
चैत्र,३०- बझाङ छबिसपाथिभेर गाउँपालिकामा यतिबेला मेला पर्व मनाउने चटारो छ । प्रसिद्ध कांक्रेऔशी मेला, चैते दसैं, बिसु पर्व र सुदूरपश्चिमकै प्रसिद्ध मेला चैतली सँग-सँगै पर्दा छबिसपाथिभेरा मेला र पर्वमय बनेको छ । एकै पटक धेरै मेला पर्व पर्दा वातावरण उल्लासमय बनेको छ ।

काम विशेषले बाहिर रहेका सर्वसाधारण मेला पर्वका लागि अहिले जन्मथलो पुगेका छन् । अघि पछि बुढाबुढी, बालबालिका र महिला मात्रै हुने गाउँमा युवाहरूको जमघट छ । यो अवसरमा सबै एकै ठाउँ भेला भएर विगतका वर्षमा (भलाभली) भए गरेका दुःख सुख बाँड्ने, आफन्तको हालखबर बुझ्ने र स्थानीय परिकार बाडिचुडी खाने गरिन्छ । तर यस बर्ष भने परिस्थिती केही फेरिएको छ । एक महिनापछि हुन लागेको स्थानीय तह निर्वाचनको माहोल मेला पर्वमा देखिएको छ । दुई चार जना जम्मा हुने बित्तिकै चुनावकै बारेमा कुरा हुन थाल्छ ।
चुनावको अधिकांश विषय तालमेलकै वरिपरि हुने गरेको छ । ३० बैशाखमा हुने स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै सत्तारुढ दलले गठबन्धन गर्ने प्रक्रिया बढाएका बेला छबिसपाथिभेरा गाउँपालिकाका मतदाता भने गठबन्धनको विपक्षमा उभिएका छन् ।
गठबन्धन गरेर जाँदा पाँच वर्ष नपुग्दै राजनीतिक खिचातानी हुने उनीहरूको बुझाइ छ । गठबन्धन गर्दा राजनीतिक खिचातानी बढ्न सक्ने भन्दै दलहरूलाई एक्लाएक्लै निर्वाचनमा आउन आग्रह गरिरहेका छन् ।
‘माओवादी र एमालेले गठबन्धन गरी दुई तिहाइ नजिकको मत ल्याएकै हुन्,’ छबिसपाथिभेरा गाउँपालिका-५ का विष्णु सिंहले भने, ‘तर दुई दलको स्वार्थ नमिल्दा उनीहरू बीचैमा फुटे । अहिले सारा देशले दुःख पाएको छ । फेरि गठबन्धन गर्दा त्यही अवस्था आउन सक्छ । त्यसैले एक्लै चुनाव लड्नु पर्छ ।’
गठबन्धन गरेर चुनाव लड्न आउने उम्मेदवारलाई भोट नदिइने उनी बताउँछन् । उनले छबिसका मतदाता गठबन्धनको विपक्षमा रहेको पनि बताए । ‘दलहरूले छुट्टाछुट्टै रुपमा उम्मेदवार चयन गर्दै चुनावमा पठाए सक्षम र योग्य उम्मेदवारलाई जिताउने मनसाय यहाँका मतदाताको देखिन्छ,’ उनले भने, ‘तर गठबन्धनलाई कसैले राम्रो मानेका छैनन्, दलहरूले मतदाताको भावना बुझ्नु जरुरी छ ।’
छबिसपाथीभेरा गाउँपालिका–३ का चेतराज जोशीले पनि गठबन्धन गरेर भोटका लागि नआउन उम्मेदवारलाई आग्रह गरेका छन् । ‘गाउँका सबै गठबन्धनको विपक्षमा देखिन्छन्,’ उनले भने, ‘कांग्रेसका कार्यकर्ता पनि गठबन्धन भए भोट हाल्दैनौं भन्न थालेका छन्, त्यसैले सबै दलले आ(आफ्ना उम्मेदवार पठाउनु राम्रो हुन्छ ।’
यो समाचार आजको रातोपाटिमा छ ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर