
चैत्र,२७- फिल्म ‘महापुरुष’ निर्माण हुने भएको छ । निर्देशक प्रदीप भट्टराइले आइतबार सामाजिक सञ्जालमा एक पोष्ट गर्दै फिल्मको जानकारी दिएका हुन् । उनले फिल्मको नाम र कलाकार सहित विभिन्न पक्षको उल्लेख गरिएको पोष्टर सार्वजनिक समेत गरेका छन् । पोष्टरको साथमा लेखेका छन्, ‘हामी यहाँहरुसँग भेट्नका लागि ‘महापुरुष’ को साथ आउँदैछौ ।’

फिल्ममा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, गौरी मल्ल, अरुण क्षेत्रीको मुख्य भूमिका रहनेछ । लेखन समेत प्रदीपकै रहेको फिल्मका कार्यकारी निर्माता रविन्द्रसिंह बानियाँ र निर्माता दीपेश खत्री हुन् ।
षड्कोण आर्टको प्रस्तुति रहने फिल्म चलचित्र विकास बोर्डमा दर्तापछि घोषणा गरिएको हो । फिल्मको छायाङ्कन जेठबाट सुरु हुने निर्माण युनिटले जनाएको छ । जात्रामार्फत निर्देशनमा डेब्यु गरेका भट्टराइले त्यसपछि केही फिल्म दिइसकेका छन् ।
यो समाचार आजको रातोपाटिमा छ ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर