
बाजुराः बाजुराका सबै मतदान स्थलमा मतपत्र,निर्वाचन सामाग्री सहित निर्वाचन स्थलमा खटिएका कर्मचारी पुगेका छन्। यहाँका ७७ मतदान स्थलका एक सय १८ मतदान केन्द्रमा सामाग्री सहित मतदान अधिकृत, सहायक मतदान अधिकृत, कर्मचारी,सुरक्षाकर्मी र निर्वाचन प्रहरी पुगेका हुन्।

निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको हो। मतदान स्थल निर्माण लगायतका कामहरु समेत लगभग सम्पन्न भईसकेका छन्। निर्वाचनको दिन मतदान केन्द्रमा हात हतियार,मोवाईल,क्यामरा लगायतका प्रज्वलन र तरल पदार्थ लिन समेत रोक लगाईनेभएको छ । शान्तिपूर्ण वातावरणमा निर्वाचन सफल पार्न सुरक्षा संयन्त्र बलियो पारिएको छ।
बाजुरामा ६२ मतदान केन्द्र अतिसंवेदशिल,१२ वटा संवेदनशिल र ३ वटा सामान्य रहेको जिल्ला सुरक्षा समिति बाजुराका प्रमुख तथा प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले बताए । बाजुरामा ८७ हजार ८६१ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय बाजुराले जनाएको छ । जसमा ४२ हजार ४३१ महिला, ४५ हजार ४२८ पुरुष र २ जना अन्य रहेको जिल्ला निर्वाचन कार्यालय बाजुराले बताएको छ ।
बाजुरामा १ हजार ४ सय बढि अस्थायी मतदाता कायम छन्।अस्थायी मतदाताका लागि जिल्लामा एक मात्र मतदान केन्द्र तोकिएको छ। सदरमुकाम मार्तडी स्थित डिभिजन वन कार्यालयमा उक्त केन्द्र रहने भएको छ।अस्थायी मतदाताले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फ मात्र मत हाल्न पाउनेछन्। प्रत्यक्ष तर्फका उम्मेदवारलाई मतदान गर्न नपाइने व्यवस्था रहेको जिल्ला निर्वाचन कार्यालय बाजुराले जनाएको छ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर