• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Mon, 25, May, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

अध्यक्ष ओली भन्छन्,‘एमालेले सल्काएकाे सानाे झिल्का भयानक डढेलाे बन्न सक्छ’

खप्तड मालिका न्युज March 29, 2026 मा प्रकाशित (१ महिना अघि) अनुमानित पढ्ने समय : २ मिनेट

बाजुरा: नेकपा एमाले जिल्ला कमिटी बाजुराका अध्यक्ष लाल बहादुर ओलीले एमालेले सल्काएकाे सानाे झिल्काे डढेलाे बन्न सक्ने चेतावनी दिएका छन्।

वर्तमान रास्वपा सरकारले बदनियत र गैरकानुनी तरिकाले प्रतिसाेध साँधेर एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री तथा कांग्रेस नेता थापालाई प्रकाउ गरेकाे विराेध जनाउँदै यस्ताे बताएका हुन्।

एमाले जिल्ला कमिटी बाजुराले आयोजना गरेकाे विराेध सभा कार्यक्रममा बाेल्दै अध्यक्ष ओलीले रास्वपा सरकारले गैरकानुनी,गैरजिम्मेवार र वदनियत रुपमा प्रतिशाेध साँधेर पक्राउ गर्नु गलत कार्य भएको बताएका हुन्।

सरकार गठनकाे २४ घण्टा नबित्दै हतार- हतारमा पक्राउ गर्नु सरकाले प्रष्ट रुपमा प्रतिशाेध साँधेकाे बुझिएकाे प्रष्ट पारेका हुन्।उनले सरकारकाे अपरिपक्क निर्णयकाे विराेध गर्दै,यसले अत्यन्त संवेदनशील र दूरगामी प्रभाव पार्ने बताए ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई रातारात पक्राउ गरिहाल्नु पर्ने बिषय प्रतिशाेध मात्र नभई यसले संविधान,प्रचलित कानुन तथा स्थापित लोकतान्त्रिक अभ्याससँग मेल नखाने समेत प्रष्ट पारेका हुन्।

‘यस्ता दूरगामी र षड्यन्त्रयुुक्त कार्यले,देशकाे लाेकतन्त्र,सार्वभौमसत्ता र मानविय संवेदनशीलता माथी आँच आउनुका साथै अस्थिरताको जोखिम बढाउन सक्ने बिषय बनेकाे छ,’अध्यक्ष ओलीले भने,‘सरकाले गरेकाे हतारकाे निर्णयले देशमा थप द्वन्द्व सिर्जना हुनुका साथै विधिको शासनप्रति जनताकाे जनविश्वास कमजोर हुने देेखिएकाे छ।’

अध्यक्ष ओलीले पदभार ग्रहण गरेकाे एक दिन नबित्दै पक्राउ गरिहाल्नु पर्ने कुनै आवश्यक नभएको बताए । उनले सत्य,तथ्य छानविन गरेर दाेषी भए जुनदिन पक्राउ गरे पनि असर नपर्ने बताएका थिए।हतारकाे कामले कुनै दिन आफैलाई ठुलाे खाडमा फाल्ने समेत प्रष्ट पारेका हुन्।साथै उनले याे सरकारले यस्तै हर्कत देखाए कुनै पनि हालतमा टिक्न नसक्ने दावी गरे।

देशमा शान्ति र सुशासन मुख्य एजेन्डा बनाएर गठन भएको सरकारले सुरुमै यस्ताे हर्कत देखाउनु निन्दनीय रहेकाे बताउँदै तत्काल केपी ओली र रमेश लेखकलाई रिहाई गर्न समेत माग गरे।यदी उनीहरु दाेषी भएको खण्डमा स्वयम् हामी नै सरकार समक्ष हात थमाईदिने समेत बताएका हुन्।

‘कानुन र विधि नपुर्याई हतार-हतारमा पक्राउ नगर्नु राम्रो हुन्थ्याे।किन रातारात घर घेराउ गरियाे।दुई चार दिन पछि पक्राउ गर्दा के,विग्रन्थ्याे। सत्य,तथ्य छानविन गरि पक्राउ गरे सरकारकाे लाेकप्रियता झनै बढ्थ्याे,’उनले भने, ‘हतपतकाे काम सधैंभर लतपत हुनेछ।एमालेकाे सानाे याे आगोकाे झिल्का तपाईंहरुका लागी भयानक डढेलाे बन्नेछ,हेक्का रहाेस्।’

एमाले जिल्ला कमिटी बाजुराका अध्यक्ष लाल बहादुर ओली: तस्वीर:गाेविन्द्र राज तिमिल्सेना

सम्बन्धित पोस्ट
  • लाम्पाटा क्षेत्र विवाद: घटनामा संलग्न अराजक समूहमाथी कार्वाहीकाे माग
  • तीन मौसमी प्रणालीको असर कायमै,आज ६ प्रदेशमा वर्षाको सम्भावना
  • बाजुरा-हुम्ला विवादः सर्वदलीय बैठकले गर्यो पाँच निर्णय
  • परम्परागत ‘तान’: सीप,संस्कृति र संघर्षकाे चिनारी
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    लाम्पाटा क्षेत्र विवाद: घटनामा संलग्न अराजक समूहमाथी कार्वाहीकाे माग

    तीन मौसमी प्रणालीको असर कायमै,आज ६ प्रदेशमा वर्षाको सम्भावना

    बाजुरा-हुम्ला विवादः सर्वदलीय बैठकले गर्यो पाँच निर्णय

    समाचार

    लाम्पाटा क्षेत्र विवाद: घटनामा संलग्न अराजक समूहमाथी कार्वाहीकाे माग

    तीन मौसमी प्रणालीको असर कायमै,आज ६ प्रदेशमा वर्षाको सम्भावना

    बाजुरा-हुम्ला विवादः सर्वदलीय बैठकले गर्यो पाँच निर्णय

    परम्परागत ‘तान’: सीप,संस्कृति र संघर्षकाे चिनारी

    ४ स्थानीय तहको संयुक्त विज्ञप्तिः झडपमा घाईते ४ जनाको हेलिकप्टरमार्फत उद्धार

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑