
बाजुरा: बाजुरामा हिमाली गाउँपालिका र खप्तड छेडेदह गाउँपालिकाकाे मतगणना सकिएकाे छ।दुई पालिकाकाे मत गणना सम्पन्न हुँदा नेपाली कांग्रेसका जनक राज गिरीकाे अग्रता कायमै छ।

सुरुवाती देखि नै अग्र स्थानमा रहेका गिरीले दुई पालिकाकाे मतगणना गर्दा सम्म ४ हजार १ सय १५ मत प्राप्त गरेका छन्। त्यस्तै उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका लाल बहादुर थापाले २ हजार ७ सय ९ मत प्राप्त गरेर गिरीलाई पन्छ्याई रहेका छन्।
नेपाली कम्युनिष्ट पार्टीका प्रकाश बहादुर शाहले अहिलेसम्म जम्मा ३ सय १३ मत ल्याएका छन्। भने राष्ट्रिय स्वतन्त्र पार्टीका हेमराज थापाले १ हजार ६ सय ४७ मत प्राप्त गरेर तेस्रो स्थानमा छन्।अहिलेसम्म ९ हजार २ सय ५३ मत गणना भएको छ।
नेपाली कांग्रेस र नेकपा एमाले मुुख्य प्रतिष्प्रर्धी बनेका छन्। कांग्रेसका गिरी एमालेका थापा भन्दा १ हजार ४ सय ६ मतले अघि छन्।त्यस्तैगरि हलाेले ८३, आँखाले ७६ गुलाफले ४३ र स्वतन्त्र चराेले ४ मत मात्रै प्राप्त गरेकाे छ।
हिमाली गाउँपालिका र खप्तड छेडेदह गाउँपालिकाकाे मतगणना सकिएको र बुढिगंगा नगरपालिकाबाट मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकृतकाे कार्यालयले जनाएको छ।
बाजुराका ८७ हजार ८६१ मतदातामध्ये ४६ हजार २ सय ३२ मत खसको हो ।एक निर्वाचन क्षेत्र रहेको जिल्लामा सात राजनीतिक दल र एक स्वतन्त्र गरी आठ उम्मेदवार रहेका छन् ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर