
बाजुरा: बाजुरामा प्रत्यक्षतर्फ जित हासिल गरेको नेपाली कांग्रेस समानुपातिकमा पनि पहिलो दल बनेको छ ।प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ मा प्रत्यक्ष तर्फ जितेकाे कांग्रेस समानुपातिकमा समेत पहिलो बनेकाे हाे।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार, समानुपातिकमा कुल खसेको ४५ हजार ६ सय ६९ मत मध्ये कांग्रेसले १६ हजार ७ सय ४६ मत प्राप्त गरेकाे हाे। त्यस्तै नेकपा एमालेले १५ हजार ८ सय ९७ मत प्राप्त गरेकाे छ।
राष्ट्रिय स्वतन्त्र पार्टीले ६ हजार ८ सय २०, नेपाली कम्युनिष्ट पार्टीले ३ हजार ३ सय ५८ राप्रपाले ४ सय ७० नेपाल जनता संरक्षण पार्टीले१ सय ३६ सार्वभाैम नागरिक पार्टीले १ सय ३१ नेपाल कम्युनिस्ट पार्टी माओवादीले २ सय १५ मत प्राप्त गरेकाे हाे। अन्य विभिन्न पार्टीले एक सय कम मत प्राप्त गरेका छन्।
कुल खसेकाे मत मध्ये ४४ हजार ४ सय ६९ मत सदर भएको छ । भने १ हजार २ सय मत बदर भएको हाे।समानुपातिकतर्फ ८९ हजार ३ सय ४३ मतदाता संख्या थिए।आइतबार सम्पन्न प्रत्यक्षतर्फको मतगणनामा नेपाली कांग्रेसका उम्मेद्वार जनकराज गिरी ५४० मतका साथ विजयी भएका थिए।
गिरीले १७ हजार १ सय ७३ मत प्राप्त गरेका थिए। त्यस्तै उनका निकटतम प्रतिद्वन्द्वी एमालेका थापाले १६ हजार ६ सय ३३ मत प्राप्त गरेका थिए। राष्ट्रिय स्वतन्त्र पार्टीका हेमराज थापाले ६ हजार ३५ प्राप्त गरेका थिए ।नेकपाका प्रकाश बहादुर शाहले ३ हजार ४ सय २४ प्राप्त गरेका हुन्।
त्यस्तै क्रमश:केशर शाहीले हलाे चिन्हमा ३ सय ५२ दिपक डिसिले आँखा चिन्हमा ९७ भुपेन्द्र विकले गुलाफ चिन्हमा ३३३ र स्वतन्त्र उम्मेदवार उपेन्द्र शाहीले चराेमा ७२ मत पाएका थिए। बाजुरामा पाँच जनाकाे जमानत जफत समेत भएको थियाे। सदूरपश्चिम प्रदेशका पूर्व मन्त्री समेत रहेका प्रकाश बहादुर शाह लगायत अन्य ४ जनाकाे जमानत जफत भएको थियाे।


खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर