
बाजुराः बाजुरामा नेपाली कांग्रेसका जनकराज गिरीको अग्रता कायमै रहेको छ। गिरीलाई एमालेका लाल बहादुर थापाले पच्छ्याउँदै अघि बढेका छन्।

बाजुराको हिमाली,खप्तड छेडेदह ,स्वामिकार्तिक, बुढिनन्दा,जगन्नाथ, बुढीगंगा ,गौमुल र जगन्नाथको मतगणना सकिदा कांग्रेसका जनक राज गिरीले रुख चिन्हमा १५ हजार १ सय ८४ मत ल्याएका छन्।
उनका निकटतम प्रतिष्प्रर्धी एमालेका लाल बहादुर थापाले १४ हजार २ सय ९८ मतका साथ ८ सय ८६ मतले पछि छन्। त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका हेमराज थापाले ५ हजार ४७ मतले तेस्रो स्थानमा छन्।
नेकपाका प्रकाश बहादुर शाहले २ हजार ९ सय ३४ मत ल्याएका छन्। त्यस्तै क्रमशःकेशर शाहीले हलो चिन्हमा ३ सय २३,दिपक डिसिले आँखा चिन्हमा ९५ भुपेन्द्र विकले गुलाफ चिन्हमा ३ सय १३ र स्वतन्त्र उम्मेदवार उपेन्द्र शाहीले चरोमा ६६ मत पाएका छन्।
अन्य सबै पालिकाको मत गणना सकिसकेको छ । भने बडीमालिका नगरपालिकाको गणना हुँदै छ।बाजुराका ८७ हजार ८६१ मतदातामध्ये ४६ हजार २ सय ३२ मत खसको हो ।एक निर्वाचन क्षेत्र रहेको जिल्लामा सात राजनीतिक दल र एक स्वतन्त्र गरी आठ उम्मेदवार रहेका छन् ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर