
बाजुरा :- जिल्लामा पहिलो बडिमालिका बाजुरा इर्मजिंङ कप क्रिक्रेट प्रतियोगिताको उपाधी बुढीगंगा क्रिक्रेट क्लबले हात पारेको छ । आयोजक बडिमालिका क्रिक्रेट क्लबलाई ७ विकेटले पराजित गर्दै उपाधी हात पारेको हो ।१६ ओभरको खेलमा सबै विकेट गुमाएर ९२ रनमा समेटिएको आयोजकलाई बुढीगंगा क्रिक्रेट क्लबले १२ ओभरको समाप्तीमै १ विकेटको क्षतिमा लक्ष्य भेटाएर खेल जितेको हो । १० टिम सहभागि खेलमा सबै खेल जितेको बुढीगंगाले उपाधी सुरक्षित गरेको छ ।
उपाधीसँगै बुढीगंगाले ५१ हजार १ सय ११ रुपैया, ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् । भने उपविजेता बनेको आयोजक बडिमालिका क्रिक्रेट क्लबले २१ हजार १ सय ११ रुपैया ट्रफी र मेडल हात पारेको छ ।

खेलको म्यान अफ द सिरिज सुरेश खाती, वेष्ट बदर मदन जोशीले पाएका छन् । भने खेलमा सबैभन्दा बढी १९ छक्का प्रहार र सबैभन्दा बढी १४१ रन गरेका रमेश रावल पनि सम्मानीत भएका छन् ।
आयोजक क्लबका अध्यक्ष शेरबहादुर थापाको अध्यक्षतामा सञ्चालन भएको खेल समापन कार्यक्रममा बडिमालिका नगरपालिकाका उपप्रमुख कविता विष्ट प्रमुख अतिथि र अनेरास्ववियुका केन्द्रीय उप-महासचिव नरेश रोकाया विशिष्ट अतिथि रहनु भएको थियो ।
दुबै जनाले खेलाडीलाई मेडल सहीतले सम्मान गरेका थिए । अर्जुन जोशीले सञ्चालन गरेको खेल समापन समारोहमा बडिमालिका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रंगमल विक सहीत क्रिक्रेट प्रेमीको व्यापक उपस्थिति रहेको थियो ।
पहिलो पटक मार्तडीमा आयोजित खुला क्रिक्रेट प्रतियोगिता मालिका माविको मैदानमा आयोजना गरिएको हो । बाजुरामा उपयुक्त खेल मैदान अभावमा खेलाडीले सास्ती भोग्नु परिरहेको छ ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर