
वैशाख ,४- आर्थिक संकटमा जुधिरहेको श्रीलंकामा सेयर बजारमा समेत प्रभावित बनेको छ । विदेशी ऋणमा डुबेर आर्थिक संकटको भूमरीमा परेको श्रीलंकाको सेयर बजार ५ दिनसम्म बन्द रहनेछ । श्रीलंकाले केही समयसम्म विदेशी ऋणको भुक्तानी नगर्ने घोषणा गरिसकेको छ । यसबीचमा आर्थिक संकटका कारणले त्यहाँको प्रमुख सेयर बजार कोलम्बो स्टक एक्सचेन्जको कारोबार ५ दिनलाई बन्द हुने भएको हो ।
१८ अप्रिलदेखि बन्द हुने सेयर बजार ५ दिनसम्म खुल्ने छैन । श्रीलंकाको सेयर बजार नियामकले कोलम्बो स्टक एक्सचेञ्जलाई ५ दिनसम्म कारोबार बन्द गर्न निर्देशन दिएको हो । आर्थिक संकटमा डुबिरहेको श्रीलंकाको अर्थतन्त्रबाट सेयर बजारलाई बचाउन यस्तो निर्णय लिइएको बताइएको छ ।
यो स्थितिबाट उम्कन श्रीलंकाले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)सँग ४ बिलियन अमेरिकी डलर सहयोग मागेको छ । यो देश यतिबेला अहिलेसम्मकै सबैभन्दा ठूलो आर्थिक संकटको सामना गरिरहेको छ ।

यो समाचार आजको रातोपाटिमा छ ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर