• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Sun, 26, Apr, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

एनसिई नेपाल बाजुराकाे ध्यानाकर्षण: शिक्षा क्षेत्र गुणस्तरीय र प्रभावकारी हुनुपर्ने माग

खप्तड मालिका न्युज April 25, 2026 मा प्रकाशित (२१ घण्टा अघि) अनुमानित पढ्ने समय : २ मिनेट

बाजुरा: शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल (एनसिई) बाजुराले बडीमालिका नगरपालिकालाई शिक्षा क्षेत्रमा
गरिनुपर्ने महत्त्वपूर्ण सुधारकाे माग सहित ध्यानाकर्षण पत्र बुझाएकाे छ।शनिबार एनसिई बाजुराका संयाेजक मदनराज जैशीले विभिन्न १३ वटा माग सहितकाे ध्यानाकर्षण पत्र नगर प्रमुख अमर बहादुर खड्का समक्ष बुझाउनु भएको हाे।

शिक्षा क्षेत्रका लागी विश्वव्यापी कार्य सप्ताह–२०२६ को अवसर पार्दै शैक्षिक क्षेत्रका मुद्धाहरुकाे सम्बोधन गर्न माग गर्दै ध्यानाकर्षण पत्र बुझाईएकाे संयाेजक जैशीले जानकारी दिए।उनका अनुसार,नगर प्रमुख समक्ष १३ वटा मागहरु शिक्षा क्षेत्रकाे सुधारका लागी तत्काल कार्यान्वयन गर्न आग्रह गरिएकाे बताए ।

ध्यानाकर्षण पत्रमा नेपालकाे शिक्षा क्षेत्रकाे विभिन्न विद्यमान अवस्थाकाे उल्लेख गर्दै,हाल बडीमालिका नगरपालिका भित्र रहेका विद्यालयहरुमा देखिएका मुख्य चुनाैती,पुर्वाधारकाे अभाव,शिक्षक दरवन्दीकाे कमी,शिक्षण सिकाई प्रकियाकाे कमजोर अवस्था,विद्यार्थी भर्ना तथा टिकाउ दरमा समस्या,सिमान्कृत समुदायकाे न्यून पहुँच लगायत विभिन्न कुराले शिक्षा अधिकारकाे पूर्ण कार्यान्वयनमा अवराेध पारेकाे भन्दै विश्वव्यापी कार्य सप्ताहकाे आत्मसात गरि विभिन्न १३ माग तत्काल कार्यान्वयन गर्न आग्रह गरिएको छ।

शिक्षा क्षेत्रमा प्रर्याप्त लगानी सुनिश्चिता गर्न नगरपालिकाकाे
कुल बजेटमध्ये शिक्षा क्षेत्रमा न्यूनतम मापदण्ड अनुसार, पर्याप्त बजेट विनियोजन गरी प्रभावकारी कार्यान्वयन गर्नु माग गरिएको छ।त्यस्तै विद्यालय पूर्वाधार सुदृढीकरण, विभिन्न विद्यालयमा प्रविधियुक्त पठनपाठन, विद्यालय बाहिर रहेका बालबालिकाको समावेशीकरण गर्न माग गरिएको छ।

त्यस्तै शिक्षक व्यवस्थापन र क्षमता विकास,शिक्षक दरवन्दी पदपूर्ति,विषयगत शिक्षक नियुक्ति,तथा नियमित तालिम मार्फत पेशागत क्षमता अभिवृद्धि,गुणस्तरीय शिक्षण सिकाई प्रणाली,विद्यार्थी केन्द्रित,प्रविधिमैत्री तथा नवीन शिक्षण विधिहरु लागू गरि सिकाई उपलब्धि सुधारका साथै अनुगमन र मुल्यांकन प्रणालीलाई सुदृढ बनाउन आग्रह गरिएको संयाेजक जैशीले जानकारी दिए।

सबैका लागी समान र समावेशी शिक्षा,विपन्न तथा दुर्गम क्षेत्रका बालबालिकाकाे पहुँच सुनिश्चित गर्न विशेष कार्यक्रम सञ्चालन,विद्यालय वाहिर रहेका बालबालिकाकाे समावेशीकरण,सबै बालबालिका विद्यालयमा अभियान सञ्चालन गरि भर्ना तथा टिकाउ दर वृद्धि,पढ्दै कमाउँदै कार्यक्रम,प्रत्येक विद्यालयमा नर्सको व्यवस्थापन गर्न माग गरिएको हाे।

सुरक्षित,बालमैत्री र लैङ्गिकमैत्री वातावरण,जवाफदेहिता र सुशासन प्रबर्द्धन,पाठ्यक्रममा उल्लेख आवश्यक शैक्षिक सामाग्री तथा खेल सामाग्रीकाे व्यवस्थापन,स्थानीय सरकारको आन्तरिक स्रोतबाट कम्तिमा २० प्रतिशत रकम अनिवार्य लगानी गरिनु पर्ने माग ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ।

नगर प्रमुख खड्काले ध्यानाकर्षण पत्र बुझ्‌दै यसले समग्र पालिकाकाे शैक्षिक स्तरलाई गुणस्तरीय र प्रभावकारी बनाउन सहयाेग गर्ने हुँदा उल्लेखित मागहरु पूरा गरिने बताए।अहिलेकाे युगमा शिक्षा विना कुनै पनि कुरा सम्भव नभएकोले शिक्षा क्षेत्रकाे सुधारका निम्ति नगरपालिका प्रतिबद्ध रहेकाे उल्लेख गरे।उनले समग्र पालिकाकाे शैक्षिक स्तर सुधाराेन्मुख अवस्थामा रहेकाेले अझै थप व्यवस्थित गरिने बताएका हुन्।

शिक्षाका लागि राष्ट्रिय अभियान नेपालले सन् २००३ देखि प्रत्येक वर्ष शिक्षाका लागि विश्वव्यापी कार्य सप्ताहको आयोजना गर्दै आएको छ । नेपालमा अझै ३ देखि ५ प्रतिशत बालबालिका विद्यालय बाहिर रहेकाे फ्ल्यास रिपोर्ट २०८२ ले देखाएको छ।भने आधारभूत तहमा ७५ देखि ८५ प्रतिशत र माध्यमिक तहमा ६० देखि ७० प्रतिशत मात्र हाजिरी दर रहेको उल्लेख गरिएको छ।

सम्बन्धित पोस्ट
  • कक्षा १२ काे वार्षिक परीक्षामा बाजुराबाट एक हजार बढी परिक्षार्थी सहभागी हुँदै
  • शिक्षामा लगानीका लागी सरोकारवालासँग संवाद:शैक्षिक सुधारमा जाेड
  • देशका विभिन्न भागमा बदली, केही स्थानमा वर्षा र चट्याङको सम्भावना
  • खेल उत्सव: बाजुरा जिल्ला स्तरीय रनिङ शिल्डकाे उपाधी बडीमालिकाकाे पाेल्टामा
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    कक्षा १२ काे वार्षिक परीक्षामा बाजुराबाट एक हजार बढी परिक्षार्थी सहभागी हुँदै

    एनसिई नेपाल बाजुराकाे ध्यानाकर्षण: शिक्षा क्षेत्र गुणस्तरीय र प्रभावकारी हुनुपर्ने माग

    शिक्षामा लगानीका लागी सरोकारवालासँग संवाद:शैक्षिक सुधारमा जाेड

    समाचार

    कक्षा १२ काे वार्षिक परीक्षामा बाजुराबाट एक हजार बढी परिक्षार्थी सहभागी हुँदै

    एनसिई नेपाल बाजुराकाे ध्यानाकर्षण: शिक्षा क्षेत्र गुणस्तरीय र प्रभावकारी हुनुपर्ने माग

    शिक्षामा लगानीका लागी सरोकारवालासँग संवाद:शैक्षिक सुधारमा जाेड

    देशका विभिन्न भागमा बदली, केही स्थानमा वर्षा र चट्याङको सम्भावना

    खेल उत्सव: बाजुरा जिल्ला स्तरीय रनिङ शिल्डकाे उपाधी बडीमालिकाकाे पाेल्टामा

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑