
बाजुरा: बाजुरामा प्रतिनिधिसभा निर्वाचनअन्तर्गत दोस्रो चरणको मतगणना सार्वजनिक भएको छ। हिमाली गाउँ पालिकाकाे मतगणना सम्पन्न हुँदा कांग्रेस अग्र स्थानमा छ।

नेपाली काँग्रेसका जनक राज गिरीले रुख चिन्हमा १ हजार ८ सय ६९ मत प्राप्त गरेका छन्। त्यस्तै नेकपा एमालेका लाल बहादुर थापाले सुर्य चिन्हमा १ हजार १ सय १० मत ल्याएका छन्। नेपाली कम्युनिष्ट पार्टीका प्रकाश बहादुर शाहले तारा चिन्हमा १७८ मत प्राप्त गरेका छन्।
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका हेमराज थापाले घन्टी चिन्हमा ३ सय १९ मत ल्याएका छन्। अहिलेसम्म कुल ३ हजार ६ सय १३ मतकाे गणना गरिएकाे छ।
अहिलेसम्मकाे आँकलन हेर्दा नेपाली कांग्रेसका जनक गिरी
अग्रस्थानमा रहेका छन्।उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका लालबहादुर थापाले गिरीलाई पछ्याइरहेका छन्।गिरी ७ सय ५९ मतले एमालेका थापा भन्दा अघि छन्।
हिमाली गाउँपालिकाकाे मत गणना सकिएकाे हाे। अन्य पालिकाकाे भने मतगणना अझै जारी रहेको छ ।अब खप्तड छेडेदह गाउँपालिकाबाट मतगणना हुनेछ।हिमाली र छेडेदह कांग्रेसकाे पल्लाभारी हुने पालिका समेत हुन्।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर