
बाजुरा: बाजुरामा नेकपा एमालेका लाल बहादुर थापा नेपाली कांग्रेसका जनकराज गिरीलाई उछिन्दै अघि बढेका छन्।मत गणना देखि अग्र स्थानमा रहेका कांग्रेसका गिरी गाैमुल गाउँपालिकाकाे मत गणना पश्चात् पछि परेका हुन्।

गाैमुल गाउँपालिका एमालेकाे पडक पालिकाकाे रुपमा चिनिन्छ।गाैमुल गाउँपालिकाकाे मत गणना सम्पन्न पछि एमालेका लाल बहादुर थापाले १० हजार ४ सय २९ मत प्राप्त गरेका छन्। कांग्रेसका जनक गिरीले ९ हजार ५ सय १६ मत प्राप्त गरेका हुन्।
सुरुवाती अग्रता बनाएका कांग्रेसका गिरीले दोस्रो स्थानमा झरेका छन्। थापाले ९ सय १३ मतले गिरीलाई पछि पारेका छन्। त्यस्तै रास्वपाका हेमराज थापाले ३ हजार ८ सय ७२ मतका साथ तेस्रो स्थानमा छन् । नेकपाका प्रकाश वहादुर शाहले १ हजार ८ सय २७ मत ल्याएका छन्।
त्यस्तै केशर शाहीले हलाेमा १८८ दिपक डिसी आँखाले ८६ भुपेन्द्र विक गुलाबले १७६ र स्वतन्त्र उपेन्द्र शाही भंगेरोले ६० मत प्राप्त गरेका छन्। बाजुराका ८७ हजार ८६१ मतदातामध्ये ४६ हजार २ सय ३२ मत खसको हो ।
एक निर्वाचन क्षेत्र रहेको जिल्लामा सात राजनीतिक दल र एक स्वतन्त्र गरी आठ उम्मेदवार रहेका छन् ।अब बडिमालिका,बुढिनन्दा र त्रिबेणि नगरपालिकाका मत गणना गर्न बाँकी रहेका छन्।अब त्रिवेणीकाे मतगणना सुरु भएको छ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर