कडा पार्नुपर्थ्यो । तपाईंले प्रदेश प्रमुखको पदको दुरुपयोग गर्नु भयो । राजनितिक गन्ध फैलाउनु भयो ।तपाईं बाजुराको मात्र नभैई सिङ्गो सुदुरपश्चिमको अबिभाबक हो ।

 

त्यसैमा आफ्नो गृह जिल्लामै जनताको जनप्रतिनिधि छान्ने न्युमा यो अप्रिय घटना घट्नु, जनताको सुरक्षाका लागी हरप्रहर क्रियासिल सुरक्षाकर्मीबाटै एक गरिव आमाको कोख रित्तिनु, श्रीमतीको सिदुर पुछिनु,नाबालक छोरा छोरी टुहुरा हुनु, बुबाको खुसी खोसीनुमा विशेष लापरबाही कसको ? यसको जवाफ यथासिघ्र चाहिन्छ । यसको जवाफ तपाइँले दिनुहुन्छ की ? तपाइँको पार्टीको सहमहामन्त्री बर्दी पान्डेले दिनुहुन्छ की ? प्रदेश सभा ख को उम्मेदवार पदम साहीले दिनुहुन्छ की ? नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् पुर्व उद्योग मन्त्री कर्ण थापा वा निवर्तमान संघीय सांसद लाल बहादुर थापाले दिनुहुन्छ ? आम बाजुरेली बासिलाई यसको जवाफ् चाहिन्छ । तपाइहरुलाई बाजुरेली बासिले आफ्नि अमुल्य मतदान गरेर जिताए तर तपाईंहरु सधै जिम्मेवारीबाट पन्छिनु भयो । जनताप्रति अनउत्तरदायी बन्नुभयो । आफ्नै स्वार्थपुर्तीमा लाग्नुभएको छ । आफु बन्ने र आफ्ना बनाउने तपाइँहरुको नाताबाद कृतावाद, व्यक्तिवादी प्रवृत्तिको राजनीतिले नेताहरूको जिवनस्तर फेरियो होला तर बाजुरा फेरिएको छैन । बाजुरा आजपनि २०५६÷२०५७ साल जस्तै छ । जिल्लामा शिक्षा, स्वास्थ, रोजगारी, गरिबी र भोकमरीको चपेटामै परेको छ ।

 

जनताको जिवनस्तरमा कुनै परिवार देखिएको छैन । अनि तपाइँहरुले गरेको राजनीति के का लागी ? के गर्नुभएको छ बाजुराका लागी समग्र नेतृत्वलाई मेरो प्रश्न छ ? बाजुरा अझै देशकै पिछडिएको दुर्गम अनि विकट जिल्ला भनेर चिनिन्छ । बाजुरेली जनताका समस्या जेनका तेन नै छन् । जो तपाईंहरुलाई सत्तामा पठाउनका लागी आफ्नो ज्यानको आहुती दिन तयार हुन्छन् । उनीहरुको लागी के गरेका छौँ । खै अहिलेसम्म बाजुरामा युवा स्वरोजगारका कार्यक्रम संचालन गरेको ? एक जना युवालाई रोजगार बनाएको इतिहास छ काहीं कतै ? तपाईंहरुलाई नेता बनाउन्छौ र हामी प्रदेशको बाटो लाग्छौ । कहिले बुझेका छौँ दिन गुजार्नकै लागी कयौं बाजुरेली युवाहरू प्रदेशिन बाध्य छन् । बिदेशको चर्को घाम अनौठो सस्कृती,फरक भाषा, सस्कार, फरक चालचलन, घिनलाग्दो व्यवाहार, पसिना संग जिवन सात्न कयौं नेपालीहरु बाध्य छन् ।

 

यि अवसरवादीहरुलाई नेता बनाउनका लागी आफ्नो ज्यान गुमाउनु अनर्थ हो । यो बाट सवै बाजुरा बासी सचेत हुनुपर्छ नै । यसमा युवाहरुको स्वयम कमजोरी छ । मेरो अर्को प्रश्न समग्र नेतृत्वलाई विशेष गरी मंसिर चारमा सम्पन्न निर्वाचनमा बाजुराबाट विभिन्न दलका उम्मेदवारहरुलाई तपाईंहरुलाई राज्यको उच्च पदमा पुर्याउनु एउटा हलो जोतेर जिविकोपार्जन गर्ने किसानको छोरालाई कहिलेसम्म बलि चढाउने ? के बाजुरेली युवा जनता बलिको बोका जस्तै हुन् ? मलाई त जनताको रगतको होली खेलेर तपाइँहरु देश बनाउनु हुन्छ भन्ने त कदापी लाग्दैन । राज्यको राजकीय पद पाइसकेका व्यक्तिहरु बाजुरामा हुँदा पनि जिल्लामा शान्ति सुरक्षा कायम गर्न नसक्नेलाई जनताले के भनेर चिन्ने ? आज बाजुराको पुरै देशले ध्वज्जी उदाइरहेको छ । नेताहरु कहाँ कानमा तेल हालेर सुतिरहेका छन् थाहा छैन । बाजुरा शोक मग्न छ । तपाइँहरुको कुर्सीमा बस्ने र स्वार्थपुर्तीको राजनीतिका कारण आज सिङ्गो बाजुरा आशुको तलाउमा दुवेको छ । अझि कतिसम्म पिछडिएको बाजुरा भनेर चिनिरहन्छ देशले थाहा छैन ।

 

उसो त यो नौलो कुरा होइन बिगतमा भएका निर्वाचन अथवा राजनीति घटनाक्रमहरुमा परिवर्तनको नाउमा कयौं दिदिबहिनेको सिँउदोको सिदुर पुछिएको छ, कयौं आमाका काख रिट्तिएका छन् । कयौं नाबालकहरु टुहुरा बनेका छन् । कयौं असाह्य बेसाहारा बनेका छन् कयौं अपाङ्ग भएका छन् । कहिले तपाइँहरुलाई सत्तामा पठाएर बिलासिताको जिवन बिताउन सहयोग गर्ने आफ्ना हरेक खुसिहरु गुमाउने परिवारका दुखेका घाउहरुमा कहिले मलम लगाएका छौँ ? यो सव हुन हुँदैन थियो भयो यो आफैमा लज्जास्पद बिषय हो । यसको जिम्मेवारी कसले लिन्छ ? तपाईंहरुबाट बाजुरेली जनताले गरेको अपेक्षा पुरा गर्न सक्नु भएन गर्न सक्नुहुने पनि होइन।

 

जनतालाई झुटा आश्वासन बाड्न तपाइँहरु छोडनु पनि हुन्न ? जसले बिकासको नाममा जनताको आखामा छारो फाल्ने काम गरेका छन् । उनिहरुकै लागी ज्यानको आभुती दिन बाध्य छन् । बाजुरेली युवाहरू । बुझ्न्पर्थ्यो बुझेका छैनन् । एक दिन अवस्य बुझ्नेछन चिन्नेछन । जनता मारेर भएपनि सत्तामा पुग्ने सपना एक दिन अवस्य अधुरा हुनेछन् यसमा दुईमत छैन । तर सर्वसाधारण गरिव जनताको रगतले कमाएको पद र प्रतिष्ठामा एक दिन अवस्य आच आउने निक्षित छ । बाजुराली युवाले एक दिन धिक्कार्नेछन । बाजुरेली युवाहरूको रगतले तपाइलाई सराप्नेछ । आज सिङ्गो नेपाल रोएको छ । कुनै देश बनाउने सन्दर्भमा छोरा गुमाएको भए चित्त बुझ्थ्यो होला तर नेता बन्नका लागी कसैलाई मार्न र मराउन पनि पछि हटेनौ ।

यो चिठीका साथै यो कुरा पनि जानकारी गराउन चाहान्छु मैले ३२ बर्ष को उमेर हुदासम्म कसैको एक कप चिया र २ मुठी चामल को चिउरा एक चिम्टी सिदुर् तपाइले चुनावी प्रचार प्रसारमा बाड्ने टोपी र टिसर्ट लगायको छैन। सामाजिक संजाल हेर्दा हेमन थाम्न सकिएन जानी नजानी लेख्न बाध्य भए मिर्तक चेतन एडी र सन्जिव एडी प्रति गहिरो समबेदना मृत आत्माले शान्ति पाओस् , बैकुण्ठ बास होस स्वोकाकुल परिवारजनमा ईश्वरले धैर्यधारण गर्ने शक्ति प्रदान गरोस् ।

                       उहीँ तपाईंको सुभचिन्तक सात समुन्द्र पारिको बिरानो बस्ती कुलालम्पुर मलेसिया सेलेङोर सेपाङ मलेसियाबाट
                                                                                                                             भरत बहादुर कटुवाल
                                                                                                                             बुढिगंगा नगरपालिका
                                                                                                                             वडा न . ७ झाली बाजुरा

 

कटुवालले चिठिमा जे लेखे त्या उनको आक्रोष् मात्र हाइन यो यथार्तता पनि हो । उनले भने जस्तै बाजुरा सुदुर पहाडको एक दुर्गम अनि विकट मानिने जिल्ला हो । जहाँ अशिक्षा व्यरोजगारी , गरीबी र भोकमरी प्रमुख समस्याका रुपमा रहेका छन् । पुर्वाधार बिकासमा बाजुरा अझै पछाडि छ । मानव बिकास सूचकांकको ७७ औं स्थानमा रहेको बाजुरालाई कसले अन्य जिल्लाको बराबरीमा ल्याउलान र कहिले बाजुरा बिकास उन्मुख जिल्ला बन्ला यो आम बाजुरेली बासिको चासोको बिषय हो । प्रजातन्त्रको पुनर्बहाली पश्चात भएका निर्वाचनहरुमा बाजुराबाट विभिन्न दलका नेताहरु संसदमा पुगे ।कोही मन्त्री समेत बने ।तर बाजुरेली जनताको जिवनस्तरमा भने कुनै परिवर्तन आउन सकेन । बरु नेताको जिवन फेरियो होला । राजनीतिमा राज्यको राजकीय पद पाइसकेको बाजुराको राजनीतिले देशभर भए चर्चा पाएको छ । चर्चा राम्रो र नराम्रो दुवै गरी हुने गर्छ ।

कतिपयले त बाजुरामा मात्र राजनीति गर्नेहरू रहेछन् भन्दै ध्वज्जी उदाइरहेका छन् । नेतृत्वमा बाजुराले राज्यको राजकीय पद पाएको भएपनि राजनीति चेतना भने घिनलाग्दो छ । जुन प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनले पुष्टि गरेको छ । अझ भनौं गत मंसिर चार गते बाजुराकै लागी कालो दिन थियो । जुन दिनले सिङ्गो बाजुरालाई स्तब्ध बनाएको छ । सिङ्गो बाजुरा शोक मग्न छ । कारण यो थियो कुनै एक राजनीति दलको व्यक्तिलाई सत्तामा पठाउनु अर्थात कुर्सीमा बसाउनु । उसो त निर्वाचन जनताले आफ्नो बिश्वासिलो जनप्रतिनिधिलाई चुनेर पठाउनका लागी हुने गर्दछ । तर बाजुरामा निर्वाचनको परिणाम यस्तो हुन पुग्यो जहाँ एउटै गाउँका दुई जना युवकले कसैलाई सत्तामा पुर्याउनकै लागी ज्यान गुमाए । सुन्दा अचम्म लाग्न सक्छ तर सत्य यहि हो । जुन दिन दुई वटा आमाको काख रित्तियो,बुबाको खुसी खोसियो, श्रीमतीको सिन्दुर पुछियो, जुनिजुनी संगै जिउने जिन्दगीका ति बाचाकसमहरु बाढीले झै बगाइदियो । नाबालक छोराछोरीको भविष्यमा पूर्णविराम लाग्यो । अझ भनौं फकृदै गरेका कोपिला जस्ता नानिबाबुहरुको उज्ज्वल भबिस्य अन्धकार बन्यो, दाजुभाइको सहारा सकियो ,दिदीबहिनीका लागि सप्तरंगी फूलहरु सधैका लागी ओइलिएब,सिङ्गो परिवारका लागि घरको जग नै ढल्यो, अनि परिवार–परिवार बीचमा युद्धले निरंतरता पाउने देखियो आखिर यो सब किन के का लागी, जुन कालो दिन थियो मंसिर चार गते ।

बाजुरा किन चीनियो त देशभर ? कारण यहि थियो निर्वाचन अन्य जिल्लामा पनि भयो । तर अन्य जिल्लामा प्राय शान्तिपूर्ण ढङ्गले निर्वाचन सम्पन्न भयो । तर बाजुरा अन्य सवै कुरामा पछाडि भएपनि लडाइँझगडा हुने ठाउँहरु मध्यको एक भनेर चिनियो । जहाँ निर्वाचनकै दिन त्रिवेणी नगरपालिका वडा न . ७ का सन्जिव एडीको प्रहरीको गोली लागेर ज्यान गयो । त्यसपश्चात् सोही ठाउँका एक जना अर्का विद्यार्थी नेता चेतन एडीको पनि एक समुहले निर्घात कुटपिट पश्चात् उपचारको क्रममा ज्यान गयो । यो अप्रिय घटना देशका ७७ औं जिल्ला मध्यको एक बाजुरामा घट्यो । जुन जिल्लाले जति प्रतिनिधि चुनेर पठाएपनि बिकासमा अझै फड्को मार्न सकेको छैन । जसका लागी चुनावमा कार्यकर्ता लड्छन् तिनै नेताहरू जितिसकेपछि मात्र गाउँ फर्किने गरेको इतिहास भुल्न हुँदैन थियो । कसैलाई सत्तामा पुर्याउन गुमाएका खुसीहरु कहिले फर्किने छैनन् । जसरी बगेको खोला कहिले फर्किदैन ।

 

चुनाव जित्लान संसदमा जालान कोही मन्त्री पनि बन्लान तर बाजुरा समृद्ध बन्ला बाजुरेली बासीका सुखका दिन आउलान तर अस्ताएका सन्जिव ए चेतन कहिले आउदैनन अव । मान्छेको ज्यान लिएर जितेको चुनावको के अर्थ ? भएको बिकासको के अर्थ ? यि यावद प्रश्न आम बाजुरेली बासीका हुन् । जनता मारेर सत्तामा जान खोज्नेहरु के देश बनाउला के बाजुरा बनाउन्छौँ सवै कुर्सिको लडाइँ न हो । यि पनि आम बाजुरेली बासीले नेतृत्वलाई गर्ने प्रश्न हुन् । यदि कुर्सीको लडाइँ थिएन भने लोकतन्त्रमा जनताको मताधिकार खोसिदैन थियो होला । स्वतन्त्र मताधिकारको प्रयोग गर्न पाउन्थे होला निर्वाचन शान्तिपूर्ण ढङ्गले अवस्य पनि सम्पन्न हुन्थ्यो । तर यो हुन सकेन स्वयम उम्मेदवारहरुले नै जनताको स्वतन्त्र मतदान गर्न पाउने मताधिकार खोसेर निर्वाचन जित्ने दाउमा लागे । यो आम बाजुरेली बासीको उम्मेदवारलाई आरोप हो । यदि काहीं कति बुथ कब्जाको स्थिति सिर्जना हुँदैन थियो भने यो सव अवस्य हुने थिएन । आज जुन परिस्थिति सिर्जना भयो यसमा स्वयम उम्मेदवारहरुको च्रम लापरबाही छ ।

 

गरिव जनताको ज्यान लिएर सत्तामा पुग्ने दृण संकल्प हो । यसमा उम्मेदवारहरु जवाफदेही हुन्छन् की हुदैनन् प्रश्न यो हो सवैको । अव जिम्मेवारी लिएर पनि के नै गर्नु छ र उसो त ? जुन परिवारका खुसीहरु बाढीले घर बगाएझै बगायो ती खुसीहरु जे गरेपनि फर्किदैनन । अन्य कुनै कारण थियो भने चित्त बुझाउन्थे होला तर नेता बनाउनकै लागी ज्यान गुमाउनुपर्ने स्थिति बाजुरामा यो दुःखद बिषय हो । जहाँ जितेर गएकाहरुले गर्नु पर्ने जति जिल्लाका लागी गरेका छैनन् । चुनावका वेला जनता सामु आएर गरेका प्रतिबद्धता र झुटा आश्वासनहरु अधुरै छन् । बिकासमा केहि रुपमा फड्को मार्यो होला तर यि यावद समस्याहरु जेनका तेन छन् ।शिक्षा स्वास्थ, रोजगारी , गरीबी र भोकमरी त जिल्लाका प्रमुख समस्या नै हुन् । अझै खानेपानी, विद्युत, यातायात, संचार, सिँचाइ लगायतका लगायतका सुबिधाबाट समेत बाजुराका कयौं स्थानीयहरु बन्चित छन् ।

 

रोजगारीको कुरा गर्नुपर्दा अधिकांस बाजुरेली युवाहरु भारतमा गएर दिन गुजारा गरिरहेका छन् । कयौं युवाहरु खाडी मुलुकमा पसिना संग जिवन सात्न बाध्य छन् । चुनावका बेला नेता जिताउनका लागी टाउका फुटाउन पछि नहट्ने युवाहरु चुनावको मतपरिणाम सार्वजनिक भएको पछिल्लो दिन देश नै छोडेर बिदेशीनु पर्ने बाध्यता छ । प्रदेशिनु हरेक नेपालीको रहर होइन बाध्यता हो ।

सम्बन्धित पोस्ट
  • अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम
  • बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा
  • जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ
  • बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    समाचार

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण

    देउडाका धराेहर गायक थापाकाे ‘मधुवन सिर्क्या रुमाल’ बजारमा

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑