
बाजुरा: बाजुरामा नेपाली कांग्रेसका जनकराज गिरीकाे अग्रता कायमै रहेकाे छ। सुरुवाती देखि उच्च मतका साथ अघि रहेका गिरीलाई एमालेका लाल बहादुर थापाले पच्छ्याउँदै अघि बढेका छन्।

बाजुराकाे हिमाली,खप्तड छेडेदह ,स्वामिकार्तिक, बुढीगंगा र जगन्नाथकाे मतगणना सकिदा कांग्रेसका जनक राज गिरीले रुख चिन्हमा ८ हजार ६ सय ८७ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिष्प्रर्धी एमालेका लाल बहादुर थापाले ८ हजार २ सय १७ मत पाएका हुन्।
कांग्रेसका गिरी एमालेका थापा भन्दा ४ सय ७० मतले अग्र स्थानमा छ्न्। त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका हेमराज थापाले ३ हजार ४ सय ९५ मत प्राप्त गरेर तेस्रो स्थानमा छन्। नेकपाका प्रकाश बहादुर शाहले १ हजार ७ सय ७१ मत प्राप्त गरेका छन्।
त्यस्तै केशर शाहीले हलाे चिन्हमा १ सय ८७,दिपक डिसिले आँखामा ८६,भुपेन्द्र विक गुलाफमा १७४ र स्वतन्त्र उम्मेदवार उपेन्द्र शाहीले चराेमा ५९ मत पाएका छन्।
बाजुराका ८७ हजार ८६१ मतदातामध्ये ४६ हजार २ सय ३२ मत खसको हो ।एक निर्वाचन क्षेत्र रहेको जिल्लामा सात राजनीतिक दल र एक स्वतन्त्र गरी आठ उम्मेदवार रहेका छन् ।अब बडिमालिका,बुढिनन्दा,गाैमुल र त्रिबेणि नगरपालिकाका मत गणना गर्न बाँकी रहेका छन्।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर