• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Sun, 31, May, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड छेडेदह गाउँपालिका

अव्यवस्थित बाम्का बजार, बसपार्क छैन खानेपानीको पनि समस्या

congressजिल्ला प्रशासन कार्यालय बाजुरानेपाली काँग्रेस बाजुरा September 28, 2022 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : ४ मिनेट

मिन बहादुर खड्का बाजुरा – जिल्लाको बुढिगंगा नगरपालिका वडा न । ६ बम्का बजार अव्यवस्थित रहेको पाइएको छ । गाडी पार्किङका लागी बसपार्क नहुदा उक्त बजार थप अव्यवस्थित देखिने गरेको छ ।

 

बजार व्यवस्थापन समितिले पटकपटक बसपार्कला लागी पहल गर्दा पनि बसपार्क निर्माण हुन सकेको छैन । यतिमात्र होइन सो बजारमा खानेपानीको समेत उचित व्यवस्था छैन । बजारका व्यापारीहरुले आफ्नो व्यक्तिगत लगानीले खानेपानी निर्माण गरेर पिउन बाध्य छन् । नेपाल विद्युत प्राधिकरणको लाइनहरु पनि अस्तव्यस्त छन् । अहिले सम्म विद्युत प्राधिकरणले पनि लाइनहरु व्यवस्थापनका लागी चासो देखाएको छैन ।

बजार व्यवस्थापन समितिका अनुसार सो बजारमा कुल १५० वटा पसलहरु छन् । करिव ३५० जना जनसंख्या छ ।बिचमा प्रमुख सडक साफे मार्तडी खण्ड छ । सडकको तल र माथि दुवै तिर पसलहरु छन् । उक्त बजारमा जिल्लाको बडिमालिका नगरपालिका, त्रीवेणी,बुढिगंगा र खप्तड छेडेदह गाउँपालिकाबाट उपभोक्ताहरु आउने गर्छन् । बडिमालिका नगरपालिमा वाहेकका यि तिन पालिकाहरुका लागी त यो प्रमुख बजारका रुपमा रहेको छ । दैनिक हजारौंको संख्यामा बजारमा मानिसहरू आवतजावत गर्ने गर्दछन् ।

 

तर बजार हेर्दै घिन लाग्दो देखिन्छ । जताततै यत्रतत्र छरिएका गाडीहरू , जताततै फोहरै फोहोरले सो बजार निकै दुर्गन्धित समेत देखिन्छ । अझ भन्ने हो भने बाहिरबाट सो बजारमा समान किनमेलका लागी आउने उपभोक्ताहरुका लागी स्वच्छ वातावरणमा छैन । सो बजारलाई जिल्लाकै अव्यवस्थित बजारका रुपमा आफुहरुले लिएको त्यहाँका व्यापारीहरु बताउन्छन् ।बजारलाई व्यवस्थित बनाउनका लागी बजार न त बजार व्यवस्थापन समितिले पनि चासो नदेखाएको र सम्बन्धित स्थानीय सरकारले पनि ध्यान नदिएको लामो समय देखी सोही बजारमा व्यापार व्यावसाय गर्दै आइरहेकी नवदुर्गा होटेल एण्ड लजकी प्रोपाइटर कमला नेउपानेले बताएकी छन् ।

उनका अनुसार बजारमा खाने पानीको पनि त्यत्तिकै समस्या छ । उनले भनिन् सामान राख्ने ठाउँ छैन । गाडी आवतजावत भैराख्छन बाल बच्चाहरु कतिवेला गाडीमा च्यापिन्छ्न र मर्छ्न भन्ने त्रास हुन्छ । अहिलेसम्म बजार व्यवस्थापन समितिले पनि केहि गर्न सकेको छैन ।जिल्लाका अन्य ठाउँका बजारहरुको तुलनामा बाम्का बजार अव्यवस्थित रहेको अर्का व्यापारी राम बहादुर अयडीले बताए । जिल्लाभरकै अव्यवस्थित बजारका रुपमा आफुहरुले लिने गरेको पनि उनको भनाई छ । उनले भने धेरै पटक बस पार्कका लागी पहल गर्यौ तर यो बजारलाई व्यव्स्थित गर्नका लागी र गाडी पार्किङको व्यवस्थाका लागी सरोकारवाला निकाय मौन बसेको उनको आरोप छ । यो बजार तिन वटै तहका सरकारबाट ओझेलमा रहेको पनि उनको भनाई छ ।

बिहान बेलुका ५र ७ वटा बसहरु संगै आउन्छ्न । जिवको संख्या पनि त्यत्तिकै हुन्छ । बिच बजारमा गाडीहरु जाम हुन्छन् । अर्को ठुलो समस्या भनेको विद्युतीय लाइन बजारबाट नजिकै छ । करिव एक हात टाढा मात्र छ । कुनै दिन धेरै हावा लागेर बजारमा तारहरु टक्रीयो भने कुन बेला बजार पुरै जल्छ थाहा छैन एक अर्का व्यापारी टोयानाथ नेपाउनेले भने । धेरै पटक नेपाल विद्युत प्राधिकरण बाजुरालाई भन्दा पनि चासो नदेखाएको उनले बताए । बजारलाई व्यवस्थित बनाउनका लागी गाडी पार्किङ र फोहोर व्यवस्थापन गर्नुपर्ने उनको भनाई छ ।सम्बन्धित स्थानीय सरकारले गाडी पार्किङको व्यवस्था र खानेपानीको व्यवस्था गरिदिए हुन्थ्यो भन्ने अपेक्षा व्यापारीहरुको रहेको भएतापनि त्यो अपेक्षा पुरा गर्न स्थानीय साकारले सकेको छैन । गाडी पार्किङका लागी उपयुक्त ठाउँ नहुदा बिच बजारमै गाडी पार्किङ गर्नुपर्ने बाध्यता रहेको गाडी चालकहरू बताउन्छन् ।

बजारलाई व्यवस्थित गर्नका लागी र गाडी पार्किङ गर्ने ठाँउका लागी धेरै पटक पहल गरेको तर त्यो सम्भव नभएको बजार व्यवस्थापन समितिका अध्यक्ष दिपक बहादुर साउदले बताएका छन् । बजारलाई व्यवस्थित गर्नका लागी हमिले धेरै पहल गर्यौ । गाडी पार्किङ गर्ने ठाँउ नै छैन । दुर्घटना हुने जोखिम पनि त्यत्तिकै छ । बालबच्चाहरु रोडमा निस्किन सक्ने अवस्था छैन । तर बजारलाई व्यवस्थित गर्नका लागी हामीले फेरिपनि पहल गरिरहेकै छौँ । फेरि पनि गर्छौं ।उनका अनुसार एक पटक प्रदेश सरकारबाट बसपार्कका लागी भनेर बजेट बिनियोजन गरिएको थियो । तर उक्त बस पार्क हाल सम्म अलपत्र छ । निर्माण कार्य सम्पन्न हुन सकेको छैन । जुन बजार बाट करिव १०० मिटर टाढा समेत रहेको छ । उक्त बसपार्क कति लागतमा निर्माण कार्य सुरु भएको भन्ने बजार व्यवस्थापन समितिलाई जानकारी नभएको पनि अध्यक्ष साउदले बताए ।

बाम्का बजारलाई मात्र नभई नगरपालिका भित्र रहेका सवै अव्यवस्थित बजारहरु व्यव्स्थित गर्नका लागी निर्देशिका नै बनाएर अगाडि बढिरहेको बुढिगंगा नगरपालिका वडा न । ६ का वडा अध्यक्ष ले बताए । नगरपालिकाले बजारहरुलाई व्यव्स्थित बनाउनका लागी बजार अनुगमन समेत थालेको उनको भनाई छ । जतिसक्दो छिटो बजार व्यवस्थित बनाउने नगरपालिकाको लक्ष रहेको उनले बताएका छन् ।

सम्बन्धित पोस्ट
  • अछाममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते
  • मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने
  • कविता ‘सरकारी स्कुल’
  • नेपाली जनताको सङ्घर्ष र बलिदान : आज १९औँ गणतन्त्र दिवस
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    अछाममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते

    मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने

    कविता ‘सरकारी स्कुल’

    समाचार

    अछाममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते

    मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने

    कविता ‘सरकारी स्कुल’

    नेपाली जनताको सङ्घर्ष र बलिदान : आज १९औँ गणतन्त्र दिवस

    गायक थापाकाे ‘काँ झुल्की झुलुक्क’ सांगीतिक बजारमा

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑