
बाजुरा: बाजुरा जिल्लाको पछिल्लो मत परिणम धमाधम सार्वजनिक भैरहेको छ । जिल्लाको पछिल्लो मत परिणम अनुसार गौमुल गाँउपालिकामा पुरै नेकपा एमालेको सिंङ्गो टिम विजयी भएको छ । गाँउपालिकाको अध्यक्षमा हरि ब.रोकाया पुनः विजयी भएर दोहोरीएका छन् । त्यस्तै गाँउपालिकाको उपाअध्यक्षमा दोस्रो पटक सीता थापा पनि दोहोरीएकी छन ।

गौमुल गाँउपालिकाको सबै वडाहरुमा क्रमसः वडा नं. १ मा देब बहादुर रोकाया वडा नं. २ मा देबेन्द्र बहादुर रोकाया, वडा नं. ३ मा गोरख बहादुर बोहोरा, वडा नं. ४ मा अम्मर बहादुर बि.क, वडा नं. ५ मा कलक बहादुर सिह र वडा नं. ६ मा प्रकाश बहादुर रोकाया विजयी भएका छन । २०७४ सालको स्थानिय तहमा विजयी ३ जना जनप्रतिनिधीको नयाँ अनुहार दोहोरीएको छ ।
नयाँ अनुहार दोहोरीनेमा वडा नं. ६ मा प्रकाश बहादुर रोकाया, गााउपालिका अध्यक्ष र उपाध्यक्ष रहेका छन । अन्य वडाहरुमा भने नयाँ अनुहार आएका छन । गौमुल गाँउपालिकामा २०७४ सालको स्थानिय तह निर्वाचनमा एक वडा मात्र नेपाली काँग्रेसले जितेको थियो भने २०७९ सालको स्थानिय तह निर्वाचनमा पुरी पालिकामा नेकपा एमालेको सिंङ्गो टिम बिजयी भएको छ ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर