
मिन बहादुर खड्का बाजुरा- बडिमालिका नगरपालिका वडा न ९ चौराटामा राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान बाजुराको आयोजनामा खुला महिला देउडा प्रतियोगिता सम्पन्न भएको छ । हाम्रो अभियान धार्मिक तथा पर्यटकिय क्षेत्रको प्रचार प्रसार, लोक संस्कृतिको संरक्षण स्रष्टाको सम्मान, नवप्रतिभाको प्रोतसाहन भन्ने मुल नाराका साथ सुदुरपश्चिम्मा मनाइने महान चाड गौरा पर्वको अवसरमा आयोजनामा गरिएको खुला देउडा प्रतियोगिता सम्पन्न भएको हो ।


कार्यक्रममा आर्थिक सहयोग सामाजिक बिकास केन्द्र ,मार्तडी बाजुराको रहेको आयोजकले जनाएको छ । कार्यक्रममा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुति समेत रहनेछ । सम्पुर्ण जिल्ला स्थित देउडा प्रेमिहरुलाई उपस्थितिका लागी आयोजकले आह्वान गरेको छ । परम्परा देखी बाजुरामा मनाइदैँ आएको गौरा पर्वको प्रर्वद्धनका लागी र सुदुरपश्चिम्एली देउडा सस्कृतिको संरक्षणमा पनि टेवा पुग्ने बिश्वासका साथ कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रम आज एक औपचारिक कार्यक्रमका बिच भब्य अनि सभ्य तरिकाले शान्तिपुर्णा ढंगले सम्पन्न गरिएको राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान जिल्ला कार्य समिति बाजुराले जनाएको छ ।
खुला देउडा प्रतियोगितामा प्रतियोगिहरुलाई खुला प्रतिस्पर्धा गराइएको थियो । प्रतियोगितामा जम्मा १२ टिम सहभागी भएका थिए । प्रतियोगिताको निर्णायक अधिवक्ता एवम् साहित्यकार तथा नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि हर्क खडायत रेडियो बाजुराका स्टेशन म्यानेजर कृष्ण ओली रहनुभएको थियो । प्रतियोगितामा प्रथम स्थान समाज सुधार गौरा चौराटा प्रथम दितिय स्थान गहिरी बजार महिला समुह,र तितिय स्थान प्रयास युवा क्लब , र सान्त्वनालाई पुरस्कार बितरण गरिएको थियो । प्रथमलाई २५०० दितियलाई रु २००० र तितियलाई रु १५०००
अन्य सहभागी टिमलाई सान्त्वना स्वरुप रु १०००
बडिमालिका, खापर टोल सुधार समुह,मष्टेष्वरी ,एल्सी टोल, ओखलढुंगा समुह ,सत्यश्वोरी महिला समुह,उखाडी महिला समुह,बाउली महिला समुह, तुल्छी महिला समुह,

कार्यक्रम राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठानका अध्यक्ष नर बहादुर कार्यक्रममा बडिमालिकाकी नगर उपप्रमुख नन्दा थापा प्रमुख अथिति रहनुभएको थियो । कार्यक्रममा बिशिस्ट अथिती गौमुल गाउँपालिकाकी उपाध्यक्ष सिता रोकाया रहनुभएको थियो । कार्यक्रम विभिन्न राजनीति दलका प्रमुख एवम् प्रतिनिधि ,जिल्ला स्थित सरकारी तथा गैर सरकारी संघ सस्थाका प्रमुख एवम् प्रतिनिधि , कलाकार ,पत्राचार बुद्धिजीवी समाजसेवी सुरक्षाकर्मी, स्थानीय लगायतको बाक्लो उपस्थित रहेको थियो । कार्यक्रम बोल्नुहुदै प्रमुख अथिती नगर उपप्रमुख थापाले आयोजकलाई धन्यवाद दिनुहुदै कार्यक्रमले गौरा पर्वको प्रबर्द्धन र देउदा सस्कृतिको संरक्षणमा सहयोग पुग्न बिश्वास व्यक्त गर्नुभएको थियो ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर