• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Sun, 31, May, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड छेडेदह गाउँपालिका

बाजुरामा प्रतिनिधि सभामा मात्रै ५ जनाको उम्मेदवारी के आधारमा मतदान गर्ने नागरिकको प्रश्न ?

खप्तड मालिका न्युज October 10, 2022 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

मिन बहादुर खड्का बाजुरा- आसन्न मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा ९क० प्रदेश सभा ९ख० को निर्वाचनका लागि बाजुरामा १४ जना उमेदवारले मनोनयन दर्ता गराएका छन । निर्वाचन अधिकृतको कार्यालय बाजुराका अनुसार प्रतिनिधि सभा तर्फ ५ जना र प्रदेश सभा तर्फ ९ जना गरि जम्मा १४ जनाले आफ्नो उम्मेद्बारी दर्ता गराएको बताइएको छ ।

प्रतिनिधि सभामा गठबन्धनको तर्फबाट नेपाली काँग्रेस केन्द्रिय सह(महामन्त्री बद्री प्रशाद पाण्डे, नेकपा एमालेको तर्फबाट नेकपा एमाले स्थायी कमिटी सदस्य एवम् पुर्व मन्त्री कर्ण बहादुर थापा, राप्रपा नेपालको तर्फबाट जंग कुमार गिरी, जनता समाजवादी पार्टीको तर्फबाट राम बहादुर शाही र टेक बहादुर बडुवाले स्वतन्त्रबाट मनोनयन दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालय बाजुराले जनाएको छ ।
यस्तै प्रदेश सभा ९क० मा गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका कर्ण बहादुर बि‍. क।, नेकपा एमालेको तर्फबाट बल्देव रेग्मी, नेकपा एकिकृत समाजवादी पार्टीको तर्फबाट नरेश कुमार शाही, स्वतन्त्रवाट सहदेव बोगटी र रङ्गमान शाहीले स्वतन्त्रमा मनोनयन दर्ता गराए भने प्रदेश सभा ९ख० मा गठबन्धनको तर्फबाट पदम बहादुर शाही नेकपा एमालेको तर्फबाट माननीय लालबहादुर थापा, राप्रपा नेपालबाट हिमाल बहादुर शाही र जनक बहादुर रावलले स्वतन्त्रमा मनोनयन दर्ता गराएका छन् ।

नेकपा एमालेका केन्द्रिय सदस्य सहदेव बोगटीले नेकपा एमाले बिरुद प्रदेश सभा ९क० मा स्वतन्त्र उम्मेद्बारी दर्ता गराका थिए भने नेकपा एकीकत समाजवादीका नरेश शाहीले गठबन्धनका विरुद्ध प्रदेश सभा ९क० उम्मेद्बारी दर्ता गराएको खुल्नमा आएको छन । नेता बोगटीले भने उम्मेदवारी फिर्ता लिने तायारी भइरहेको एमालेको एक श्रोतको दावी छ । आईतबार बिहान १० बजे सुरु भएर बेलुका ५ बजे मनोनयन दर्ता गर्ने काम सकिएको निर्वाचन अधिकृतको कार्यालय बाजुराले जनाएको छ ।

के आधारमा मतदान गर्ने नागरिकको प्रश्न ?  

निर्वाचन अधिकृतको कार्यालय पुगेर दर्जनौँ भन्दा बढी बिभिन्न दलका नेताहरुले उम्मेदवारी दर्ता गराएतापनि बाजुरा बासीले मतदान गर्न लायक कुनै पनि नेता नभएको कतिपय बाजुरेली जनहरुको जनगुनासो रहेको छ । बिशेष गरी उम्मेदवारी दर्ता गराएका नेताहरुको अधिकांस बाजुरेली युवाहरुले सामाजिक संजाल मार्फत चर्को आलोचना समेत गरेको पाइएको छ । हाल सम्म जसले जति सुकै राजनिति गरेपनि जनताका लागी केही गर्न सकेका छैनन् अनि कसलाई मतदान गरेर के फाइदा भन्दै कतिपयले स्वतन्त्र उम्मेदवार उठाउनुपर्ने धारणा समेत व्यक्त गरेका छन् । यसले यि उम्मेदवारी दर्ता गराएका कुनैपनि नेताहरुले जनताको मन जित्न नसकेको हो भन्ने कुराको पुष्टि हुन्छ । पुर्वाधार बिकासमा जिल्लाले जति फड्को मार्नुपर्ने हो त्यति हुन नसकेको बाजुरावासीको दुखेसो छ । हाल सम्म जिल्लामा संचालित बिकास निर्माणका कार्यहरु पनि जनताको आँखामा छारो फाल्ने तरिकाले संचालन भएका छन् ।

करोडौँको बजेट खर्च गरेका बिकास निमार्णका योजनाहरुले जिल्ला बासिका समस्याहरु  दिगो रुपमा समाधान गर्ने खालका कुनै पनि बिकास निर्माणका कार्यहरु हुन सकेका छैनन् ।उम्मेदवारी दर्ता संगै दलका नेताहरुको चर्को रुपमा आलोचना समेत भएको पाइन्छ । यस अघि तिरन्तर रुपमा केन्द्रिय राजनितिमै सक्रिय रहेका नेताहरुले बाजुरेली जनताका जनभावना अनुसारको कुनै पनि चाख लाग्दो कार्य गर्न नसकेको भन्दै अधिकांस बाजुरेली युवाहरुले आफ्नो सामाजिक संजाल मार्फत धारणा व्यक्त गरेका छन् ।

जिल्लामा शिक्षा स्वाश्थ्य रोजगारी, लगायतको सुनिश्चितताका कुरा गर्दै खुला मञ्चमा भाषण चपाउदै झुटा आश्वासन बाड्ने नेताहरुले बाजुरेली जनताले बिश्वास गर्नै लायक र निर्वाचनमा मतदान गर्नै लायकको एउटा पनि कार्य गर्न नसकको कतिपय बाजुरेली जनताको जनगुनासो रहेको छ । बाजुराका जुनसुकै दलका नेताहरु आफ्नो राजनिति उचाई बढाएर केन्द्रिय राजनिति गर्दै सिँहदरवार सम्म पुगेपनि बाजुरा वासिले असल नेतृत्वको आवास समेत गर्न पाएका छैनन् । बाजुरालाई नेताको अभाव छैन तर कुसल नेतृत्वको अभाव छ । बाजुराले केन्द्रिय सहमहामन्त्रि, सरकारका महान्यायधिवक्ता, प्रदेश प्रमुख जस्तो राजकिय पद पाइसकेको छ ।

केन्द्रिय राजनिति गर्ने अवसर बाजुराका कयौँ नेताले पाइसकेका छन् । तर बिकासको नाममा भने हास सम्म कसैले सिन्को समेत भाच्न नसकेको बाजुरेली जनताको जनगुनासो छ ।यो जन गुनासोलाई कुनै पनि नेताल हाल सम्म सम्बोधनगरेका छैनन्। जिल्लामा शिक्षा श्वास्थ्य रोजगारीको सुनिश्चिततता त टाढाको कुरा हो । बाजुरा अझै भोकमरीको समेत चपेटोमा छ । गरिवी र व्यरोजगारी जिल्ला बासीका प्रमुख समस्याहरु हुन् । जिल्ला बासीको प्रमुख पेशा नै कृर्षि हो । धेरै जसो बाजुरावासी कृर्षिमा आत्मनिर्भर छन् । खेतिपाती गरेर जिविकोपार्जन गर्ने गर्दछन् । तर बर्षभर मिहिनेत गरेर फलाएको अन्न बालिले ६ महिना पनि खान पुग्दैन । यसको प्रमुख कारण भनेकै परमपरागत कृर्षि प्रणाली हो ।

अधिकांस जिल्लाबासी यहि कृर्षि पेशामा आतमनिर्भर भएपनि कृर्षिलाई समेत आधुनिकिकरण गर्न सकिएको छैन । तालिम प्राप्त कृर्षकले कृर्षी गरेको पाइदैन् । अझै भन्ने हो भने जिल्लामा तालिम प्राप्त कृर्षकहरु नै भेटाउनै मुस्किल हुन्छ । कोही भेटिहाले छन् भने पनि गैरसरकारी संघ सस्थाबाट तालिम लिएको भेटिन्छन् । यसमा पनि यि राजनिति दलका नेताहरुको ध्यान् पुग्न सकेको छैन । जिल्लाको बिकास जिल्ला बासिका समस्याहरु समाधानका लागी आफु राजनितिमा लागेको र समृद्ध बाजुरा सुखी बाजुराबासी आफ्नो राजनिति जिवनको प्रमुद लक्ष रहेको बाजुराका केन्द्रिय तहको नेतृत्व गर्ने नेताहरुले गरेको भाषणमा सुन्ने गरिन्छ । तर जति बोल्छन् त्यती काम भने गर्न सकेका छैनन् । उसो त काम कम गर्ने गफ बढी गर्ने नेताहरु बाजुराले धेरै जन्माएको छ र केही अझै पछाडी हुर्किदै छन् । सिन्को समेत नभाच्ने तर आफुले बाघ मारेको उपमा दिन खोज्ने नेताहरु कयौँ छन् ।

तर बानुरेली जनतालाई पुस्तौँ देखी खानेपानीको समस्या छ । बाजुरेली जनताको जनमतले नेताहरु सिँहदरवार पुगे तर बाजुरेली जनताका समस्याहरु भने जेतका तेन नै रहेका छन् । मानव बिकास सुचकान्कको ७७ औँ स्थानमा पर्ने बाजुरामा उपचारकै अभावमा ज्यान गुमाउनु पर्ने, जिल्लाका अधिकांस बस्तिहरुमा अझै पनि अध्यारौमै टुक्कि वा झरोको भरमा रात बिताउनुपर्ने,  प्राबिधिक शिक्षा पढ्न जिल्ला बाहिर जानुपर्ने, गाँउ गाँउमा सडक कातिएका भएपनि घण्टौ सुम्मको पैडल यात्रा गर्नुपर्ने, नेत इन्टरनेतको पहुँच त टाढाकै कुरा हो आफन्तलाई फोन गर्न समेत अग्ला डाडा रुख चढ्नुपर्ने,  दिन गुर्जानकै लागी घर छोडेर प्रदेशिनुपर्ने आदी समस्याहरु छन् । जिल्लामा संचालित बिद्यालयहरुबाट गुणस्तरिय शिक्षा प्रदान गर्न सकिएको अवस्था छैन।

अस्पतालहरुमा समयमा उपचार हुँदैन सामान्य खालका बिरामीहरुलाई जिल्ला बाहिर पठाउने गरीन्छ । कतिपयको त अस्पताल नपुग्दै बाटोमै ज्यान गएर घर फर्किएका कयौँ पिडाहरु बाजुरावासी संग छन् । घरघरमा बिद्युतहरु जडान गरिएका भएपनि अध्यारोमै रात बिताउनुपर्ने र गाँउ गाँउमा नामका मात्र सडक छन् । जुन बाह्रै मास संचालनमा आउदैननु । उसो त जिल्लाका मुटुमा रहेको सदरमुकाममै पनि ६ महिना मात्र बस संचालन हुन्छन् । यो आफैमा लज्जासपद बिषय पनि हो ।

जिल्लाका अधिकांस गा्रमीण सडकहरु त टाढाको कुरा हो ।,प्रमुख सडक खण्ड साँफे मार्तडी सडक खण्ड जुन निरन्तर चार बर्ष देखि बर्षेनी अवरुद्ध हु्ँदै आएको छ । सोही सडक खण्डको दिगो रुपमा संचालनका लागी हाल सम्म कुनै पहल हुन सकेको छैन ।मार्तडी कोल्टी सडक खण्डको अवस्था झनै दयनिय छ । एउटा सडक बनाउन नसक्ने बाजुराका नेताहरुलाई के आधारमा मतदान गर्ने ? यो भन्दा अगाडी बाजुरा जिल्लाको बिकास बाजु्रेली जनताको समस्या समाधानका लागी के काम गरेका छन ? अव के राजनिति एजेन्दा लिएर जनता सामु भोट माग्न जान्छन् ? अव के काम गर्छन् ? यि यावद प्रश्नहरु बाजुराका नेतृत्व पक्तिमा रहेका र बिशेष गरी आज उम्मेदवारी दर्ता गरेका नेताहरुलाई बाजुरेली युवाहरुले गर्ने गरेका छन ।

तर चुनावमा  उम्मेदवारी दिएका सवै नेताहरुले भने जिल्लाको बिकासमा समग्र रुपमा टेवा पुग्ने गरी काम गर्ने प्रतिबद्धता जनाएका छन् । बिगतका कमि कमजोरीहरुलाई पनि सच्याएर नितान्त रुपमा बाजुराको बिकासका लागी समृद्धि बाजुरा र सुखी बाजुरेली बासीको परिकल्पनालाई आत्मसमत गर्ने ७७ औँ स्थानमा रहेको बानुरालाई माथि उकास्नका लागी बिशेष योगदान दिने अठोटका साथ आफुहरुले उम्मेदवारी दिएको यि उम्मेदवारहरुको भनाई रहेको छ । उसो त नेताहरुले बोल्ने काम हो । चुनावका वेला मात्र गाँउ छिरेर झुटा आशवासन बाड्न कहिले नै छोडेका छन् भन्दै कतियपले उल्टै आलोचना गरेका छन् ।

अधिकांस बाजुरा बासिले त यि उम्मेदवारहरु कसैलाई चिनेका समेत छैनन् । एक पटक अनुहार समेत नदेखाएका नेताहरुलाई जनताले के आधारमा मतदान गर्लान् ?  नेताहरुले समेत कतिपय मतदाताको गाँउ समेत देखेका छैनन् । चिन्नु न जान्नु घचेती माग्नु , बाका माउली न आमाका माइती के आधारमा भोट दिने यस्तो पनि कतिपयको मुखारबिन्दुबाट सुन्ने गरिन्छ । यसपालिको निर्वाचन कस्तो होला ? कसले बाजी मार्लान ?

सम्बन्धित पोस्ट
  • अछाममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते
  • मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने
  • कविता ‘सरकारी स्कुल’
  • नेपाली जनताको सङ्घर्ष र बलिदान : आज १९औँ गणतन्त्र दिवस
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    अछाममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते

    मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने

    कविता ‘सरकारी स्कुल’

    समाचार

    अछाममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते

    मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने

    कविता ‘सरकारी स्कुल’

    नेपाली जनताको सङ्घर्ष र बलिदान : आज १९औँ गणतन्त्र दिवस

    गायक थापाकाे ‘काँ झुल्की झुलुक्क’ सांगीतिक बजारमा

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑