• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Mon, 25, May, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

ओली र लेखकमाथि अनुसन्धान गर्न अदालतले दियो ५ दिनको म्याद

खप्तड मालिका न्युज March 29, 2026 मा प्रकाशित (१ महिना अघि) अनुमानित पढ्ने समय : १ मिनेट

काठमाडौं :  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकमाथि अनुसन्धान गर्न ५ दिनको म्याद थप भएको छ। जिल्ला अदालत काठमाडौंले ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो।

न्यायाधीश आनन्द श्रेष्ठको इजलासले ओली र लेखकमाथि अनुसन्धान गर्न दिनको ५ म्याद दिएको हो। सरकारी वकिलको कार्यालयले ओली र लेखकमाथि अनुसन्धान गर्न १० दिनको म्याद थप्न माग गरेको थियो।

गत भदौ २३ र २४ को घटनासम्बन्धी घटनासम्बन्धी अनुसन्धान गर्न गठित जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनका लागि ओली र लेखकलाई शनिबार पक्राउ गरिएको हो। अदालतमा उपस्थित गराउनुअघि लेखकलाई सरकारी वकिल कार्यालय लगिएको थियो। अस्वस्थका कारण ओलीलाई भने भर्चुअल माध्यमबाट अदालत उपस्थित गराइएको थियो। ओली उपचारका लागि टिचिङ अस्पतालमा छन् भने लेखक २ नं गण महाराजगन्जको हिरासतमा छन्।

जेनजी आन्दोलनका घटनासम्बन्धी अनुसन्धान गर्न गठित गौरीबहादुर कार्की संयोजकत्वको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री ओली र तत्कालीन गृहमन्त्री लेखकलाई दोषी ठहर गर्दै अनुसन्धान गरी मुद्दा अघि बढाउन सिफारिस गरेको छ। आयोगले उनीहरूविरुद्ध फौजदारी अभियोगमा अनुसन्धान गर्न सिफारिस गरेको हो।

आयोगको सिफारिसका आधारमा प्रधानमन्त्री बालेन शाहको अध्यक्षतामा गत शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले उक्त प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको छ। आयोगले सिफारिस गरेका व्यक्ति र निकायमध्ये सुरक्षा संयन्त्रको हकमा अध्ययन समिति गठन गरी सो समितिले सिफारिस गर्ने र अन्यको हकमा आयोगले गरेको सिफारिसलाई तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको छ।
सोही निर्णयबमोजिम आयोगले जेनजी आन्दोलनमा दोषी ठहर गरेका ओली र लेखकलाई नियन्त्रणमा लिइ अनुसन्धान सुरू गरेको हो।

सरकारले भदौ २३ र २४ को घटनासम्बन्धी अनुसन्धान गर्न प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको छ। ओलीले भने कार्की आयोगको प्रतिवेदनलाई कुकर्म र भद्दा नाटकको संज्ञा दिएका छन्। ओली पक्राउ परेपछि नेकपा एमालेले देशभर प्रदर्शन गरिरहेको छ। उनको गिरफ्तारीविरुद्ध आइतबार देशभरका पार्टी जिल्ला कमिटीहरूले जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई विरोध पत्र बुझाएका छन्।

सम्बन्धित पोस्ट
  • लाम्पाटा क्षेत्र विवाद: घटनामा संलग्न अराजक समूहमाथी कार्वाहीकाे माग
  • तीन मौसमी प्रणालीको असर कायमै,आज ६ प्रदेशमा वर्षाको सम्भावना
  • बाजुरा-हुम्ला विवादः सर्वदलीय बैठकले गर्यो पाँच निर्णय
  • परम्परागत ‘तान’: सीप,संस्कृति र संघर्षकाे चिनारी
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    लाम्पाटा क्षेत्र विवाद: घटनामा संलग्न अराजक समूहमाथी कार्वाहीकाे माग

    तीन मौसमी प्रणालीको असर कायमै,आज ६ प्रदेशमा वर्षाको सम्भावना

    बाजुरा-हुम्ला विवादः सर्वदलीय बैठकले गर्यो पाँच निर्णय

    समाचार

    लाम्पाटा क्षेत्र विवाद: घटनामा संलग्न अराजक समूहमाथी कार्वाहीकाे माग

    तीन मौसमी प्रणालीको असर कायमै,आज ६ प्रदेशमा वर्षाको सम्भावना

    बाजुरा-हुम्ला विवादः सर्वदलीय बैठकले गर्यो पाँच निर्णय

    परम्परागत ‘तान’: सीप,संस्कृति र संघर्षकाे चिनारी

    ४ स्थानीय तहको संयुक्त विज्ञप्तिः झडपमा घाईते ४ जनाको हेलिकप्टरमार्फत उद्धार

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑