• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Fri, 14, Aug, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

पाल्पामा गठबन्धन भर्सेस एमाले : कसको अवस्था कस्तो ?

खप्तड मालिका न्युज April 10, 2022 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

  चैत्र,२७-  स्थानीय तहको निर्वाचन नजिक आउँदै गर्दा विभिन्न दल आ–आफ्नो लेखाजोखामा व्यस्त छन् । पाल्पा जिल्लामा पनि दलहरु उम्मेदवार चयन तथा चुनावी तालमेलको गृहकार्यमा जुटेका छन् । सत्तारुढ गठबन्धनमा रहेका पाँच दलले पाल्पामा पनि तालमेल गर्ने भएका छन् । कुन स्थानीय तहमा कुन दलले कुन पदमा उम्मेदवारी पाउने हो भन्नेमा पनि गठबन्धन घटकभित्र चासो बढेको छ ।
अघिल्लो निर्वाचनमा काँग्रेसले जिल्लाको एक नगरपालिका र तीन गाउँपालिकाको प्रमुखमा जित हासिल गरेको थियो । काँग्रेसले रामपुर नगरपालिका, माथागढी गाउँपालिका, बगानसकाली गाउँपालिका र रैनादेवी छहरा गाउँपालिकाको नेतृत्व हासिल गरेकोमा आसन्न निर्वाचनमा ती पालिकाका अतिरिक्त उसले थप तीन वटा पालिकामा दाबी गरेको छ । बाँकी ३ वटामा चाहिँ नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीलाई सघाउने काँग्रेसको मनसाय छ ।
काँग्रेसका जिल्ला सभापति हिमालदत्त श्रेष्ठले सत्तारुढ गठबन्धनबीच तालमेलका आधारमा उम्मेदवारी दिइने बताए । पाल्पामा नेपाली काँग्रेसले जितेका स्थानीय तह सुरक्षित राख्दै एमालेले जितेका ठाउँमा गठबन्धनभित्रका दलहरुबीच जनाधारका आधारमा प्रतिस्पर्धा गरिने उनको भनाइ छ ।
नेपाली काँग्रेसले अघिल्लो निर्वाचनमा पाल्पाका चार स्थानीय तहमा जित हासिल गरेको थियो । पाल्पामा खासगरी नेपाली काँग्रेस र नेकपा एमालेबीच नै प्रतिस्पर्धा हुने गरेको छ । गठबन्धनभित्रका दलहरुमध्ये पाल्पामा नेपाली काँग्रेसकै जनाधार बढी रहेका कारण उसले अधिक पालिकामा दाबी गरेको छ ।
तानसेन नगरपालिका
पाल्पाका दुई नगरपालिकामध्ये तानसेनमा विगतमा एमालेले प्रमुख पद जितेको थियो । अहिले यहाँ नेपाली काँग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले प्रमुख पदमा दाबी गरेका छन् । गठबन्धनभित्रका प्रमुख तीन दलले नै आफू यो पालिकामा बलियो रहेको दाबी गर्दै प्रमुख पद आफूले पाउनुपर्ने दाबी गरेका हुन् ।
अघिल्लो निर्वाचनमा यो पालिकाको प्रमुख पदमा एमाले १० हजार ४५० मत ल्याएर विजयी भएको थियो भने काँग्रेसले ८ हजार ६७ र माओवादी केन्द्रले एक हजार १३७ मत हासिल गरेको थियो । नेपाली काँग्रेस थोरै मतान्तरले एमालेसँग पराजित भएको थियो । एमाले विभाजित भइसकेको र एमालेका जनप्रतिनिधिले खासै प्रभावकारी काम नगरेका कारण अब यो पालिकामा आफूले सहजै जित्ने काँग्रेसको दाबी छ ।
माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले पनि यो पालिकामा आफ्नो संगठन बलियो रहेको दाबी गरेका छन् । पाल्पाका माओवादी सह–इन्चार्ज तथा पार्टीका केन्द्रीय सदस्य अनिल किशोर घिमिरेले नेपाली काँग्रेसलाई रामपुर नगरपालिका र माओवादी केन्द्रलाई तानसेन नगरपालिका प्रमुख पद दिनुपर्ने बताउँछन् ।
काँग्रेसले रामपुर नगरपालिकाको प्रमुख पद लिएपछि तानसेन नगरपालिकाको प्रमुख पद माओवादी केन्द्रले पाउनुपर्ने उनले बताए ।
नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष कमल पाण्डेले तानसेनमा विगतमा एमालेले जित हासिल गरेको र हाल एमालेका कयौं कार्यकर्ता आफ्नो पार्टीमा रहेका कारण पनि यो पालिकाको प्रमुख पदमा स्वाभाविक रुपमा आफ्नो दाबी रहने बताए ।
रामपुर नगरपालिका
रामपुर नगरपालिकामा २०७४ सालको स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसले जित हासिल गरेको थियो । यो नगरपालिकाको प्रमुख पदमा ८ हजार ८८५ मतसहित काँग्रेस विजयी हुँदा एमालेले ७ हजार ६७६ र जनमोर्चाले ११४ मत हासिल गरेको थियो ।
गठबन्धनभित्र अहिले पनि यो पालिकाको प्रमुख पद काँग्रेसलाई दिने करिब करिब निश्चित छ । नेपाली काँग्रेसले विगतमा पनि जितेको र जनाधार पनि बलियो भएकाले मेयर पद आफूले नै पाउने दाबी गर्दै उम्मेदवार छनौटको तयारी थालिसकेको छ ।
यहाँ उपप्रमुख पद कसले पाउने हो भन्ने टुङ्गो लागिसकेको छैन । गठबन्धनभित्र घटक राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष विशाल दर्लामीले आफ्नो पार्टीले केही वडाका अध्यक्ष पद माग गरेको रातोपाटीलाई बताए ।
तिनाउ गाउँपालिका
विगतमा एमालेले जितेको तिनाउ गाउँपालिकाको अध्यक्ष पदमा नेकपा माओवादी केन्द्रले दाबी गरेको छ । यहाँ नेपाली काँग्रेसले पनि पालिका अध्यक्ष पदमा दाबी गरिरहेको अवस्था छ । जनमोर्चा र नेकपा एकीकृत समाजवादीले भने यो पालिकाका केही वडामा अध्यक्ष पदका लागि आकांक्षा राखेका छन् ।
माओवादी केन्द्रका जिल्लाका सहईन्चार्ज अनिल किशोर घिमिरेले तिनाउ र रिब्दीकोट गाउँपालिकाको अध्यक्षमा आफ्नो पार्टीको मुख्य दाबी गरेको बताए । यो पालिकाको वडा नम्बर ३ मा भने जनमोर्चाले दाबी गरेको छ ।
अघिल्लो निर्वाचनमा यो पालिकाको प्रमुख पदमा एमालेले २ हजार ८१० मत हासिल गरेको थियो । यस्तै, काँग्रेसले २ हजार ७०७ र माओवादी केन्द्रले २ हजार ३८८ मत हासिल गरेको थियो ।
निस्दी गाउँपालिका
निस्दी गाउँपालिका विगतमा एमालेले जितेको स्थानीय तह हो । यो पालिकामा काँग्रेसले खासै चासो राखेको छैन । माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीमध्ये कुनै एकलाई यो पालिकाको अध्यक्ष पद दिन सकिने काँग्रेसका स्थानीय नेताहरु बताउँछन् ।
नेपाली काँग्रेस आफैले प्रमुख पद नलिने भएपछि माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीमध्ये कुनै एकले यो पालिकाको प्रमुख पद पाउने भएका छन् । तर, ती दुईमध्ये कुन दलले यो पालिकाको प्रमुख पदमा उम्मेदवारी दिने भन्नेबारे टुङ्गो लाग्न बाँकी नै छ ।
निस्दी गाउँपालिकामा अघिल्लो निर्वाचनमा एमालेले ५ हजार ३२० मत ल्याएर अध्यक्ष पदमा जित हासिल गरेको थियो भने काँग्रेसले २ हजार ९२३ र संघीय समाजवादीले ५३ मत ल्याएको थियो ।
पूर्वखोला गाउँपालिका
यो पालिका पनि एमालेले जितेको ठाउँ हो । यहाँ सत्तारुढ गठबन्धनबाट अध्यक्ष पदमा कुन दलले उम्मेदवारी दिने भन्ने टुङ्गो लागेको छैन । गठबन्धन घटकका नेताहरुका अनुसार यो पालिकामा पनि नेपाली काँग्रेसले दाबी नगर्ने देखिएको छ । अघिल्लो निर्वाचनमा यो पालिकामा एमालेले ५ हजार ६३६ मतसहित अध्यक्ष पदमा जित हासिल गर्दा काँग्रेसले एक हजार ७३२ र स्वतन्त्र उम्मेदवारले १७३ मत हासिल गरेका थिए ।
बगनासकाली गाउँपालिका
यो गाउँपालिकामा नेपाली काँग्रेसले जितेको थियो । अहिले पनि काँग्रेसले नै पालिका अध्यक्ष पदमा उम्मेदवारी दिने तयारी गरेको छ । आफूले जितेको र फेरि पनि जित्ने आधार बलियो भएको ठाउँमा चुनावी तालमेलकै आधारमा अरुलाई जिम्मेवारी दिँदा झन् समस्या आउने नेपाली काँग्रेसका जिल्ला सभापति श्रेष्ठले बताए । अन्य दलले यो पालिकाको प्रमुख पदमा खासै चासो राखेका छैनन् ।
अघिल्लो निर्वाचनमा यो पालिकामा काँग्रेस र एमालेबीच कडा टक्कर हुँदा झिनो मतान्तरले काँग्रेस विजयी भएको थियो । यो पालिकाको अध्यक्ष पदमा काँग्रेस ५ हजार ५९४ मतका साथ विजयी हुँदा एमालेले ५ हजार ३४६ र जनमुक्ति पार्टीले १४६ मत हासिल गरेको थियो ।
माथागढी गाउँपालिका
यो गाउँपालिकामा नेपाली काँग्रेसको पकड राम्रो मानिन्छ । विगतमा पनि यो पालिकामा काँग्रेसले नै जितेका कारण गठबन्धनका अन्य दलले यहाँ खासै चासो राखेका छैनन् । विगतमा गठबन्धन घटकबाट जसले जहाँ जितेको छ, त्यहाँ अन्य दलले खासै दाबी नगर्ने नेकपा एकीकृत समाजवादीका एक स्थानीय नेताले बताए । एमालेले जितेका स्थानीय तहमा भने नेकपा एकीकृत समाजवादीले पहिलो दाबी गर्ने र सहमतिका आधारमा कुन पार्टीलाई कुन पदमा जिम्मेवारी दिने भन्ने निर्धारण गरिने उनको भनाइ छ ।
अघिल्लो निर्वाचनमा यो पालिकामा काँग्रेस ५ हजार ७९९ मतसहित विजयी हुँदा एमालेले ३ हजार ८०६ र स्वतन्त्र उम्मेदवारले १८३ मत हासिल गरेका थिए ।
रम्भा गाउँपालिका
रम्भा गाउँपालिकामा विगतमा एमाले जितेको थियो । त्यसैले यो पालिकामा गठबन्धनबाट कसले प्रमुख पदमा उम्मेदवारी दिने भन्नेबारे अन्योल छ । एमालेको पकड रहेको यो पालिकामा गठबन्धनबाट पालिका प्रमुख पदमा काँग्रेसले उम्मेदवारी दिने या नेकपा एकीकृत समाजवादीले भन्नेबारे टुङ्गो लाग्न बाँकी छ ।
नेकपा एकीकृत समाजवादीले यहाँ आफूहरुको संगठन बलियो भएकाले पालिका प्रमुख पद आफूले पाउनु पर्ने दाबी गरेको छ । अघिल्लो निर्वाचनमा एमाले ४ हजार ७६७ मतसहित विजयी भएको थियो भने काँग्रेसले ४ हजार ९८ र माओवादी केन्द्रले ३२३ मत हासिल गरेका थिए ।
रिब्दिकोट गाउँपालिका
यो गाउँपालिकामा नेपाली काँग्रेसले खासै चासो राखेको छैन । उसले यो पालिकामा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीमध्ये एकलाई प्रमुख पद दिने गरी सहमति गर्न सकिने काँग्रेसका नेताहरुको भनाइ छ ।
यहाँ नेकपा एकीकृत समाजवादी र माओवादी केन्द्र दुबैले दाबी गरेका छन् । यहाँ माओवादी केन्द्र विगतमा तेस्रो स्थानमा थियो । यो पालिकाको केही वडामा जनमोर्चाको दाबी छ । यो पालिकाको अध्यक्ष पदमा विगतमा एमालेले ३ हजार ६९३ मतका साथ जित हासिल गर्दा काँग्रेसले २ हजार ५५६ र माओवादी केन्द्रले २ हजार ४४८ मत हासिल गरेका थिए ।
रैनादेवी छहरा गाउँपालिका
यो पालिकाका विगतमा नेपाली काँग्रेसले जित हासिल गरेको थियो । अहिले पनि काँग्रेसले नै यहाँ प्रमुख पदमा दाबी गरेको अवस्था छ । माओवादी केन्द्रले आफ्नो संगठन बलियो रहेको दाबी गर्दै प्रमुख पद आफूले पाउनुपर्ने भन्दै आएको छ । अघिल्लो निर्वाचनमा यो पालिकामा काँग्रेसले ५ हजार १४६, एमालेले ४ हजार ९४३ र माओवादी केन्द्रले २ हजार ३९ मत हासिल गरेका थिए ।
यो समाचार आजको रातोपाटिमा छ ।

सम्बन्धित पोस्ट
  • अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम
  • बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा
  • जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ
  • बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    समाचार

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण

    देउडाका धराेहर गायक थापाकाे ‘मधुवन सिर्क्या रुमाल’ बजारमा

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑