• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Sun, 31, May, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

नवनियुक्त अस्पताल अध्यक्ष भन्छन्,‘गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चितता पहिलाे प्राथामिकता’

खप्तड मालिका न्युज April 3, 2026 मा प्रकाशित (१ महिना अघि) अनुमानित पढ्ने समय : ४ मिनेट

बाजुरा: जिल्ला अस्पताल बाजुराका नवनियुक्त अस्पताल व्यवस्थापन समिति अध्यक्ष धन बहादुर रावतले ‘गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चितता पहिलाे प्राथामिकता’ रहेकाे बताएका छन्।शुक्रबार अस्पतालमा आयोजित स्वागत कार्यक्रममा बाेल्दै उनले गुणस्तरीय स्वास्थ्य सेवा आजकाे प्रमुख आवश्यकता रहेकाे बताएका हुन्।

बदलिँदाे परिस्थितिमा स्वास्थ्य सेवा जटिल बन्दै गएकाे अवस्थामा उनले स्वास्थ्य सेवाका क्षेत्रमा सबैले गम्भीर भएर लाग्नुपर्नेमा जाेड दिए।उनले अस्पतालकाे नीतिगत र प्रशासनिक क्षेत्रमा समेत सुधार ल्याउने बताएका हुन्। आफू अध्यक्षकाे पदमा रहेसम्म अस्पतालमा गुणस्तरीय सेवा प्रवाह,प्रशासनिक र नितिगत सुधारमा कुनै कमी हुन नदिने बताएका हुन्।

आफू फरक क्षेत्रकाे व्यक्ति भए पनि सबैकाे सुझाव,सल्लाह ग्रहण गर्दै अस्पतालका समस्या उठान र समाधानकाे निमित्त संघ तथा प्रदेश सरकारसंग हारगुहार गरेर भए पनि समाधान गरिने प्रतिबद्दता समेत व्यक्त गरे। जिल्लाकाे थप स्वास्थ्य क्षेत्र सुधारका लागी एक जनाले मात्रै केही नहुने हुँदा सम्पूर्ण स्वास्थ्यकर्मी लगायत सराेकारवाला निकायले हातेमालो गरेर अघि बढ्नुपर्नेमा जाेड दिए।

कार्यक्रममा बाेल्दै उनले भने,‘सर्वप्रथम अस्पतालमा दरवन्दी अनुसारका कर्मचारीकाे व्यवस्थापन गर्नु पहिलो प्राथामिकता रहने छ। ५० शैया अस्पतालमा रुपान्तरण गर्न आवश्यक दक्ष जनशक्ति,यन्त्र उपकरणकाे समेत व्यवस्थापन गर्न माग गरिने छ।अस्पतालबाट गुणस्तरीय सेवा प्रवाह गर्नु नै महत्त्वपूर्ण उपलब्धि हाे। ’

साथै उनले अस्पतालमा भईरहेका गतिविधि,समस्याहरु आफूलाई निर्धक्क तरिकाले सुनाउन समेत आग्रह गरे।उनले भने,‘तपाईँहरु सहज तरिकाले जनतालाई सेवा दिनुहाेस्। समस्या समाधान गर्ने जिम्मेवारी मेराे हाे।अस्पतालमा आर्थिक स्राेत,यन्त्र उपकरण व्यवस्थापन र प्रशासनिक तथा नितिगत सुधारमा कुनै कदम पछि हट्ने छैन्। ’

स्वागत् कार्यक्रममा बाेल्दै अस्पताल बाजुराका प्रमुख निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर चन्द्रशेखर यादवले अस्पतालकाे सेवा विस्तारलाई थप गुणस्तरीय,प्रभावकारी र चुस्तदुरुस्त बनाउन अध्यक्षले ठुलाे भुमिका खेल्नेमा विश्वस्त रहेकाे बताए। अस्पतालमा थुप्रै समस्या रहेकाे बताउँदै उनले अध्यक्ष समक्ष ती समस्या समाधानकाे लागी आग्रह समेत गरे।

बिशेषगरी अस्पतालमा ब्लड बैंक सेवा सञ्चालन नहुँदा सेवाग्राहीहरुले भाेगिरहेका समस्याहरुलाई समाधान गर्न महत्त्वपूर्ण आवश्यक रहेकाे बताए। रगत अभावमा बर्षेनी विरामीहरुले छट्पटाउनु पर्ने बाध्यताकाे अन्त्य गर्न आवश्यक रहेकाे कुरामा जाेड दिए।उनले यसमा अध्यक्षकाे समेत महत्त्वपूर्ण भूमिका रहने बताउँदै गम्भीर ध्यानाकर्षण समेत गराए।

कर्मचारीहरुले एक बर्ष पछि अस्पतालले व्यवस्थापन समिति अध्यक्ष पाएकाेमा खुसी व्यक्त गर्दै जिम्मेवारी बाेधका साथै थप सहज हुने विश्वास व्यक्त गरे।अस्पतालकाे स्वास्थ्य सेवामा कुनै कमी नभई सहज,सुलभ र प्रभावकारी सेवा प्रवाह सुधारमा उनीहरुले जाेड दिएका थिए।

सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयले जिल्ला अस्पताल बाजुरामा रावतलाई अस्पतालको व्यवस्थापन समिति अध्यक्षमा जिम्मेवारी दिएको थियाे। जिल्ला अस्पताल बाजुरामा नियुक्त भएका रावत नेपाली कांग्रेसका हुन्। यसअघि अस्पताल व्यवस्थापन समितिको अध्यक्षमा नेकपा समाजबादीका तर्फबाट सिफारीस भएका मान बहादुर कार्की थिए। उनको कार्यकाल सकिएसँगै अस्पताल अध्यक्ष विहिन थियो ।

सम्बन्धित पोस्ट
  • अछाममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते
  • मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने
  • कविता ‘सरकारी स्कुल’
  • नेपाली जनताको सङ्घर्ष र बलिदान : आज १९औँ गणतन्त्र दिवस
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    अछाममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते

    मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने

    कविता ‘सरकारी स्कुल’

    समाचार

    अछाममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते

    मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने

    कविता ‘सरकारी स्कुल’

    नेपाली जनताको सङ्घर्ष र बलिदान : आज १९औँ गणतन्त्र दिवस

    गायक थापाकाे ‘काँ झुल्की झुलुक्क’ सांगीतिक बजारमा

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑