
मिन बहादुर खड्का बाजुरा – नेकपा एमाले बाजुरा जिल्ला कमिटीको बैठकले प्रदेश सभा र प्रतिनिधि सभाका लागि बाजुराबाट १२ जना नेताहरुलाई सिफारिस गरेको छ ।आगामी मंसिर ४ मा हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि बाजुराबाट संघमा एमालेका स्थायी कमिटी सदस्य तथा सुदूरपश्चिम प्रदेश सहइन्चार्ज कणर्बहादुर थापा, केन्द्रिय सदस्य प्रकाश शाह र लोकेन्द्र शाहीलाई सिफारिस गरिसकेको नेकपा एमाले बाजराले जनाएको छ । बैठकमा प्रदेश निर्वाचन क्षेत्र ९क० र ९ख० बाट २ जना र संघमा १ जना सिफारिस गर्ने गरी छलफल गरिएको भएपनि आकाक्षी उम्मेदवारहरुले आफ्नो दावी नछोड्दा २ वटा प्रदेश सभा निर्वाचन क्षेत्र ९क० बाट ५ जना, ९ख० बाट ४ जना र प्रतिनिधि सभाका लागि ३ जना गरी १२ जना उम्मेदवार सिफारिस गरिएको पार्टी सचिव भरत थापाले बताए।

२ वटा प्रदेश सभा रहेको बाजुरामा ९क० निर्वाचन क्षेत्रबाट केन्दीय सदस्य सहदेव बोगटी, बलदेव रेग्मी, रंगमान शाही, मनबहादुर विष्ट र मेघराज शाही सिफारिस भएका छन् ।त्यस्तै गरी प्रदेश निर्वाचन क्षेत्र ९ख० केन्द्रिय सदस्य लालबहादुर थापा, लालबहादुर ओली, मिनबहादुर विष्ट र भरत बुढाको नाम सिफारिस गरिएको छ । एमाले बाजुरालाई पनि उम्मेदवार छान्न निकै सकस भएको थियो । सुरुमा नेपाली कांग्रेसलाई उम्मेदवार छान्न सकस परेको र मिलेर जान नसकेको भन्दै भन्दै ध्वज्जी उडाएको एमालेले पनि उम्मेदवार सहज रुपमा छान्न सकेन । कांग्रेस बाजुरामा गुटगत राजनिति हावी हुँदै गएको भन्दै आलोचना गर्ने र एमाले एकताबद्ध रहेको दावी गर्दै आएको प्रमुख प्रतिपक्ष दल नेकपा एमाले पनि एमालेका केन्द्रिय सदस्य तथा स्थायी कमिटी सदस्य कर्ण बहादुर थापा र केन्द्रिय सदस्य लाल बहादुर थापा दुई खेमामा देखिएपछी जिल्लाबाट उम्मेदवारी सिफारिस गर्न सकस भएको थियो ।
एमालेबाट पनि कुनै पदमा पनि एकल उम्मेदवार रहने अवस्था नरहेको पाईएको छ । नेकपा एमाले बाजुराको निल्ला कमिटीको बैठकले संघका लागी तिन जना र प्रदेश सभा सदस्यका लागी ९ जनाको नाम सिफारिस गरेपनि अहिलेसम्म संघमा भने स्थायि कमिटी सदस्य थापा र प्रदेश सभा सदस्यमा लाल बहादुर थापाकै चर्चा छ । जिल्ला कमिटिको बैठकबाट प्रदेश निर्वाचन क्षत्र न. ख का लागी सिफारिसमा नेता लाल बहादुर आली पनि परेका छन् ।
जिल्ला कमिटीमा अटाउन नसकेका बौद्धिक व्यक्तित्व ओली प्रदेशमा अटाउलान् त ?
सिङ्गो नेकपा एमाले बाजुराको एक बलियो शक्तिशाली र प्रभावशाली एक बौद्धिक व्यक्तित्त्व नेता लालबहादुर ओलीलाई नेकपा एमाले जिल्ला को बठकबाट लागी सिफारिस भएका छ्न। एमाले बाजुराको सक्रिय राजनीतिमा तिलिन ओली एमाले खप्तड छेडेदहका लागी बलियो आधार समेत हुन । २०७४ सालको स्थानीय निर्वाचनमा गाउँपालिकाको अध्यक्षका लागी चुनावमा हुमिएका नेत ओली पार्टी भित्रकै आन्तरिक घातका कारण तत्कालीन अवस्थामा गाउँपालिकामा नेपाली कांग्रेसको बलियो पकटका बिच पराजित हुन पुगेका थिए । त्यसपस्चात ओली निरन्तर संगठन निर्माणमा लागे र बैशाख ३० गते भएको स्थानीय निर्वाचनमा गाउँपालिकामा पार्टी जिताउन सफल भए । छेडेदहमा एमाले बिजयी हुनुको पछाडि ओलीको अहम् भुमिका रहेको र उहाँकै अथक प्रयासले पार्टीले निर्वाचन जित्न सफल भएको एमाले निकट एक नेताले बताएका छन् ।
उसरी अझ भन्ने हो भन्ने एमाले खप्तड छेडेदहको राजनीति नेता ओलीमा नै निहित छ र ओलीकै नेतृत्वमा परिचालन हुन्छ । एमाले छेडेदहको सफलता पनि बर्तमान अवस्थामा ओली हुन भने पार्टी दुर्घटना हुदा पनि त्यसको दोष पनि ओलीलाई नै जान्छ । लामो समय देखि गाउँपालिकाको मात्र नभैइ सिङ्गो नेकपा एमाले बाजुराको संगठन सुदृढीकरण, एकटाबद्ध एमाले बलियो एमाले बनाउनका लागी अहोरात्र पदमा नबसिकन पनि आदर्श र निष्ठाको राजनीति गर्ने ओलीलाई सिङ्गो एमाले बाजुराले भने पटकपटक जबर्जस्त पछार्दै आइरहेको छ । नेता ओलीलाई नेकपा एमाले बाजुराले कुनै स्थान दिएको पाइन्न । सिङ्गो एमाले खप्तड छेडेदहलाई जिल्ला कमिटीले अन्याय गर्दै आइरहेको आरोप एमाले खप्तद छेडेदहको छ ।
पटकपटक यो बिषयमा एमाले निकट खप्तड छेडेदहका नेताहरूले असन्तुष्टि समेत जनाउदै आएका छन् । उसो त एमाले बाजुराको सातौ जिल्ला अधिवेशनबाट गाउँपालिकाले एमालेको जिल्ला कमिटीमा नबस्ने भन्दै बहिष्कार पनि गरेकै हुन् । जिल्ला अध्यक्षका बलियो दावेदार समेत रहेका नेता ओलीले निर्वाचन लड्ने अठोट गरेर मनोनयन दर्ता गराउन खोज्दा उपल्लो तहका नेताहरूबाट हस्तक्षेप भएको थियोे । केन्द्रिय नेताहरूबाट हस्तक्षेप हुँदा मनोनयन समेत दर्ता गर्न पाएका थिएनन् । अन्ततः नेकपा एमालेको जिल्ला अधिवेशनबाट सहमति बिना नै जिल्ला कमिटी अध्यक्ष काली बहादुर शाहीलाई सर्वसम्मत बनाइएको थियो । सर्वसम्मत अधिवेशन सप्पन्न गरेको सन्देश नेकपा एमालेले दिन खोजेको भएपनि सिङ्गो एमाले खप्तड छेडेदहका नेताहरूले भने जिल्ला कमिटीको उक्त निर्णयलाई स्वीकार गरेका थिएनन् ।
एमाले बाजुराको सातौ जिल्ला अधिवेशनले कुनै छलफल नै नगरि एकपक्षीय निर्णय सुनाएर नेतृत्व चयन गरेको र सिंगो गाउँपालिकामाथि अन्याय गरेको विरुद्ध रचनात्मक विद्रोह स्वरुप जिल्ला कमिटीमा सहभागि नहुने अडान लिएका थिए । सिंगो पालिका प्रतिको नेताहरुको बुझाई स्पष्ट नआएसम्म जिल्ला कमिटीमा समाहित नहुने नेताहरूले प्रतिबद्धता समेत जनाएका थिए ।गाउँपालिकाका सबै नेता कार्यकर्ताले पार्टी नेतृत्वको अन्यायपूर्ण निर्णयका विरुद्ध एकता कायम गरेर बिद्रोह गर्ने चेतावनी समेत दिएका थिए । तर अन्ततः फाल्गुन मसानतको अन्ततिर स्थानिय निर्वाचन नजिकिएपछी पार्टीकै पुन नेताहरू बिच जिल्ला कमिटीमा बस्न सहमति भएको एमाले खप्तड छेडेदहका एक नेताले बताएका छन् ।
राजनीतिमा आफ्नो बेग्लै छवी भएका र राजनीतिबाटै असल नेताका रुपमा परिचीत चर्चा कमाउन सफल ओलीलाई पटकपटक विभिन्न बाहानामा पछार्दै आएको कतिपयको बुझाई छ । यतिवेला पनि नेता ओलीलाई सर्वसम्मत सिफारिस गर्नुपर्ने उनका समर्थकहरुले माग गरेको भएतापनि आकांक्षीहरु धेरै हुँदा यसो हुन सकेको छैन । पटकपटक अन्यायमा पर्दै आएका नेता ओलीलाई पार्टीले यसपालि न्याय गर्ला की नगर्ला जिल्लाबाट सिफारिस भएका ओली प्रदेश सभामा अटाउलान की नअटाउलान यो यावद जिज्ञासा्हरु जो कोहिले राख्ने गरेका छन् । यता सामाजिक संजालमा पनि नेता ओलीको उनका समर्थकहरुले निकै चर्चा गरिरहेका छन् । जिल्ला अधिवेशनमा पनि उत्तिकै सामाजिक संजालमा चर्चा पाएका तर अन्ततः पार्टी बाटै अन्यायमा परेका ओली प्रदेश सभामा यसपालि पनि पक्कै अटाउन्छन भन्न सकिने अवस्था छैन ।
संघका लागी चर्चा पाएका प्रतिनिधि सभा सदस्य थापा प्रदेश सभामै चित्त बुझाउन किन तयार भए त ?
प्रदेश सभाका लागी धेरै जना आकांक्षिको नाम सिफारिस गरिएको भएता पनि टिकट भने लाल बहादुर ओली वा लाल बहादुर थापा मध्य एउटाले पाउने चर्चा छ । जिल्ला कमिटीले उम्मेलवारको नाम सिफरिस गर्नुपुर्व नेता थापाको चर्चा प्रतिनिधि सभा सदस्यका लागी थियो । तर थापाले भने प्रदेश सभामा उम्मेदवारी दिएका छन् । र सिफरिस समेत भइसकेका छन् । नेता ओलीका समर्थकहरुले त प्रतिनिधि सभा सदस्य समेत रहेका नेता लाल बहादुर थापाले नेता आलीका बिरुद्ध प्रदेशमा उम्मेदवारी दिएको एक श्रोतले बताएको छ । नेता ओलीका बिरुद्ध संघको उम्मेदवारी त्यागेर प्रदेशमै चित्त बुझाएका थापाले अवको राजनिति कता तिर जाँदै छ त भनेर ब्याग्यात्मक टिकाटिप्पोणी समेत गरेका छन् । उसो त हरेक रावनितिज्ञको चाहाना राजनिति उचाई बढाउने नै हुन्छ् । तर थापाको भने पदिय मर्यादा खस्किदै छ ।
यसअघि प्रतिनिधि सभा सदस्य भनेर चिनिने थापा अव यदि टिकट पाएर चुनाव जित्न सफल भएमा पनि प्रदेश सभा सदस्य नै हुन्छन् । नेता थापाले प्रदेश सभा सदस्यमै चित्त बुझाउनुको पछाडी न्ता ओलीलाई फेरी पनि पछार्ने आन्तरिक रणनितिहेको एक श्रोतको दावी छ । यतिमात्र होइन प्रतिनिधि सभा छोडेर प्रदेशसभामा चित्त बुझाउनुमा अर्को आधार मुख्य मन्त्रि बन्ने प्रलोवन पनि हो भन्दै नेता थापाको टिकाटिप्पणी हुन थालेको छ । यसरी कसैका बिरुद राननिति गर्नेहरु अन्तत संघबाट प्रदेश प्रदेशबाट नगर हुदैँ वडा सदस्यको चुनाव भिड्न तयार नहोलान् भन्न सकिन्न नेता लाल बहादुर ओलीका समर्थकहरु बताउन्छन् । नेता थापाले प्रदेश सभामा उम्मेदवारी दिनुको कारण नै ओलीलाई स्थाान नदिने भित्रि सड्यन्त्र रहेको ओलीका समर्थकहरुले बताएका छन् । त्यसकारण पनि यसपाली पनि ओलीको टिकट पाउने सम्भावना न्युन देखिएको छ ।
के भनछन् त नेता ओली ?
रानजिनि पृष्ठभुमिको कुरा गर्नुपर्दा पनि सबै नेताहरुको पनि आफु संगसंगैको रहेको नेता ओलीले बताएका छन् । पार्टी भित्र संघर्ष र पार्टी सुदृढिकरण एकताबद्ध एमाले बलियो एमाले बनायनका लागी पनि आफ्नो पनि अन्य नेताहरु जत्तिकै योगदान रहेको ओलीको भनाई छ । तर पार्टी भित्र पदका लागी मात्र होडबाजी चलिरहेको तर पार्टी भित्रका ब्यक्तिहरुको पार्टी प्रतिको त्याग तपस्या निरनतरताको कदर एमालेमा हुन नसकेको ओलीको भनाई छ । अझ भन्ने हो भने आफुलाई पार्टीले पनि गर्दै आएको पटकपटक अन्याय ओलीको आरोप छ । नेता ओलीले भने एक दिन त पार्टीले न्याय गर्लानी भन्ने अपेक्षा रहेको भएतापनि त्यो पुरा हुन नसकेको आलीले बताए ।
पार्टीको सातौँ जिल्ला अधिवेशनमा मलाई सर्वसम्मत गर्छ भन्ने मेरो आकांक्षा थियो त्यसो हुन सकेन केही समयका लागी हामीले जिल्ला कमिटीमा नबस्ने निर्णय गरेको भएतापनि अन्तमा फेरी पार्टीकै हितका लागी भनेर पार्टीमा समाहित भयौँ । अहिले त प्रदेश सभा सदस्यका लागी मलाई स्थान दिनसपर्छ भन्ने मेरो भनाई तर आन्तरिक सड्यन्त्र भइरहेको छ । अहिले नै मैले नै टिकट पाँउन्छु भन्न सकिने अवस्था छैन । तर पार्टीले फेरी पनि मलाई न्याय गर्छ भन्ने आस मरेको छैन । म हिजोपनि पदमा नरहेर पनि एमाले नै थिए राजनति गर्दै आइरहेको पनि छु । अरुले जस्तो पदका लागी मात्र राजनिति गर्नेहरुमा म पर्दैन् । मैले नै पाउनुपर्छ भन्ने छैन थर न्यायोचित ढंगले टिकट बितरण हुनुपर्छ । पार्टी भित्रको सक्षम व्यक्तिलाई टिकट बितरण दिन वातावरण हुनुपर्छ ।
नेता ओलीले यसो बताएतापनि ओली समर्थकहरु र अझ भन्ने हो भने छेडेदह गाँउपालिकाका एमाले निकट नेता कार्यकर्ताहरु भने निकै आक्रोसित भएका छन् र समाजिक संजाल मार्फत जिल्ला ममिटीले गाँउपालिकालाई गरेको अन्याय प्रति असन्टसष्टी व्यक्त गर्दै आइरह्का छन् । जिल्ला अधिबेशन यता खप्तड छेडेदह गाँउपालका र एमाले बाजुरा बिचको सम्बन्ध चिसिदै गएको छ । यतिवेला नेता ओलीका बिरुद्ध रचिएको सड्यन्त्रको प्रत्यक्ष असर एमाले बाजुरालाई पर्ने देखिन्छ । असर मात्र होइन यस्तै तिक्तता निर्वाचन सम्म रहने हो भने एमाले बाजुराले ठुलो क्षेती वेहोर्नुपर्ने हुन्छ । चुनावमा एक भोटका समेत खाँचो हुन्छ तर सिङ्गो गाँउपालिका संगको तिक्तताले निर्वाचनको परिणामलाई उल्ट्याइदिन पनि सक्छ । बेलैमा ध्यान पुर्याउन नसके यो परिस्थिति नेकपा एमाले बाजसुराका लागी सिर्जना नहोला भन्न सकिन्न ।
पटकपटक केन्द्रिय नेताहरुको हस्तक्षेपमा परेर पनि निष्ठाकै राजनितिमा सक्रिय ओली यसकारण पनि बलियो मानिन्छन् ।
अनेरास्वबीयूको विद्यार्थी उमेरबाटै राजनीति यात्रा प्रारम्भ गरेका ओली केही बर्ष अघि ओली कर्मचारी समेत रहेका ओलीले २०५०मा राजीनामा दिएर फेरी राजनिति संगै समाजसेवामा संलग्न भएर नेकपा एमालेको नेतृत्व गरेर सक्र्रिय राजनितिमा क्र्रियासिल रहेका छन् । पछिल्लो समयमा राजनितिमा लागे देखी हाल सम्ँम निरनतर रुपमा पार्टीको बिधि बिधान र आदर्सलाई आतमसात गरि जस्तोसुकै कठिन प्रस्थितिमा पनि आफ्नो बिचारमा अडिग रहने नेताहरु मध्यमकै एक हुन । उनको यही कटिबद्ध बिचारले एमाले निकट नेता कार्यकर्ताहरुलाई उनी प्रति आकर्षण बढाएको छ । पछिल्लो समयमा नेकपा एमाले बाजुराको नेतृतव पक्तिमा रहेका नेताहरु मध्यकै युवा पिडितले सक्षम नेतृतवका रुपमा स्वकार गरेका नेता आली पनि हुन ।
२०४७ सालमा पार्टी राजनितीमा आईसकेका ओली हरेक बेला बेला पछाडी पर्दै आएका छन् । उनले २०४७ सालदेखी गाउँ कमिटि बिस्तार अभियानमा संलग्न भइ हाल सम्म पार्टी राजनितिमा हुमीएका छन ।नेता ओलीको समाज परिवर्तन र बिकासमा मात्र ठूलो योगदान नभई नेकपा एमाले पार्टीमा आवद्ध भए देखि हाल सम्म पार्टीलाई बलियो शसक्त र चलाएमान बनाउन उत्तिकै योगदान रहेको छ । हुन त पछिल्लो समयमा राजनीतिमा पार्टीमा लामो त्याग तपस्या र संघर्ष गरेका नेताहरूलाई पन्छ्याउने गरेको पाईन्छ । त्यस्तै नेता ओली पनि पार्टीमा पालो नपाएका मध्यका एक हुन । नेकपा एमाले खप्तड छेडेदह गाउँपालिकाको बलियो आधारका रुपमा रहेका नेता ओली बाजुरा जिल्लाका प्रतिभाशाली नेताहरूको सुचीमा पर्न सफल कुशल निडर सक्षम र युवा पुस्ताले रुचाएका नेता हुन । राजनीति लागे जति सवैको सामाज बिकास र परिवर्तनका लागी यती सम्म योगदान पुर्याउन सकेको प्रायः बिरलै हुदैन जति हाल सम्म ओलीले योगदान पुराएका छन् ।
ओलीको राजनितिमा जत्तिकै लगाव समाज सेवा र समाज परिवर्तन तथा रुपान्तरण र समाजको बिकासमा पनि छ । उनि समाजको बिकासका लागि अग्रभागमा रहेर खट्ने र समाजमा पिछडिएका र पछाडी पारिएका वर्गाहरु महिला दलित आदिवासी जनजातीका सवालहरुका बिषयमा बिशेष ओकालत गर्दै आएका छन् । पछिल्लो समयमा जनताको आपेक्षा भनेकै जनताका सवालहरुलाई सम्बोधन गर्ने जनप्रेमी नेता नतृतवमा आउनु पर्छ भन्ने हुन्छ । तर जनताले गरेको आपेक्षा पुरा गर्न त कुनै पनि राजनिति दलका नेताहरु गर्न सकेका छैनन् तर नेता ओलीले भने राजनितिमा तलिन भइसकेपछी समाजको बिकास र समाजको समउन्नितिका लागि गरेको योगदानको प्रसंसा गर्दै गरेको बाजुरेली जनताको मुखारबिन्दुबाट सुन्ने गरिन्छ ।
को हुन लाल बहादुर ओली ?हेर्नुहोस उहाँको राजनिति पृष्ठभुमि
नेकपा एमालेका प्रभावशाली नेताका रुपमा रहेका नेता लाल बहादुर ओली बाजुराको दुर्गम गाउँ आटीचौरमा जन्मेका थिए । बिध्याथी उमेरबाटै राननिति यात्रा सुभारम्भ गरेका नेता ओलीले डोटी क्याम्पसबाट सुरुवात गरेका थिए ।२०४५ सालमा डोटी क्याम्पसको अनेरास्ववीयू सदस्यबाट बनेका ओली सोही बर्ष डोटी क्याम्पस स्ववियूको सचिव समेत बनेका थिए ।उनि राजनिती संगै समाजीक कार्यमा अग्रपङितको कमाण्डार नै मानिएका छन । बाजुरामा सहकारीको अबधारणा ल्याइ बाजुरामा पिसवीन बाजुरा नामक संस्थाको स्थापना गरी हजारौ बाजुराबासीलाई स्वरोजगार बनाउन उनको ठुलो योगदान रहेको छ ।
त्यो संगै उनले बाजुराका बालबालिका महिला पछाडी पारीएका नागरिकको वकालतमा लाग्ने एक कुसल राजिनीतिज्ञको रुपमा चिनिएका छन ।२०४७ सालमा पार्टी राजनितीमा आईसकेका ओली हरेक बेला बेला पछाडी पर्दै आएका थिए । उनले २०४७ सालदेखी गाउँ कमिटि बिस्तार अभियानमा संलग्न भइ केही बर्ष कर्मचारी भए पनि २०५०मा राजीनामा दिएर फेरी राजनिति संगै समाजसेवामा संलग्न भएका छन । २०५१ सालमा बाजुरा जिल्लाभर निर्बाचानमा हुमीएका ओली २०५४ सालको स्थानीय निकायको चुनावमा अनेरास्वबीयु बाट प्रचार प्रसार अभियानका प्रमुखको भुमिका निर्बाह गरेका थिए ।
लामो समय बिद्यार्थी राजनितिमा लागेका ओली २०६७ सालमा भएको पाचौ जिल्ला अधिबेशनबाट नेकपा एमालेको जिल्ला कमिटि सदस्यमा आएको उनले बताए । पाचौ जिल्ला अधिबेशनबाट जिल्ला कमिटि प्रबेश संगै छैटौँ जिल्ला अधिबेशनमा पनि आर्थिक बिभाग प्रमुखको जिम्मेवारी पाएका थिए ।२०७० को संबिधान सभा सदस्य निर्बाचन परिचालन समितिको प्रमुखको भुमिकिा निर्बाह गर्दै आएका ओलीले २०७४ को स्थानिय तहको निर्बाचनमा खप्तड छेडेदह गाउँपालिकाको अध्यक्ष पदका उम्मेद्धार समेत बनेका थिए ।नेकपा एमालेका प्रभावशाली नेता ओली २०५६ साल देखी नेकपा एमालेको जनसंगठन मानव अधिकार एलाइन्सको सदस्य हुदै २०६८ सालमा एलाइन्सको उपाअध्यक्ष समेतको जिम्मेवारी बहन गरेका थिए । २०६८ देखी हाल सम्म मानव अधिकार एलाईन्सको सुदुर पश्चिम इन्चार्जको जिम्मेवारी समालीरहेका छन भने नेकपा एमाले बाजुराको आर्थिक बिभाग प्रमुखको भुमीकामा छन ।बिभिन्न समयमा तह तप्काको नेतृत्व गर्दै आएका नेता ओली यतिबेला प्रदेश सभा सदस्यका सिफारिस भएका अन्य आकांक्षीहरु मध्यकै बलियो उम्मेदवार समेत रहेका छन ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर