• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Sun, 31, May, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

कछुवा गतिमा बाउली खाेला पक्की पुल: पाँच बर्षसम्मकाे भाैतिक प्रगति २१ प्रतिशत

खप्तड मालिका न्युज April 5, 2026 मा प्रकाशित (१ महिना अघि) अनुमानित पढ्ने समय : २ मिनेट

बाजुरा: बाजुराको मार्तडी-काेल्टी सडकखण्ड अन्तर्गत बाउली खोलामा निर्माणाधीन पक्की पुल पाँच वर्षदेखि अलपत्र अवस्थामा छ । ठेकेदारको चरम लापर्बाहीका कारण उक्त पुल करिब पाँच वर्षदेखि अलपत्र परेको हो।

१६ महिनाभित्र सम्पन्न गरिसक्नु पर्ने पक्की पुल अहिलेसम्म निर्माण सम्पन्न नहुँदा वर्षेनी समस्या हुने गरेको छ ।सुदुरपश्चिमको गौरवको आयोजनाको रुपमा रहेको मार्तडी-कोल्टी सडकखण्डको बाउलीमा पर्ने उक्त पुलकाे भाैतिक प्रगति अहिलेसम्म २१ प्रतिशत मात्रै हुन सकेकाे छ।

पुल निर्माणका लागि एकातर्फ सरिया हालेर थाेरै ढलान गरिएको छ।भने बाँकी काम अलपत्र छ।आरसिसि ब्रिज निर्माण सम्झौता भएको पाँच वर्षसम्मकाे भाैतिक प्रगती लाजमर्दो छ। टिडि आर जुगल कौसिक जेभिले पुल निमार्णको जिम्मा लिएको थियो ।

२०७९ फागुन १५ भित्र मोटरेबल पुल निर्माण सक्नेगरी २०७८ कार्तिक १५ गते टिडिआर जुगल कौशिक जेभीले ५ करोड ५८ लाख ८८ हजार २ सय ७० रुपैयाँमा सम्झौता गरेर निमार्णको जिम्मा लिएको थियो ।तर निमार्णको जिम्मा लिएको करिब पाँच वर्ष बितिसक्दा पनि निमार्ण कार्य कछुवा तालमा छ।

पटकपटक म्याद थप गर्दा पनि पुल निर्माण कार्यले गति लिएकाे छैन्।हालसम्म ९० लाख ५६ हजारभन्दा बढी रकम भुक्तानी भइसकेको सडक डिभिजन कार्यालय अछामले जनाएको छ।जिल्ला प्रशासन कार्यालय बाजुराले अधुरा निर्माण कार्य शीघ्र सम्पन्न गराउन सम्बन्धित निकायसँग समन्वय भइरहेको जनाएको छ।

चाडाे सम्पन्न नगरे कार्वाहीकाे चेतावनी:

प्रशासन कार्यालय बाजुराले अलपत्र परेका याेजना चाडाे सम्पन्न गर्न ताकेता समेत गरेकाे छ। निर्माण कार्य अधुरा तथा अलपत्र याेजनाहरु समयमै सम्पन्न आग्रह गरिएको हाे। साथै बाउली खाेलामा निमार्णाधिन पूल अब समयमै सम्पन्न नगरे कार्वाहीकाे चेतावनी दिईएकाे छ।

निर्माण कार्यमा ढिलाई भए पछि प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौला, जिल्ला समन्वय समिति बाजुराका प्रमुख तुलसीराम रोकाया सहितको टोलीले स्थलगत अनुगमन गर्दै निर्माण कम्पनीलाई समयमै काम सम्पन्न गर्न आग्रह गरेका छन्।

आगामी तीन महिनाभित्र उल्लेखनीय प्रगति नभए कानुनी कारबाही र कालोसूचीमा राख्ने चेतावनीसमेत दिइएको प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जानकारी दिए।यसरी निर्माण कार्य अलपत्र हुँदा यहाँका नागरिकले बर्षेनी सास्ती खेप्नु परेकाे समेत बताएका हुन्।

उनले भने,‘ समयमै पूल सम्पन्न गर्न आग्रह गरेका छाैँ।फाेन मार्फत समेत आग्रह गरिएको छ।यदि समयमै सम्पन्न नगरेकाे खण्डमा कानुनी कार्वाही अघि बढाईनेछ।कानुनी कार्वाही र कालाेसूचीमा राख्ने चेतावनी समेत दिएका छाै।’

पुलको निमार्ण कार्य समयमै सम्पन्न नहुँदा यहाँका स्थानीयलाई वर्षेनी समस्या हुने गरेकाे बडीमालिका नगरपालिका वडा नम्बर ७ का स्थानीय गणेश राज तिमिल्सेनाले गुनासाे गरे।

उनले भने,‘ समयमै पूल नबन्दा बाजुराका चारवटा स्थानीय तहका नागरिक, बडीमालिका–७ र छिमेकी जिल्ला हुम्ला, मुगु, कालिकोटका नागरिकलाई सास्ती हुने गरेकाे छ।’

सम्बन्धित पोस्ट
  • अछाममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते
  • मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने
  • कविता ‘सरकारी स्कुल’
  • नेपाली जनताको सङ्घर्ष र बलिदान : आज १९औँ गणतन्त्र दिवस
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    अछाममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते

    मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने

    कविता ‘सरकारी स्कुल’

    समाचार

    अछाममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते

    मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने

    कविता ‘सरकारी स्कुल’

    नेपाली जनताको सङ्घर्ष र बलिदान : आज १९औँ गणतन्त्र दिवस

    गायक थापाकाे ‘काँ झुल्की झुलुक्क’ सांगीतिक बजारमा

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑