• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Sun, 16, Aug, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

शिक्षामा लगानीका लागी सरोकारवालासँग संवाद:शैक्षिक सुधारमा जाेड

खप्तड मालिका न्युज April 25, 2026 मा प्रकाशित (३ महिना अघि) अनुमानित पढ्ने समय : २ मिनेट

बाजुरा:शिक्षामा क्षेत्रमा लगानीका लागी स्थानीय सरकार र सरोकारवाला निकाय सँग संवाद कार्यक्रम गरिएको छ।शनिबार बाजुराकाे बडीमालिका नगरपालिकामा उक्त कार्यक्रम सञ्चालन गरिएको हाे।

शिक्षाका लागि राष्ट्रिय अभियान नेपालको आयोजनामा शिक्षाका लागि विश्वव्यापी कार्य सप्ताह २०२६ लाई लक्षित गर्दै उक्त कार्यक्रमकाे आयोजना गरिएको एनसीइ नेपाल बाजुराका अध्यक्ष मदनराज जैशीले जानकारी दिए।

उनका अनुसार,यस कार्यक्रमले शिक्षा क्षेत्रमा लगानी र शैक्षिक गुणस्तरमा जाेड दिन महत्त्वपूर्ण सहयोग पुर्याउने बताए।साथै उनले दिगाे विकास लक्ष्यअनुसार,गुणस्तरीय शिक्षा सुनिश्चितका साथै समावेशी र समतामूलक शिक्षाकाे पहुँच अभिवृद्धि गर्न आवश्यक रहेकाे जाेड दिएका हुन्।

एनसीइ नेपालले हरेक बर्ष सबैका लागी निःशुल्क र गुणस्तरीय शिक्षा सुनिश्चित गर्न,विश्वव्यापी कार्य सप्ताह गर्दै आएको छ ।संवाद कार्यक्रममा बडीमालिकाकाे समग्र शैक्षिक स्थिति,पालिकाले शिक्षा क्षेत्रकाे सुधारमा थालेका याेजना,भावी रणनीति,उपलब्धि,कमीकमजोरीका साथै सुधार गरिनुपर्ने मुख्य विषयबस्तुकाे प्रस्तुतिकरण गरिएको थियाे।

समग्र पालिकाकाे शैक्षिक गुणस्तर सुधारका लागी नगरपालिकाले विभिन्न रणनीति अपनाएर अघि बढेकाे कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख अमर खड्काले बताए।उनका अनुुसार,नगरपालिकाकाे शिक्षा क्षेेत्र सुधारका लागी पालिकाले १० बर्षे शिक्षा याेजना निर्माण कार्य अघि सारेकाे जानकारी दिए।

साथै,नगरपालिकाले पालिकाभर विद्यालय बाहिर रहेका विद्यार्थीकाे तथ्यांक संकलन,विद्यालयमा दरबन्दी अनुसारका शिक्षक व्यवस्थापन,विद्यालय समायोजन तथा तह मिलान,सिकाई उपलब्धिका साथै विभिन्न अतिरिक्त क्रियाकलाप सञ्चालन,विद्यालयकाेे नियमित अनुगमन जस्ता कार्यमा जाेड दिईने कार्ययाेजना तय गरिएको उल्लेख गरे।

पालिकाले आगामी बर्षदेखि अझै शिक्षा क्षेत्र सुधार गर्न विद्यालय सुधार योजना, प्रविधिमा आधारित अध्यापन,विद्यालयमा ई- हाजिरी प्रणाली लागू गर्ने जनाएको छ। त्यस्तै नगरपालिकाले सत्यवादी मावि र चाेयाकाेट माविमा सञ्चालित पढ्दै कमाउँदै कार्यक्रम सबै विद्यालयमा विस्तार गर्ने याेजना बनाएकाे नगरप्रमुुख खड्काले बताए ।

कार्यक्रममा वक्ताहरुले शिक्षा प्रणालीमा अझै पनि पुर्वाधार अभाव,शिक्षक तालिमकाे कमी,विद्यार्थीहरुमा सिर्जन शीलताकाे अभाव,दरबन्दी अनुसारका शिक्षक अभावका साथै प्रविधिमा सिमित पहुँच जस्ता चुनाैती रहेकाेे औंल्याउँदै यस्ता खाले चुनाैतीकाे समस्या समाधान गरि शिक्षा प्रणालीलाई गुणस्तरीय र प्रभावकारी बनाउन आवश्यक रहेकाे जाेड दिएका थिए।

प्रत्येक पालिकाले आफ्नो पालिकाकाे शैक्षिक स्थिति गुणस्तरीय र भरपर्दाे बनाई समग्र जिल्लाकै शैक्षिक स्तर अब्बल बनाई शिक्षा प्रणालीलाई व्यवहारीक,सीपमूलक र राेजगारमुखी बनाउनुपर्ने कार्यक्रममा सहभागीहरु सम्पूर्णकाे भनाई रहेकाे थियाे।एनसीइ नेपाल बाजुराका अध्यक्ष मदनराज जैशीको अध्यक्षतामा कार्यक्रम सञ्चालन भएको थियाे।

नगर प्रमुख अमरबहादुर खड्का संवाद कार्यक्रमकाेे प्रमुख अतिथि रहनु भएको थियाे। त्यस्तै उप-प्रमुख नन्दा थापा विशिष्ट अतिथि रहनु भएको थियाे। कार्यक्रममा पालिकाका विभिन्न शाखाका कर्मचारी, वडाअध्यक्ष,गैसरकारी संस्थाका प्रमुख एवम् प्रतिनिधि,नेपाल पत्रकार महासंघ बाजुराका अध्यक्ष पदम बहादुर सिंह लगायत अन्य जिल्लास्थित विभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकारकाे सहभागीता थियाे।

सम्बन्धित पोस्ट
  • अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम
  • बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा
  • जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ
  • बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    समाचार

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण

    देउडाका धराेहर गायक थापाकाे ‘मधुवन सिर्क्या रुमाल’ बजारमा

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑