
काठमाडौँ : मंगलबार र बुधबार राति कोशी र गण्डकी प्रदेशको एक(दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन्।दिउँसो देशका विभिन्न ठाउँमा हल्कादेखि मध्यम वर्षा भएपनि दुई रात कोशी प्रदेशको हिमाली र पहाडी तथा गण्डकी प्रदेशको पहाडी भू(भागको एक(दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागका अनुसार मंगलबार दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशको केही तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भू(भागका थोरै तथा सुदूरपश्चिम प्रदेशको तराई भू(भागका एक(दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ।
तर राति भने कोशी प्रदेशको हिमाली र पहाडी भूभाग तथा गण्डकी प्रदेशको पहाडी भू(भागको एक(दुई स्थानमा मेघगर्जनरचट्याङसहित भारी वर्षा र हिमपातको पनि सम्भावना रहेको छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशको हिमाली र पहाडी भू(भागमा साधारणतया बादल लाग्ने र तराई भू(भागमा आंशिक बादल लाग्नेछ।
यस्तै बुधबार राति कोशी र गण्डकी प्रदेशको पहाडी भू(भागका एक(दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको पनी सम्भावना रहेको छ।कोशी, मधेश, बागमती र गण्डकी प्रदेशको धेरै स्थानहरूमा तथा लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशको पहाडी र हिमाली भू(भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम सम्मको वर्षा र हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर