• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Sat, 15, Aug, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

बडीमालिकाः ‘स्वीजरल्याण्डको बाउ’ उपमाले ‘सुनमा सुगन्ध’ थपियोः समन्वय प्रमुख रोकाया

खप्तड मालिका न्युज May 20, 2026 मा प्रकाशित (२ महिना अघि) अनुमानित पढ्ने समय : १ मिनेट

गोविन्द्र राज तिमिल्सेना,बाजुराः जिल्ला समन्वय समन्वय समिति बाजुराका प्रमुख तुलसीराम रोकायाले प्रधानमन्त्री बालेन्द्र शाहले बाजुराको धार्मिक तथा ऐतिहासिक महत्त्व बोकेको शक्तिपिठ दिव्य भूमी बडीमालिकालाई ‘स्वीजरल्याण्डको बाउ’को संज्ञा दिनु ‘सुनमा सुगन्ध’ थपिएको बताएका छन्।

खप्तड मालिका संग कुराकानी गर्दै रोकायाले धार्मिक तथा ऐतिहासिक महत्त्व बोकेको र प्राकृतिक हिसाबमा समेत प्रचुर सम्भावनायुक्त क्षेत्रलाई चर्चित व्यक्तिको यस्तो संज्ञाले थप ‘सुनमा सुगन्ध’ थपिएको टिप्पणी गरे।बडीमालिकामा अथाह धार्मिक,प्राकृतिक तथा पर्यटन सम्भावना भए पनि पर्याप्त प्रचार प्रसारको अभावमा रहेको अवस्थामा बालेन्द्र शाहको यस्तो अभिव्यक्तिले झनै चर्चा चुलिएको बताएका हुन्।

बडीमालिका आफैमा सुन्दरताको खानी र सतिदेवीको कुम पतन भएको दिव्य पवित्र भूमि हो।बालेनको अभिब्यक्तिले बडीमालिकामा आन्तरिक तथा वाह्य पर्यटकको आकर्षण बढेको बताउँदै समन्वय प्रमुख रोकायाले पर्यटन,प्रबर्द्धनमा समेत सकारात्मक प्रभाव पारेको जिकिर गरे।

उनले,कुन तहको व्यक्तिले कस्तो प्रभाव पार्छ भन्ने कुरामा समेत ध्यान दिन आवश्यक रहेको बताएका हुन्।व्यापक सामाजिक सञ्जालको परिवेशमा चर्चा कमाएका अर्थात् सबैको नजरमा छुट्टै पहिचान बनाएका व्यक्तिको सानो शब्दले समेत जनमानसको दिल,दिमागमा ठुलो प्रभाव पार्ने उल्लेख गरे।

‘यो भन्दा अघि बडीमालिकाको पर्यटन,प्रबर्द्धन नभएको होईन्’,उनले भने,‘पर्यटन,प्रबर्द्धन सम्बन्धी विभिन्न मेला महोत्सवको आयोजना गरियो।तर व्यापक चर्चामा भने आउन सकेन्। अहिले बालेन शाहको सानो अभिब्यक्तिले विश्वभर चर्चा बटुल्यो।उनको उपमाले बडीमालिकाको सुन्दरतामा थप सुनमा सुगन्ध थपियो।’

साथै उनले बाजुराका धार्मिक तथा पर्यटकीय स्थल, सरकारको मुख्य चासो र प्राथामिकतामा नपर्दा उजागरमा कठिनाई भईरहेको बताए।‘बाजुरा राज्यको नजरबाट टाढा छ।सुदूर साच्चिकै दुर नै हो।पर्याप्त स्रोतको उपलब्धता भए पनि साधनको अभाव छ।राज्यको नजर अझै नपर्नु दुस्खको कुरा हो।’

बाजुराका धार्मिक तथा पर्यटकीय क्षेत्रको पर्यटन,प्रबर्द्धन संरक्षण तथा सम्बर्द्धन गर्न प्रदेश र संघीय सरकारसंग पटकपटक आग्रह गरिएको जानकारी दिए।‘हामी निरन्तर लागीरहेका छौँ। यसमा सरकारको नजर पर्न आवश्यक छ।अब बस्न कसैलाई छुट छैन्।पाईला सार्नुपर्छ,र पर्यटकीय क्षेत्रको उजागर गर्न अघि बढ्नुपर्छ।’उनले भने।

धार्मिक तथा पर्यटकीय महत्व बोकेको बडीमालिका समुद्री सतहबाट ४ हजार २ सय १९ मिटर उचाइमा रहेको छ । पर्यटकीय सम्भावना बोकेका २२ पाटन, त्रिवेणी, नाटेश्वरी बडीमालिकाका धरोहरका रूपमा परिचित छन् । छिमेकी देश भारतलगायत अन्य छिमेकी देशबाट दर्शनार्थी बडीमालिका पुग्ने गर्छन् । बडीमालिकामा अहिले नेपाली सेनाले करिब दुई करोडको लागतमा प्यागोडा शैलीमा बडीमालिका माताको मन्दिर समेत निर्माण गरेको छ ।

सम्बन्धित पोस्ट
  • अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम
  • बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा
  • जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ
  • बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    समाचार

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण

    देउडाका धराेहर गायक थापाकाे ‘मधुवन सिर्क्या रुमाल’ बजारमा

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑