• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Sun, 19, Apr, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

वेस्ट इन्डिजलाई हराउँदै भारत सेमिफाइनलमा

खप्तड मालिका न्युज March 2, 2026 मा प्रकाशित (१ महिना अघि) अनुमानित पढ्ने समय : १ मिनेट

काठमाडौंः आईसीसी टी २० विश्वकप २०२६ मा वेस्ट इन्डिजलाई ५ विकेटले हराउँदै भारत सेमिफाइनल प्रवेश गरेको छ। भारतले सेमिफाइनलमा समूह बी को विजेता इङ्ल्यान्डसँग खेल्नेछ। यी दुई टिमले विश्वकप २०२६ को दोस्रो सेमीफाइनलमा एकअर्काको सामना गर्नेछन् । दुई टोलीको खेल मार्च ५ मा मुम्बईको वानखेडे क्रिकेट स्टेडियममा हुनेछ।

पहिलो सेमिफाइनलमा समूह ए को विजेता दक्षिण अफ्रिका र समूह बीको उपविजेता रहेको न्युजिल्यान्डले इडेन गार्डेनमा खेल्नेछन्। यी दुई टिमको खेल मार्च ४ मा हुनेछ।कोलकाताको इडेन गार्डेनमा टस हारेर ब्याटिङको निम्तो पाएको वेस्टर्न डिजले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै १९५ रन बनाएको थियो।वेस्ट इन्डिजले दिएको १९६ रनको विजयी लक्ष्य पछाएको भारतले १९.२ ओभरमा ५ विकेट गुमाउँदै १९९ रनसहित लक्ष्य पूरा गरेको हो।

भारतको लागि ओपनर ब्याटर सन्जु सामसनले ९७ रनको अविजित पारी खेले। उनले ५० बलमा १२ चौका र चार छक्का प्रहार गरे। एक तर्फबाट विकेट गइरहँदा सन्जुले उत्कृष्ट पारी खेल्दै भारतको जित सुनिश्चित गरे।

भारतको लागि ओपनर अभिषेक शर्मा र वान डाउन आएका इशान किसनले समान १०-१० रन बनाए। कप्तान सूर्यकुमार यादवले १८ र तिलक बर्माले २७ रन बनाउँदा हार्दिक पाण्ड्या १७ रनमा पेवेलियन फर्किएका थिए। शिवम दुबे भने ८ रनमा अविजित रहे।वेस्ट इन्डिजका लागि बलिङतर्फ जेसन हल्डर र समर जोसेफले २-२ विकेट लिए। अकेल होसेनले १ विकेट लिए।

पहिलो इनिङ्समा ब्याटिङ गरेको वेस्ट इन्डिजको लागि रोस्टन चेजले सर्वाधिक ४० रन बनाए। कप्तान‌ सेइ होपले ३२ रन बनाए। पहिलो विकेटका लागि सेई र रोस्टनले ६८ रनको साझेदारी बनाएका थिए। सिम्रन हेटमायर २७ रन बनाएर पेबिलियन फर्के। उनले दोस्रो विकेटका लागि रोस्टन चेजसँग ३४ रनको सानो साझेदारी बनाए। शेर्फान रुथर्फोड १४ रन बनाएर विकेटकिपर सन्जु सामसनको हातमा क्याच भए।‌ पाँचौं विकेटका लागि रोभ्मन पावेल र जेसन होल्डरले ७६ रनको अविजित साझेदारी गरे।

रोभ्मन पावेल ३४ र जेसन होल्डर ३७ रनमा अविजित रहे।भारतका लागि बलिङतर्फ जसप्रीत बुमराहले २ विकेट लिए। हार्दिक पाण्ड्या र वरुण चक्रवर्तीले १-१ विकेट लिए। सन् १९८३ यता इडन गार्डेनमा खेलेका खेलहरूमा वेस्ट इन्डिजले भारतलाई कुनै पनि अन्तर्राष्ट्रिय खेलहरूमा हराउन सकेको छैन। आज यही मैदानमा पुन भारतले वेस्ट इन्डिजलाई हराएको छ।यो खेल सकिएसँगै आइसिसी टी २० विश्वकप २०२६ को सुपर ८ का खेलहरू सकिएका छन्। आइसीसी टी २० विश्वकप २०२६ को फाइनल खेल मार्च ८ मा हुनेछ।

सम्बन्धित पोस्ट
  • खडक अयडीकाे उपचारमा आर्थिक सहयोगको अपिल
  • पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव
  • नेपाली कांग्रेस इतर समूहको बैठक बस्दै
  • गाउँपालिका, नगरपालिका र वडाको संख्या तथा सीमा हेरफेर गर्न मन्त्रालयले माग्यो सुझाव
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    खडक अयडीकाे उपचारमा आर्थिक सहयोगको अपिल

    पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव

    नेपाली कांग्रेस इतर समूहको बैठक बस्दै

    समाचार

    खडक अयडीकाे उपचारमा आर्थिक सहयोगको अपिल

    पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव

    नेपाली कांग्रेस इतर समूहको बैठक बस्दै

    गाउँपालिका, नगरपालिका र वडाको संख्या तथा सीमा हेरफेर गर्न मन्त्रालयले माग्यो सुझाव

    बाजुरामा नेटवर्क संकट चुलिदैँ,सम्पर्कविहिन जस्तैः गाउँहरु

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑