
बाजुरा: बाजुराकाे स्वामीकार्तिक खापर गाउँपालिकामा एक गर्भवती महिलाले बीच बाटोमै बच्चा जन्माएकी छन् ।साेही पालिकाकाे वडा.नम्बर २ भैसागाडकी २६ वर्षीया दोइला भण्डारीले बीच बाटोमै बच्चा जन्माएकी हुन्।

सुत्केरी व्यथा लागेपछि बच्चा जन्माउन स्वास्थ संस्था जाँदै गर्दा उनले विच बाटाेमा बच्चा जन्माएकी हुन्। स्वास्थ संस्था टाढा हुँदा भण्डारीले बाटाेमा बच्चा जन्माउनु परेकाे हाे। भण्डारीले तेस्रो सन्तानकाे रुपमा छाेरीलाई जन्मदिएकी हुन्।उनका दुई छाेरी समेत छन्।
गाउँबाट फयाल गाउँ आधारभूत स्वास्थ्य चौकी जाँदै गर्दा स्वास्थकर्कीकाे सहायताले उनले बाटाेमै बच्चाकाे जन्म दिईन्। सुत्केरी गराउँन स्वास्थ संस्था लैजादै गर्दा भण्डारीले बाटाेमै छाेरी पाएकाे फयाल गाउँ आधारभूत स्वास्थ्य चौकीकी स्वास्थ्यकर्मी विस्ना रोकायाले जानकारी दिईन्।
उनका अनुसार,स्वास्थ संस्था पुग्न नसक्दा थुम्का सिउँड भन्ने ठाउँमा भण्डारीले बच्चा जन्माएकाे बताएकी छन् । अत्यधिक व्यथा बढेपछि बाटोमै प्रसूती गराइएको स्वास्थ्यकर्मी राेकायाले जानकारी दिएकी छन्।बाटाेमै प्रसूति सेवा दिईएकाे स्वास्थ्यकर्मी राेकायाकाे भनाई छ।
अहिले आमा र बच्चाको अवस्था सामान्य रहेको छ ।
स्थानीयको सहयोग र स्वास्थ्यकर्मी रोकायाको सक्रियतामा सुत्केरी महिला भण्डारीको सुरक्षित रूपमा प्रसूति गराइएको हाे । स्वास्थ्यकर्मी रोकायाले आवश्यक सावधानी अपनाउँदै बाटो छेउमा रहेको गाईगोठ नजिकै सुरक्षित रूपमा बच्चा जन्माउन सहयोग गरेकी थिईन्।
दुर्गम ठाउँमा स्वास्थ्य सेवा पहुँचको समस्याले बाटाेमै बच्चा जन्माउने समस्या विकराल बन्दै गऐकाे स्थानीय केशव भण्डारीले बताए । उनका अनुसार,बाजुरामा पटकपटक नेतृत्व फेरिए पनि बाजुरा नफेरिएकाे जानकारी दिए।गाउँबाट स्वास्थ्य संस्था टाढा हुनु,यातायातको सुविधा नहुनुले दुर्गमका आमाहरु बाटाेमै बच्चा जन्माउन बाध्य छन्।
कठिन परिस्थितिमा धैर्यतापूर्वक सेवा दिँदै आमा र शिशुको ज्यान बचाउन सफल भएकी स्वास्थ्यकर्मी विष्णा रोकायाको प्रशंसा गरिएकाे छ ग्रामीण तथा दुर्गम क्षेत्रमा मातृ तथा शिशु स्वास्थ्य सेवा अझै सहज र पहुँचयोग्य बनाउन आवश्यक रहेको स्पष्ट देखिन्छ।बाजुरामा याे केवल एक उदाहरण मात्रै हाे,यस्ता थुप्रै घटनाहरु बाजुरामा छन्।
बाजुरामा बाटोमा सुत्केरी हुनेको यकिन तथ्याङ्क नभए पनि एक महिनामा दुईदेखि तिनजना महिला बाटोमै सुत्केरी हुने गरेको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ । सरकारले हवाई उद्धार कार्यक्रम सञ्चालन गरे पनि बाजुराका आमाहरुले बाटोमै बच्चा जन्माउने र मर्ने क्रम राेकिएकाे छैन्।
बाजुरामा भौगोलिक विकटता, गुणस्तरीय स्वास्थ्य सेवा पहुँचबाट वञ्चित, नियमित गर्भ जाँचको कमि, कडा परिश्रम, कम उमेरमै बच्चाको जन्म, पौष्टिक आहारको कमिलगायत कारणले सुत्केरीको ज्यान जोखिम पर्ने गरेको स्वास्थ्यकर्मीको भनाइ छ । साथै सरकाले लागु गरेको सुत्केरी हवाई उद्धार बाजुरामा पनि प्रभावकारी बनाउन आवश्यक देखिन्छ।
भौगोलिक विकटता र गुणस्तरीय स्वास्थ्य संस्थाको अभावमा बाजुराका आमाहरुले बाटोमै बच्चा जन्माउने क्रम जिवित छ । आवश्यक स्वास्थ्य संस्था, भौगोलिक विकटता, प्रसूति स्वास्थ्य शिक्षा र उचित परामर्श नहुँदा यहाँका आमाहरु बाटोमै बच्चा जन्माउन बाध्य छन् ।
हरेक बर्ष बाजुराका आमाहरुले बाटोमै बच्चा जन्माउने गरेको समाचार आउँने गरेका छन् । घरपरिवारको स्वास्थ्य हेरचाह, असुरक्षित खानपान, भौगोलिक विकटता र गुणस्तरीय स्वास्थ्य संस्थाको अभाव नै यहाँका आमाहरुको प्रमुख बाधक समस्या बनेकाे छ ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर