
बाजुरा: बाजुरामा नमुना मतदान गरिएको छ।जिल्ला निर्वाचन कार्यालय,जिल्ला प्रशासन कार्यालय,मुख्य निर्वाचन अधिकृतको कार्यालयको संयुक्त आयोजनामा नमुना मतदान गरिएको हाे।

नमुना मतदानमा २५ पुरुष र १४ महिला गरि ३९ जनाले मतदान गरेका थिए । मतदाताले प्रत्यक्ष र समानुुपातिक दुबैतर्फ मतदान गरेका हुन् । फागुन २१ गते सम्पन्न हुने निर्वाचनलाई लक्षित गर्दै नमुना मतदान गरिएको जिल्ला निर्वाचन कार्यालय बाजुराले जनाएको छ।
नमुना मतदानमा मतदाता, प्रहरी परिचालन,राजनीतिक दलका प्रतिनिधि व्यवस्थापन, निर्वाचन कर्मचारीहरूको परिचालन,बुथ कब्जा नियन्त्रण लगायतकाे नमुना अभ्यास गराइएको थियाे। नमुना मतदानले बदर मतको सङ्ख्या घटाउनका लागि सहयोग पुग्ने निर्वाचन अधिकारी भिम बहादुर शाहीले बताए ।
बाजुरामा ८७ हजार ८६१ मतदाता रहेका छन्। १ हजार ४ सय बढि अस्थायी मतदाता छन्। यहाँ ११८ मतदान र १ अस्थायी मतदान केन्द्र रहेका छन्। ६२ मतदान केन्द्र अतिसंवेदशिल,१२ वटा संवेदनशिल र ३ वटा सामान्य रहेको जिल्ला सुरक्षा समिति बाजुराका प्रमुख तथा प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले बताए।
त्यस्तै मतदान अधिकृत र सहायक अधिकृतलाई तालिम समेत सञ्चालन गरिएको छ। फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै मतदान अधिकृत र सहायक मतदान अधिकृतका लागि तीन दिने अभिमुखीकरण तालिम सञ्चालन गरिएको हाे ।फागुन १४ गते देखि १६ गतेसम्म सञ्चालन हुने तालिम मार्फत निर्वाचन प्रक्रियालाई थप प्रभावकारी,र व्यवस्थित बनाउने अपेक्षा लगिएको छ।
फाेटाेफिचर…..












खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर