
मिन बहादुर खड्का बाजुरा – बडिमालिका नगरपालिका वडा न ९ चौराटामा राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान बाजुराको आयोजनामा खुला महिला देउडा प्रतियोगिता हुँदैछ । हाम्रो अभियान धार्मिक तथा पर्यटकिय क्षेत्रको प्रचार प्रसार, लोक संस्कृतिको संरक्षण स्रष्टाको सम्मान, नवप्रतिभाको प्रोतसाहन भन्ने मुल नाराका साथ सुदुरपश्चिम्मा मनाइने महान चाड गौरा पर्वको अवसरमा खुला देउडा प्रतियोगिता हुन लागेको हो ।
कार्यक्रममा आर्थिक सहयोग सामाजिक बिकास केन्द्र ,मार्तडी बाजुराको रहेको आयोजकले जनाएको छ । कार्यक्रममा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुति समेत रहनेछ । सम्पुर्ण जिल्ला स्थित देउडा प्रेमिहरुलाई उपस्थितिका लागी आयोजकले आह्वान गरेको छ । परम्परा देखी बाजुरामा मनाइदैँ आएको गौरा पर्वको प्रर्वद्धनका लागी र सुदुरपश्चिम्एली देउडा सस्कृतिको संरक्षणमा पनि टेवा पुग्ने बिश्वासका साथ कार्यक्रमको आयोजना गरिएको राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान जिल्ला कार्य समिति बाजुराका सदस्य राजेन्द्र रावतले बताएका छन् । सदस्य रावतका अनुसार कार्यक्रमको कार्यतालिका यस अघि नै सार्वजनिक गरिसकेको बताइएको छ ।
यस्तो रहेको छ कार्यक्रमको कार्यतालीका
१ . टिम दर्ता– भदौ १८ गते कार्यक्रम सञ्चालन हुनुको १ घण्टा पहिला गरि सक्नु पर्नेछ ।
२.कार्यक्रम विहान ११ बजेबाट सुरु हुनेछ ।
३ . देउडा गीतका सहभागि टिमलाई १५ मिनेटको समय उपलब्ध गराइने छ ।
४ .सहभागि टिमले अनिवार्य स्थानीय पहिरनमा सहभागि हुनु पर्ने छ ।
५ . एक टिममा बढीमा १२ जना सहभागि गराउन पाइने छ ।
राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठानको आयोजनामा गौरा पर्वको अवसर पारी हुन लागेको खुला देउडा प्रतियोगितामा वडा न. ९ को वडा कार्यालयले पनि सहयोग गर्ने भएको छ । सो मेलालाई सभ्य तथा भव्य तरिकाले सम्पन्न गर्नका लागी सवैले सकदो सहयोग गर्न वडा कार्यालयले आह्वान गरेको छ । साथै मदिरा सेवन गरी मेलामा हहोल्ला गर्ने र मेलालाई बिथोल्न खोज्ने जोकोहिलाई प्रचलित कानुन बमोजिम कडा कारवाही गर्ने व्यहोरा सवैको जानकारीका लागी सार्वजनिक सुचना समेत जारी गरेको वडा अध्यक्ष सुर्य किरण बि.कले जानकारी दिएका छन् ।


खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर