
बाजुरा– आसन्न बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि जिल्लाका राजनितिक दलहरु मतदाता भेटघाट तथता सात्क्षात्कार गर्न घरदैलोमा पुग्न थालेका छन् ।

जिल्लाको गौमुल गाउँपालिकामा पनि नेपाली काँग्रेस नेकपा एमाले बीच प्रतिपर्धा हुने भएको छ । पाँच वर्षसम्म गौमुलको नेतृत्व गर्दै आएको नेकपा एमाले गरेका हरेक गतिविधीको अन्त्य गर्नका लागि नेपाली काँग्रेसबाट अध्यक्ष र उपाध्यक्षका उम्मेदवार बनेका हिरेन्द्रबहादुर रोृकाया र उमा रोकाया सहितको टोली मतदातासंग भेटघाट तथा घरदैलो अभियानमा व्यस्त रहेका छन् ।
गौमुल गाउँपालिकालाई समृद्ध र आत्मनिर्भर गौमुल बनाउने योजना सहित गाउँपालिकाका अध्यक्ष उपाध्यक्ष र वडाध्यक्ष सहित वडा सदस्यका उम्मेदवार मतदातासंग मत माग्न थालेको नेपाली काँग्रेस गौमुल प्रचार प्रसार उप समितिले जनाएको छ ।
गौमुलको समृद्धीका लागि स्वास्थ्य शिक्षा,खानेपानी विद्युत र जडीबुढी प्रशोधन लगायतका योजनाहरु अघि सार्दै मतदातासंग प्रतिवद्धता पत्र लिएर प्रत्येक वडाको गाउँ,टोल हुदै घर घरमा मतदातासंग भेटघाटमा रहेका छन् ।

गौमुलको समृद्धीका लागि पालिकामा पाइने विभिन्न प्रजातीका जडीबुटी प्रशोधन गर्नका लागि औद्योगिक क्षेत्रका रुपमा विस्तार गरी पालिकामा नै उद्योग संचालन गर्ने लक्ष्य रहेको घोषणा पत्रमा उल्लेख छ ।
समृद्ध गौमुल बताउने गरी नयाँ योजना र रणनीतिका साथ काँग्रेसका उम्मेदवारहरु मतदातासंग प्रत्यक्ष भेटघाटमा रहेका छन् ।
मतदाता भेटघाट कार्यक्रममा गौमुल गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षका उम्मेदवार हिरेन्द्रबहादुर रोकाया र उमा रोकाया सहितको वडाध्यक्ष र नेता तथा कार्यकतौ घरदैलो अभियानमा गएको नेपाली काँग्रेस गौमुल गाउँ कार्य समितिले जनाएको छ ।
नेकपा एमालेको पकड क्षेत्रका रुपमा रहेको गाउँपालिकामा नेपाली काँग्रेसले जित्न मुस्किल पर्छ । काँग्रेसले २०७४ को स्थानीय तहको निर्वाचनमा एक वडा मात्र जितेको थियो । ६ वडा रहेको पालिकामा काँग्रेस अहिलेको निर्वाचनमा ४ वडा र अध्यक्ष सहित पालिकाको नेतृत्व लिने गरी चुनाव प्रचार प्रचार कार्यमा लागेको छ ।
पालिका नजिते पनि चार वडा मात्र काँग्रेसका उम्मेदवारले जितेको खण्डमा एमालले पालिकाको बहुमत गुमाउने सम्भावना भने बढ्ने देखिन्छ ।
बहुमत ल्याउनका लागि एमालेले पालिका सहित ३ वडा जित्नुपर्ने हुन्छ । तर काँग्रेसले भने पालिका सहित जित्ने नभए चार वडा हरेक रणनीति बनाउदै जित्ने गरी आन्तरिक तयारी थालेको बताइएको छ ।


खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर