• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Sun, 16, Aug, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  अन्तर्राष्ट्रिय

एलन मस्कविरुद्ध ट्विटरले निकाल्यो आफ्नो अन्तिम हतियार – पोइजन पिल

खप्तड मालिका न्युज April 16, 2022 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

बैशाख,३-  स्पेस–एक्सका संस्थापक तथा टेस्लाका सिइओ एलन मस्कको नजर सोसल मिडिया प्लेटफर्ममा अडिएको छ । उनी सोसल मिडिया प्लेटफर्म ट्वीटर खरिद गर्न खुलेर कोसिस गरिरहेका छन् । तर ट्वीटरको बोर्ड उनलाई रोक्नका लागि आफ्नो अन्तिम विकल्पसम्म आइपुगेको छ ।

ट्विटरको बोर्डले कम्पनीलाई एलन मस्कको हातबाट टाढा राख्न चाहन्छ । बोर्डले जबर्जस्ती अधिग्रहण (होस्टाइल टेकओभर) बाट कम्पनीलाई बचाउनका लागि ‘पोइजन पिल’ को तरिका अपनाएको छ ।

‘पोइजन पिल’ कुनै कम्पनीलाई जबर्जस्ती अधिग्रहणबाट बचाउने एउटा तरिका हो । यो सिमित अवधिको सेयरहोल्डर अधिकार योजना हो जसले कसैलाई पनि कम्पनीको १५ प्रतिशतभन्दा बढी शेयर खरिद गर्नबाट रोक्छ ।

यसमा कम्पनीले अरुलाई कम्पनीको थप सेयर केही छुटमा खरिद गर्न अनुमति दिन्छ । यसले अधिग्रहणकर्ताको शेयरको मूल्य घटाउँछ र अधिग्रहणलाई गाह्रो बनाउँछ । साथै, कम्पनीको अधिग्रहण गर्ने मूल्य पनि बढ्छ ।

ट्विटर बोर्डले यूएस सेक्युरिटिज एन्ड एक्सचेन्ज आयोगलाई आफ्नो उद्धार योजनाको बारेमा विस्तृत रुपमा बताएको छ । एक बयानमा कम्पनीले एलन मस्कको ट्विटर प्राप्त गर्नका लागि अनावश्यक, गैर बाध्यकारी प्रस्तावका कारण यसको आवश्यकता भएको बताएको छ ।

कुनै कम्पनीको व्यवस्थापनको स्वीकृति बिना कम्पनी कब्जा गर्नका लागि जबर्जस्ती कोसिस गरिन्छ भने त्यसलाई कम्पनीको टेकओभर मानिन्छ ।

ट्विटरको सन्दर्भमा कार्यकारी बोर्ड यसको व्यवस्थापनको भूमिकामा छ ।

प्रतिभूति एवं विनिमय आयोगका पूर्व वित्तिय अर्थशास्त्री जोश ह्वाइटले बीबीसीसँगको कुराकानीमा पोइजन पिल कुनै कम्पनीलाई जबर्जस्ती अधिग्रहणबाट बचाउनका लागि बचाउको अन्तिम कोसिस भएको बताए । उनले भने, ‘हामी यसलाई परमाणु विकल्पको रुपमा हेर्छौँ ।’

एलन मस्कले पहिले नै स्पष्ट पारिसकेका छन् कि उनी कम्पनीका लागि यसको महँगो मूल्यबारे कुरा गर्ने छैनन् । त्यसपछि बोर्डले ‘पोइजन पिल’ को तरिका अपनाएको छ ।

हिस्सेदारी खरिद गर्नेदेखि अधिग्रहणको कोसिससम्म

एलन मस्कले ट्वीटरको विषयमा पहिलो कदम सोसल मिडियामा एउटा भोटिङ गराएर बढाएको थियो । उनले ट्विटरमा ‘यसमा एडिट बटन चाहनुहुन्छ ?’ भनेर मानिसलाई सोधेका थिए ।

यस्तै, अघिल्लो हप्ता एलन मस्कले ट्विटरका सात करोड ३५ लाख शेयर अर्थात् ९.२ प्रतिशतको हिस्सेदारी खरिदको जानकारी दिएको थियो । यसले ट्विटरको शेयरमा २५ प्रतिशतको बढोत्तरी भएको थियो ।

यसको अर्थ यो हो कि मस्कको सम्पत्ति पनि बढेको छ र उनीसँग ट्विटरको जुन शेयर छ उनको मूल्य अब ३ अर्ब डलर बराबर पुगिसकेको छ ।

मस्कसँग जति शेयर छ त्यो ट्वीटरका संस्थापक ज्याक डोर्सीको शेयरभन्दा चार गुणा बढी छ । डोर्सीले अघिल्लो वर्ष नोभेम्बरमा ट्विटरको सिइओ पद छोडेका थिए, त्यसपछि यो जिम्मेवारी अब पराग अग्रवालले सम्हालिरहेका छन् ।

एलन मस्कको हिस्सेदारी खरिद गरेपछि ट्विटर र मस्कबीच खिँचातानी चलिरहेको छ । ट्विटरले एलन मस्कको बोर्डमा समावेश हुने संकेत पनि दिएका थिए जसको एलन मस्कले सार्वजनिक रुपमा पुष्टि गरेका थिएनन् ।

ट्विटरका सिइओ पराग अग्रवाले मंगलबार एक ट्वीटमा भनेका थिए, ‘हालैका हप्तामा एलनसँग जुन कुरा भएको छ, त्यसबाट स्पष्ट भएको छ कि उनले हाम्रो बोर्डको मान बढाउनेछन् ।’

मस्कले पछि जवाफमा लेखे, ‘म अबका महिनामा ट्विटरमा ठूलो सुधार गर्नका लागि पराग र ट्विटरसँग काम गर्नका लागि आशावादी छु ।’ यद्यपि, मस्कले बोर्डमा समावेश हुने कुरा स्वीकार गरेका थिएनन् ।

 

सम्बन्धित पोस्ट
  • अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम
  • बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा
  • जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ
  • बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    समाचार

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण

    देउडाका धराेहर गायक थापाकाे ‘मधुवन सिर्क्या रुमाल’ बजारमा

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑