
बाजुरा:जिल्ला प्रशासन कार्यालय बाजुराले निर्वाचनलाई स्वच्छ र भयरहित वातावरणमा सम्पन्न गर्न जिल्लामा मादक पदार्थ विक्री वितरण,ओसारपसार र सेवन नगर्न आग्रह गरेकाे छ।

निर्वाचनको सुरक्षा व्यवस्थालाई मध्यनजर गर्दै निर्वाचन जिल्ला निर्वाचन सुरक्षा समितिको बैठकले जिल्लामा निर्वाचनलाई स्वच्छ वातावरणमा सम्पन्न गर्न यस्तो आग्रह गरेकाे हाे।
फागुन १७ गते राती १२:०० बजेदेखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्मको लागि जिल्लाभित्र मादक पदार्थ विक्री वितरण, ओसारपसार र सेवन नगर्न आग्रह गरिएको प्रशासन बाजुराले जनाएको छ।
सम्बद्ध सबै व्यवसायी वितरक एवम् आम सर्वसाधारणले प्रशासनले जारी गरेकाे सूचनालाई आधार मानि मादक पदार्थको विक्री वितरण, ओसारपसार र सेवन नगर्नु नगराउनु आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी डाेरेन्द्र निराैलाले बताए ।
बाजुरामा निर्वाचनकाे सम्पूर्ण तयारीमा करिव अन्तिम चरणमा पुगिसकेकाे छ।मतपत्र निर्वाचन सामाग्री सहित विभिन्न मतदान स्थलमा कर्मचारी,सुरक्षाकर्मी र निर्वाचन प्रहरी गईसकेका छन्।
फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ७०६ जना कर्मचारी खटाईएको छ। सदरमुकाम मार्तडीमा एक अस्थायी मतदान केन्द्र ताेकिएकाे छ। अस्थायी मतदान स्थलमा ४ जना कर्मचारी खटाईने छ।बाजुरामा एक स्वतन्त्र सहित ७ राजनिती दलका व्यक्ति चुनावी मैदानमा छन्।


खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर