• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Mon, 17, Aug, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  अर्थ वाणिज्य

बागमती नदीको २० बर्षे ‘एक्सन प्लान’ बन्दै

खप्तड मालिका न्युज April 11, 2022 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

  चैत्र,२८-  बागमती नदीलाई व्यवस्थित बनाउन बीस बर्षे ‘एक्सन प्लान’ बन्ने भएको छ । मानविय कारणले प्रदूषित बन्न पुगेको बागमती नदीको संरक्षण र विकास गर्ने उदेश्य सहित सरकारले बीस बर्षे ‘एक्सन प्लान’ बनाउन लागेको हो । यसअघि बनाएको पाँच बर्षे ‘एक्सन प्लान’ अपुरो भएको भन्दै प्रदूषित भएको नदीलाई सफा र ढलमुक्त बनाउन एक्सन प्लान निर्माण प्रक्रिया अघि बढेको छ ।
बागमती नदीको संरक्षण र विकास गर्ने मुख्य उदेश्यसहित सुरु भएको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले बीस बर्षभित्र नदीलाई पुरानै अवस्थामा फर्काउने योजनासहित काम अघि बढाउने नीति लिएको छ । नदीलाई सफा बनाउन ५ जेठ २०७७ देखि निरन्तर रुपमा बागमती सरसफाइको अभियान सञ्चालन भइरहेको छ । बागमती नदी सरसफाई अभियान ४६६ औ हप्ता पुरा गरेको छ ।
अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका आयोजना प्रमुख नवराज प्याकुरेल नदीको संरक्षण र विकास गर्ने उदेश्यसहित वीस बर्षे कार्ययोजना (एक्सन प्लान) तयार पर्ने कामलाई अघि बढाएको बताए । उनका अनुसार एक्सन प्लान यस आर्थिक बर्षभित्र नै तयार भएर आगामी आर्थिक वर्षबाट कार्यान्वयनमा जानेछ एक्सन प्लानबाट हालसम्मको उपलब्धी र भावी कार्यदिशा तय गरेर काम गर्ने योजना बनाएको बताउदै प्याकुरेलले सरकार दातृ निकायको सहयोगबाट नदीको सौन्दर्यकरणसँगै पूर्वाधार निर्माणको काम भइरहेको बताए ।
‘प्रत्येक बर्ष आवश्यक बजेट प्राप्त हुन नसक्दा लक्ष्य अनुसारको काम हुन सकेको छैन’, उनले भने,‘कोरिडोर निर्माण, ढल निकास र सौन्दर्यकरणको काम भने सन्तोषजक रुपमा छन, बाँकी कामलाई पनि योजनाबद्ध रुपमा अघि बढाउँछौं ।’ प्लानमा नदीको मापदण्ड कायम गर्ने, वहाव क्षेत्र निर्धारण गर्ने,नदीको स्वच्छता बढाउन थप ढल प्रशोधन निर्माणको काम अगाडि बढाउने विषय समावेश गरिने भएको छ ।
समितिले सुन्दरीजलदेखि गुहेश्वरीसम्मको क्षेत्रलाई ढलमुक्त बनाउने गरी काम गरिरहेको बताएको छ । नदीको स्वच्छता कायम गर्न धाप ड्याम निर्माणको काम सम्पन्न गरेको समितिले यस वर्षबाट बर्षाको समयमा पानी संकलन गर्ने भएको छ ।
समिति मार्फत बागमती नदी र यसका सहायक नदीहरुमा गरी ६२ किलोमिटर नदी नियन्त्रण, ५३ किलोमिटर करिडोर सडक र ९० किलोमिटर ढलको पाइन बिछ्याउने काम सम्पन्न भएको छ । जस अन्तर्गत बागमती नदीमा मात्र दायाँबायाँ १६/१६ किलोमिटर गरी ३२ किलोमिटर क्षेत्रमा ढल विछ्याउने काम सम्पन्न भएको छ भने गोकर्णदेखि गेहेश्वरीसम्म सात किलोमिटर क्षेत्रलाई ढलमुक्त बनाउने गरी काम भएको समितिले जनाएको छ ।
अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष उद्धवप्रसाद तिमल्सेनाले काठमाडौं उपत्यकामा बढ्दा ट्राफिक जाम घटाउने गरी बागमती नदीसहित अन्य सहायक खोलामा करिडोर निर्माणको कामलाई तीब्रता दिएको बताए ।
समितिले निजी क्षेत्रसहितको सहभागिता नदी किनारामा ३१ वटा हरियाली प्रबद्र्धन तथा उद्यानहरु निर्माण गर्नुको साथै सरकार र एसियाली विकास बैंकको लगानीमा बागमती नदीमा २ वटा प्याकेजमा करिब २० किलोमिटर क्षेत्रमा नदी सौन्दर्यकरणको काम यसै बर्षभित्र सम्पन्न गर्ने बताएको छ । हाल गोकर्णदेखि गुहेश्वरी, तिलगंगा क्षेत्र, युएनपार्कदेखि बल्खु पुलसम्मको क्षेत्रमा नदी सौन्दर्यकरणको काम भइरहेको छ ।
अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिकाका प्रवक्ता कमल अर्यालले बागमती नदी क्षेत्रमा अधिकांश स्थानमा करिडोर निर्माणको काम सम्पन्न भएको बताए । नदी किनारामा रहेको अस्थायी बसोबासको कारण केही क्षेत्रमा करिडोर निर्माणको काम हुन नसकेको बताउदै उनले नदीको मुहान बाग्द्धारदेखि चोभारसम्म ४४ किलोमिटर क्षेत्रफलमा फैलिएको बताए । उनका अनुसार समिति स्थापना भएको २७ बर्षको अवधिमा हालसम्म नदीको संरक्षण र विकासमा १५ अर्ब रुपमा खर्च भएको छ ।

यो समाचार आजको रातोपाटिमा छ ।

सम्बन्धित पोस्ट
  • अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम
  • बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा
  • जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ
  • बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    समाचार

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण

    देउडाका धराेहर गायक थापाकाे ‘मधुवन सिर्क्या रुमाल’ बजारमा

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑