
बाजुरा: बाजुरामा भिरबाट लडेर दुई जनाकाे मृत्यु भएको छ। जिल्लाकाे बडीमालिका नगरपालिकामा भीरबाट लडेर दुई जनाको मृत्यु भएको हाे ।

मृत्यु हुनेमा सोही नगरपालिका वडा नम्बर -१ पाटाका ६० वर्षीय मानबहादुर दानीको वनमा घाँस काट्न गएका बेला भिरबाट लडेर मृत्यु भएको हाे।
घाँस काट्न गएकाे बेला लडेर उपचारकाे लागी जिल्ला अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक गगनसिंह भाटले जानकारी दिए।
त्यस्तै बडीमालिका नगरपालिका वडा.नम्बर ६ कोर्धका बलबहादुर खड्काकी ६ वर्षीया जसना खड्काको समेत भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।
गाउँ नजिकैको वनमा आमासँग घाँस काट्न गएका बेला भीरबाट चिप्लिएर उनकाे मृत्यु जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। साथै बडीमालिका नगरपालिका-२ भाैनेरामा ट्याक्टर दुर्घटना हुँदा २२ वर्षीय दीपेन्द्र चौधरी घाइते भएका छन्।
से २ त ३६४८ नम्बरको ट्याक्टरको ब्रेक फेल भई दुर्घटना भएको थियाे। घाईते चाैधरीकाे ढाड र खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ। उनकाे जिल्ला अस्पताल बाजुरामा उपचार भइरहेको प्रहरीले जनाएको छ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर