
काठमाडौँ । नेपालमा हाल पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव कायम रहँदा मुलुकको मौसममा मिश्रित प्रभाव देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार यतिबेला पहाडी तथा हिमाली क्षेत्रमा बादलको लुकामारी चलिरहेको छ भने तराईका जिल्लाहरूमा टन्टलापुर घामसँगै गर्मी बढ्न थालेको छ।

अहिले कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा साधारणतया बदलीको अवस्था छ। गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा त मेघगर्जन र चट्याङसहित हल्का वर्षा समेत भइरहेको छ। अन्य पहाडी भेगमा आंशिक बादल लागे पनि तराई क्षेत्रको मौसम भने सामान्यतया सफा नै रहेको देखिन्छ।
मौसम विज्ञान विभागले शुक्रबारको पूर्वानुमान जारी गर्दै कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भेगमा वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ। यी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्का वर्षा हुने देखिन्छ। यस्तै, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च हिमाली भू–भागका एक–दुई स्थानमा समेत हल्का हिमपातको प्रक्षेपण गरिएको छ।
पहाडमा वर्षाको सम्भावना रहँदा तराई र भित्री मधेसमा भने गर्मीको राप बढ्ने सङ्केत छ। मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो दिनको सम्भावना रहेकाले तापक्रम बढ्दा जनजीवन प्रभावित हुन सक्ने देखिन्छ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर