
काठमाडौं : नेपाली कम्युनिष्ट पार्टीले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) प्रधानमन्त्री नियुक्त भएकोमा बधाई ज्ञापन गरेको छ । पार्टीको केन्द्रीय कार्यालयले एक प्रेस विज्ञप्ति जारी गर्दै नयाँ सरकारको गठन र कार्यकालको सफलताको शुभकामना व्यक्त गरेको हो ।

विज्ञप्तिमा २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधि सभाको निर्वाचनबाट बहुमत प्राप्त गरी शाहको नेतृत्वमा मन्त्रिपरिषद् गठन भएकोमा स्वागत गरेको छ ।
यसका साथै पार्टीले भदौ २३ र २४ गतेको घटनाको छानविन गर्न गौरीबहादुर कार्कीको नेतृत्वमा गठित आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सन्दर्भमा सरकारले चालेको कदमप्रति प्रश्न उठाएको छ।
विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो पार्टी कुनै पनि कदम चाल्दा सरकारले विधिको शासन, कानुनी प्रक्रिया र निष्पक्षताको मान्यता उल्लङ्घन नगरोस् र राजनीतिक पूर्वाग्रह राख्ने तथा द्वन्द्व सिर्जना हुने कार्य नहोस् भन्ने आग्रह गर्दछ ।’
पार्टीका तर्फबाट गणेशमान पुनद्वारा हस्ताक्षरित उक्त विज्ञप्तिमा सरकारलाई निष्पक्ष ढङ्गले अगाडि बढ्न र कुनै पनि राजनीतिक प्रतिशोधको भावना नराख्न सचेत गराइएको छ ।


खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर