• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Thu, 13, Aug, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

बाजुरामा क्षयरोग नियन्त्रणमा चुनाैती: पाँच वर्षमा १८ जनाको मृत्यु

खप्तड मालिका न्युज March 25, 2026 मा प्रकाशित (४ महिना अघि) अनुमानित पढ्ने समय : १ मिनेट

बाजुरा: बाजुरामा पछिल्लो पाँच वर्षमा क्षयरोगका कारण १८ जनाको मृत्यु भएको छ। विश्व क्षयरोग दिवस (मार्च २४) को अवसरमा स्वास्थ्य कार्यालय बाजुराले आयोजना गरेको कार्यक्रममा पछिल्लो पाँच वर्षमा क्षयरोगबाट १८ जनाको मृत्यु भएको तथ्य सार्वजनिक गरिएको हाे।

आर्थिक वर्ष ०७७/७८ मा १, ०७८/७९ मा ३, ०७९/८० मा २, ०८०/८१ मा ६, ०८१/८२ मा ४ र चालु आर्थिक वर्ष ०८२/८३ को फागुन मसान्तसम्म २ जनाको क्षयरोगबाट मृत्यु भएको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ।

गत आर्थिक वर्ष ०८१/८२ मा ३१० जनामा क्षयरोग पहिचान गर्ने लक्ष्य राखिएकोमा १४१ जनामा मात्रै संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बाजुराका जनस्वास्थ्य अधिकृत कुमार न्यौपानेले बताए ।

उनका अनुसार,जिल्लामा हाल ८१ जना संक्रमित बिरामीले नियमित औषधि सेवनमा गरिरहेकाे जानकारी दिए।बाजुराका ९ स्थानीय तहमध्ये सबैभन्दा उच्च दर बडीमालिका नगरपालिकामा रहेकाे पाईएकाे हाे।जहाँ (प्रतिलाख २१९) रहेको तथ्यांकले देखाएको छ।

जिल्ला अस्पताल बाजुराका प्रमुख डा. चन्द्रशेखर यादवले कमजाेर तथा रोगप्रतिरोध क्षमता कम भएका र धुमपान, मध्यपान वा लागुऔषध सेवन गर्नेमा यो रोगको सक्रमण बढि हुने बताए ।साथै क्षयरोगको औषधिको मात्रा पूर्ण सेवन नगरे सङ्क्रमण पुनः देखिन सक्ने बताएका हुन्।

उनले क्षयराेग न्युनिकरणकाे लागी प्रभावकारी कार्यक्रम सञ्चालन गर्न समेत आवश्यक रहेकाे जाेड दिए। क्षयरोग (टिबी) एक सरुवा रोग भएकोले जुन संक्रमित व्यक्तिले खोक्दा, हाछ्युँ गर्दा वा थुक्दा हावामार्फत अन्य व्यक्तिमा सर्ने गरेकाेले सबैले सचेतना अपनाउनु पर्ने बताएका हुन्।

हरेक बर्ष मार्च २४ का दिन मनाइने विश्व क्षयरोग दिवस बाजुरा जिल्लामा समेत अन्तरक्रियात्मक कार्यक्रम गरी मनाइएको हाे । सरकारले सन् २०३५ सम्म क्षयरोग नियन्त्रण र २०५० सम्म उन्मूलन गर्ने लक्ष्य लिएको छ।सन् २०३५ सम्म देशमा क्षयरोग अन्त्य गर्ने तथा सन् २०५० सम्म देशलाई क्षयरोगमुक्त बनाउने लक्ष्यका साथ विभिन्न कार्यक्रम गरी आज देशैभर दिवसलाई मनाईएकाे हाे।

नेपालको प्रमुख जनस्वास्थ्य समस्याका रूपमा रहेको क्षयरोगको पहिचान गरी निदान गर्ने र जनचेतना फैलाउने लक्ष्यका साथ याे दिवस मनाउन निकै महत्त्वपूर्ण मानिन्छ। क्षयरोग प्राचीन कालदेखि मानव समुदायमा विभिन्न रोग र सङ्क्रमणका रूपमा लिने गरिएको थियो। विश्व स्वास्थ्य सङ्गठनका अनुसार हरेक बर्ष संसारभर ८० लाख नयाँ क्षयरोगी थपिने गरेका छन् ।

सम्बन्धित पोस्ट
  • अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम
  • बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा
  • जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ
  • बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    समाचार

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण

    देउडाका धराेहर गायक थापाकाे ‘मधुवन सिर्क्या रुमाल’ बजारमा

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑