
बैशाख,३- संघीय संसद अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले आवश्यकताअनुसार सुपारी आयात खोल्न अनुमति दिने भएको छ । समितिले स्वदेशी उद्योगको उत्पादन क्षमताअनुसार कच्चा पदार्थका रूपमा सुपारी आयात अनुमति दिने भएको हो ।
समितिका सभापति विमल श्रीवास्तवले उद्योगलाई चाहिने कच्चा पदार्थको परिमाणमा सुपारीको आयात अनुमति दिने बताए । उनले व्यापारीलाई नभई उत्पादनमूलक उद्योगीलाई सुपारीको आयात अनुमति दिन सरकारलाई निर्देशन दिएका हुन् ।
यसअघि, समितिले अघिल्लो छलफलमा सुपारीको आयात अनुमति तत्काललाई रोक्न निर्देशन दिएको थियो । सांसदहरू देशभरका गुट्का उद्योग र सुपारी उद्योगमा भ्रमण सकेर आएपछि आयात अनुमति खोल्न समितिले लिखित निर्देशन दिने भएको हो ।

यो समाचार आजको रातोपाटिमा छ ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर