
बाजुराः बाजुराको त्रिवेणी नगरपालिका वडा नं. ७ कोसेडी घर भएका नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य तथा त्रिवेणी नगरपालिका खेलकुद संयोजक खडक बहादुर अयडीको उपचारका क्रममा निधन भएको छ ।

वैशाख ४ गते खेलकुद सम्बन्धी काम सकेर घर फर्किने क्रममा बाजुरा जिल्लाको सदरमुकाम मार्तडी नजिकै सुदूरपश्चिम प्रदेश ०१–००१ ब २३६९ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा उनी गम्भीर घाइते भई अचेत अवस्थामा पुगेका थिए। दुर्घटनामा गम्भिर घाइते भएका उनको आज दिउँसो साढे ४ बजे धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो।
चार दिनसम्म बेहोस अवस्थामा रहेका अयडीको उपचारकै क्रममा मृत्यु भएपछि सिंगो परिवार शोकमा डुबेको छ ।उनलाई बचाउन आर्थिक सहयोग समेत संकलन गरिएको थियो ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर