
बाजुरा:बाजुरामा नेपाली कांग्रेसका जनकराज गिरी प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन्।उनले एमालेका लाल बहादुर थापालाई ५४० मतले पराजित गर्दै विजयी भएका हुन्।

मुख्य निर्वाचन अधिकृतकाे कार्यालयकाे अन्तिम मत परिणाम अनुसार कांग्रेसका गिरीले १७ हजार १ सय ७३ मत प्राप्त गर्नुभएको हाे। त्यस्तै उनका निकटतम प्रतिद्वन्द्वी एमालेका थापाले १६ हजार ६ सय ३३ मत प्राप्त गरेका हुन्।
त्यस्तै,राष्ट्रिय स्वतन्त्र पार्टीका हेमराज थापाले ६ हजार ३५ प्राप्त गर्नुभएको छ ।नेकपाका प्रकाश बहादुर शाहले ३ हजार ३ सय १ प्राप्त गरेका छन्। त्यस्तै क्रमश:केशर शाहीले हलाे चिन्हमा ३ सय ५२ दिपक डिसिले आँखा चिन्हमा ९७ भुपेन्द्र विकले गुलाफ चिन्हमा ३ सय ३३ र स्वतन्त्र उम्मेदवार उपेन्द्र शाहीले चराेमा ७२ मत पाएका छन्।
विजयी गिरी नेपाल सरकारका पूर्व भुमिसुधार सहायक मन्त्री समेत हुन्। बाजुराका ८७ हजार ८६१ मतदातामध्ये ४५ हजार २ सय ४२ मत खसेको थियो । खसेको मतमध्ये ४३ हजार ८९६ मत सदर भएको छ,भने १ हजार ३४६ मत बदर भएको छ ।।एक निर्वाचन क्षेत्र रहेको बाजुरामा सात राजनीतिक दल र एक स्वतन्त्र गरी आठ उम्मेदवार चुनावी प्रतिष्प्रर्धामा थिए।
बाजुरामा याे निर्वाचन ऐतिहासिक नमुना मतदान समेत भएको थियाे।बाजुरामा ७७ मतदान स्थलका ११८ मतदान केन्द्र र १ अस्थायी मतदान केन्द्र थिए। प्रत्यक्षतर्फकाे मतगणना सम्पन्न पश्चात् समानुपातिक तर्फका मतगणना गरिने मुख्य निर्वाचन अधिकृत संजीव पाेखरेलले जानकारी दिए।
बाजुरामा विगतका निर्वाचनकाे परिणाम अनुसार वि.सं. २०४८,२०५६,२०६४ सालकाे निर्वाचनमा नेपाली कांग्रेसले नतिजा आफ्नो कब्जामा पारेकाे थियो।त्यस्तै वि.सं.२०५१, २०७० र २०७४ सालमा नेकपा एमालेले जितेको थियो। पुन: २०८२ काे निर्वाचन नेपाली कांग्रेसले जितेकाे छ।यस अघि २०७९ सालमा समते कांग्रेसले जित हात पारेकाे थियाे।
त्यसवेला कांग्रेसका ब्रदीप्रशाद पाण्डे विजयी भएका थिए। उनले ३१ हजार ७ सय ८६ मत ल्याएर एमालेका कर्णबहादुर थापालाई पराजित गरेका थिए ।थापाले २६ हजार ३४९ मत प्राप्त गरेका थिए।निर्वाचन जितेका पाण्डे नेपाल सरकारका संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री समेत बनेका हुन्।बाजुरामा पुरानै दलहरु आफ्नो बर्चस्व कायम राखेका छन्।
विजयी कांग्रेस गिरी काे हुन्?
प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका गिरी बाजुराकाे स्वामिकार्तिक खापर गाउँपालिकाका स्थायी बासिन्दा हुन्। गिरी कांग्रेसको अनुभवी नेताको रूपमा परिचित छन्। उनलाई पार्टी र देशको लोकतान्त्रिक प्रक्रियालाई मजबुत पार्ने र जनतासँग सिधै संवाद राख्ने नेताको रूपमा लिइन्छ।
गिरी नेपाल सरकारका पूर्व भूमिसुधार सहायक मन्त्रीसमेत हुन्। उनी २०५६ सालमा प्रतिनिधि सभा सदस्य बनेर भूमि सुधार तथा सहायक मन्त्री समेत बनेका थिए । ०३८ सालदेखि विद्यार्थी राजनीति (नेविसंघ) मार्फत अहिलेसम्म उनी राजनीतिमा सक्रिय छन्।
विकासवादी, सादगी र निष्कलङ्क छवि भएका नेताको रूपमा गिरीलाई लगिन्छ । उनले समावेशी न्याय,लोकतान्त्रिक पद्धति र शान्ति प्रक्रियाका विषयमा आवाज बुलन्द गर्दै आएका छन् ।२०४६ साल देखि निरन्तर राजनीति क्षेत्रमा सक्रिय रहेका गिरीले राजनिती क्षेत्रबाट समाज र देश परिवर्तनकाे ठुलाे अनुभव बटुलेका छन्।
उमेरका हिसाबले पाकाे भए पनि शाेच,विचार युवाजस्तै भएका नेता गिरीले बाजुराकाे भाग्य र भविष्य बदल्ने देखिन्छ। मतदाताहरुले बाजुराकाे मुहार परिवर्तनकाे लागी कांग्रेस नेता गिरी नै उपयुक्त ठान्दै विजयी समेत गराएका छन्।नेता गिरी लामाे समयदेखि राजनितिमा सक्रिय र अनुभव बटुलिसकेका नेता भएकोले उनमा परिवर्तनकाे ठुलाे आशा देखिन्छ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर