
बाजुरा: बडीमालिका नगरपालिकाका नगर प्रमुख अमर बहादुर खड्काले प्रविधिमैत्री समाज निर्माण,आजकाे प्रमुख आवश्यकता रहेकाे बताएका छन्।शुक्रबार गाउँले गुरु,तथा एक टाेल एक अभियान्ता (डिजिटल स्वयंसेवक) डिजिटल सीप विकास तालिम समापन कार्यक्रममा बाेल्दै उनले यस्तो बताएका हुन्।

सूचना तथा सञ्चार प्रविधिकाे तीब्र विकाससँगै प्रविधिमैत्री समाज निर्माण अहिलेकाे डिजिटल युगमा महत्त्वपूर्ण र प्रमुख आवश्यकता रहेकाे कुरामा उनले जाेड दिए।डिजिटल साक्षरता अभिवृद्धि,ईन्टरनेट पहुँचकाे विस्तार र आधुनिक प्रविधिकाे सहि प्रयाेग मार्फत नागरिककाे जीवनस्तर सुधार गर्न सकिने उनले बताए।
नगर प्रमुख खड्काले,समाजमा रहेका नागरिकलाई प्रविधिमा जाेड्न आवश्यक रहेकाे बताउँदै उनीहरुकाे शिक्षा,स्वास्थ्य, कृषि,व्यापार तथा सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन प्रविधिकाे प्रयाेग अपरिहार्य रहेकाे उल्लेख गरे।पछिल्लो समय हरेक नागरिक प्रविधिकाे पहुँचमा पुग्न आवश्यक रहेकाे उनकाे भनाई थियाे।
‘निम्न वर्गका मानिसहरुलाई सूचनाकाे हक र पहुँचमा स्थापित गर्न प्रविधिले महत्त्वपूर्ण भूमिका खेलेकाे छ’,नगर प्रमुख खड्काले भने,‘प्रविधिले हरेक ज्ञान र सीप सिक्ने सम्भावनाहरुका ढाेका खाेलेकाे छ।सूचना तथा सञ्चार प्रविधि प्रत्येक मानिसकाे सहयात्रीका साथै समस्या समाधान गर्ने एक प्रमुख माध्यम बनेकाे छ। कतिपय नागरिकहरुले सामाजिक सञ्जालकाे सहि सदुपयोग गर्न नसक्दा समस्या समेत पर्ने गरेका छन्। ’
बडीमालिका नगरपालिकाले डिजिटल नेपाल निर्माणतर्फ ऐतिहासिक कदम चालेकाे बताउँदै उनले ‘प्रविधिमैत्री नगरपालिका’ काे परिकल्पना साकार हुदैँ गएकाे प्रष्ट पारे। साथै उनले दुर्गम तथा पछाडी पारिएका समुदायसम्म डिजिटल पहुँच विस्तार गर्ने उद्देश्यसहित नगरपालिकाले थालनी गरेकाे समुदायमा आधारित डिजिटल साक्षरता तथा डिजिटल सशक्तीकरण कार्यक्रमले महत्त्वपूर्ण याेगदान पुर्याउने बताए।
हरेक नागरिक प्रविधिमैत्री हुन आवश्यक रहेकाे जाेड दिदैँ व्यक्तिकाे जीवनस्तर माथी उकास्ने खालका ज्ञाप,सीपहरु सिक्न आवश्यक रहेकाे उल्लेख गरेका हुन्।समुदाय स्तरमा प्रविधिकाे गुणस्तरीय सेवा प्रवाहलाई बढवा दिनुपर्ने धारणा व्यक्त गरे।प्रविधिकाे सदुपयोगले समय,श्रम र सेवा प्रवाहलाई छिटाे,सहज र पारदर्शी बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे।
डिजिटल नेपाल निर्माणतर्फ ऐतिहासिक कदम,प्रशिक्षण प्रदान कार्यक्रम सम्पन्न:
डिजिटल नेपाल निर्माणतर्फ बडिमालिका नगरपालिकाको ऐतिहासिक कदम चालेकाे छ। नगरपालिका हरेक सेवा सुविधालाई प्रविधिमैत्री बनाउनुका साथै नगरपालिकाले प्रविधिकाे प्रयाेग गर्न नसकेका व्यक्तिहरुकाे लागी,गाउँले गुरु,तथा एक टाेल एक अभियान्ता (डिजिटल स्वयंसेवक) परिचालन गरि ज्ञाप,सीप प्रदान गर्ने भएको छ।
पालिकाले अहिलेकाे डिजिटल युगमा समेत पछी परेका व्यक्ति र समुदायसम्म डिजिटल पहुँच विस्तार गर्ने उद्देश्यसहित समुदायमा आधारित डिजिटल साक्षरता तथा डिजिटल सशक्तीकरण कार्यक्रम शुभारम्भ गरेको हाे।यस कार्यक्रम अन्तर्गत ७ जना प्रमुख डिजिटल प्रशिक्षक (Lead Digital Mentors) तथा ३७ जना डिजिटल स्वयंसेवक (Digital Mentors) लाई प्रशिक्षण समेत प्रदान गरेकाे छ।
प्रशिक्षित डिजिटल प्रशिक्षकहरूले अब समुदायस्तरमा नागरिकहरूलाई स्मार्ट फोनको प्रभावकारी प्रयोग,अनलाइन,सेवा पहुँच, डिजिटल सुरक्षासम्बन्धी सचेतना,भरपर्दो स्वास्थ्य जानकारी दिने छन्।त्यस्तै टेलिहेल्थ सेवा तथा स्थानीय र संघीय सरकारी सेवाहरूको डिजिटल पहुँचबारे समेत उनीहरुले हरेक गाउँ टाेल र समुदायमा सहजीकरण गर्नेछन्।
प्रविधि,प्रणाली वा एप निर्माणबाट मात्र डिजिटल रुपान्तरण सम्भव नहुने हुँदा पालिकाले यस्तो अभियान थालनी गरेकाे हाे।समाजका सबै वर्ग र समुदायलाई डिजिटल पहुँच तथा अवसरबाट जोड्न पालिकाले गाउँले गुरु,तथा एक टाेल एक अभियान्ता (डिजिटल स्वयंसेवक) परिचालन गरि प्रविधिकाे बारेमा जानकारी गराउने भएको हाे।
पालिकाले डिजिटल स्वयंसेवकहरुलाई डिजिटल सीप विकास तालिम समेत प्रदान सम्पन्न गरेकाे छ।अब (डिजिटल स्वयंसेवक)हरुले प्रत्येक टाेलमा पुगेर प्रविधि सम्बन्धी आवश्यक सहजीकरण गर्ने भएका छन्।बाजुराजस्तो दुर्गम जिल्लाबाट सुरु भएको यो अभियानले स्थानीय तहको नेतृत्वमा डिजिटल समावेशीकरणको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको हाे।
यस पहलमार्फत समुदायमा आत्मविश्वास, अवसर, सुरक्षा तथा सेवाप्रतिको पहुँच अभिवृद्धि हुने विश्वास समेत लिईएकाे छ।यस अभियानमा प्राविधिक साझेदारको रूपमा,स्मार्ट हेल्थ ग्लाेवलले सहयाेग पुर्याएकाे छ। नगरपालिकाले डिजिटल सशक्तीकरण,समावेशी विकास तथा “कसैलाई पनि पछाडि नछोड्ने”अभियानलाई निरन्तर अगाडि बढाउने नगर उप-प्रमुख नन्दा कुमारी थापाले बताईन्।
उनले यस अभियानले समुदाय स्तरमा मात्र नभई पालिकाका हरेक गतिविधिहरुलाई अझ प्रभावकारी तरिकाले अघि बढाउन सहयाेग पुर्याउने विश्वास व्यक्त गरिन्।साथै उनले प्रविधिकाे सहि प्रयाेग गर्न नसक्दा सामाजिक सञ्जालबाटै चाेरी,ठगी,लगायत यावत् घटनाहरु घट्ने गरेकाे उल्लेख गरिन्।
डिजिटल स्वयंसेवकहरुले दुई दिने प्रशिक्षण तालिममा सिकेका कुराहरु प्रत्यके गाउँघर र टाेलमा गएर प्रविधिबारे सामान्य ज्ञाप,सीप प्रदान गरिने बताएका थिए।उनीहरुले डिजिटल युगमा सामान्य प्रविधिबारे थाहा पाउन महत्त्वपूर्ण रहेकाे बताउँदै आ-आफ्नो जिम्मेवारी सफलतापूर्वक सम्पन्न गर्ने प्रतिबद्दता जनाएका थिए।





खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर