
बाजुरा: बाजुराकाे दुर्गम हिमाली गाउँपालिकामा कृषकलाई आधुनिक मिल वितरण गरिएकाे छ। रिरास परियोजना मार्फत उक्त मिल वितरण गरिएका हुन् ।

हिमाली गाउँपालिका वडा नं. ४,५,६ र ७ अगुवा कृषकहरुलाई विद्युतिय पल्टिक्रस प्रेसर, कम्बाइन राइस मिल र विद्युतिय घट्ट मेसिन कृषकलाई हस्तान्तरण गरिएकाे गाउँपालिकाले जनाएको छ।
मिल वितरणले कृषकहरुलाई राहत मिल्ने रिरास परियोजना कृषि प्राविधिक खेम ओलीले बताए । कृषकलाई गाउँ घरमा घण्टौ समय लागेर धान, गहुँ, मकै र कोदो पिस्न सजिलो हुने भएको हाे ।
बिगत लामो समयदेखि कुटानीपिसानी विभिन्न समस्या झेल्दै आइरहेका कृषकलाई आधुनिक मिल पाएपछि सहज हुने गाउँपालिका अध्यक्ष गाेविन्द्र बहादुर मल्लले बताए ।
संस्थाले आधुनिक मिल दिएपछि गहुँ, कोदोको पिठो बनाउन गाउँबाट घण्टौ पैदल यात्रा गरेर घट्ट पिस्न जानुपर्ने बाध्यताकाे अन्त्य हुने विश्वास लगिएकाे उनले बताए ।
आधुनिक वितरण कार्यक्रममा हिमाली गाउँपालिका प्रवक्ता भिमानन्द पाण्डे वडा नम्बर ५ का वडा अध्यक्ष प्रदिप बुढथापा, हिमाली गाउँपालिका कृषि विकास शाखा विज्ञ लोकेश कुमार शाही सहित कृषकहरुको उपस्थितमा उक्त मिल वितरण गरिएको हाे।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर