
काठमाडौं – आईसीसी टी-२० विश्वकपको सुपर-८ अन्तर्गत बुधबार सहआयोजक श्रीलंका र न्युजिल्यान्ड भिड्दैछन्। यो खेल बुधबार साँझ ७ बजेर १५ मिनेट जाँदा सुरु हुनेछ।

सुपर-८ को समिकरणमा श्रीलंका अंकबिहीन छ भने न्युजिल्यान्डले एक अंक जोडेको छ। आफ्नै मैदानमा सुपर-८ को पहिलो खेलमा इंग्ल्यान्डसँग ५१ रनले पराजित भएको श्रीलंका पहिलो जितको खोजीमा छ। पहिलो खेल वर्षाले अवरुद्ध भएपछि पाकिस्तानसँग अंक बाँडेको न्युजिल्यान्डसमेत पहिलो जितको खोजीमा छ।
सुपर-८ मा पुगेका टोलीमध्ये समूह एकमा भारत, दक्षिण अफ्रिका, वेस्ट इन्डिज र जिम्बावे तथा समूह ‘दुई’मा इंग्ल्याण्ड, न्युजिल्याण्ड, पाकिस्तान र श्रीलंका रहेका छन्।
दुवै देश जितको खोजीमा रहेको यो समूहबाट सेमिफाइनल पुग्न श्रीलंकाले बाँकी दुई खेल जित्नैपर्ने दबाब छ। आजको खेल मात्र गुमाए श्रीलंका सेमिफाइनल दौडबाट बाहिरिने छ। न्युजिल्यान्डसमेत श्रीलंकालाई हराउँदै सेमिफाइनल यात्रा जीवित राख्न चाहन्छ। आयोजकसमेत रहेकाले आजको खेलमा श्रीलंका दबाबमा हुनेछ।
२० राष्ट्र सहभागी प्रतियोगिताबाट आयोजक भारत र श्रीलंकासहित जिम्बावे, वेस्ट इन्डिज, दक्षिण अफ्रिका, पाकिस्तान, इंग्ल्यान्ड र न्युजिल्यान्ड सुपर-८ मा पुगेका हुन्।
सुपर-८ मा पुगेका टोलीमध्ये समूह एकमा भारत, दक्षिण अफ्रिका, वेस्ट इन्डिज र जिम्बावे तथा समूह ‘दुई’मा इंग्ल्याण्ड, न्युजिल्याण्ड, पाकिस्तान र श्रीलंका रहेका छन्।
कस्तो बन्दैछ समिकरण ?
सुपर-८ को दोस्रो खेलमा पाकिस्तानलाई दुई विकेटले हराएसँगै समूह ‘दुई’बाट इंग्ल्यान्ड इक खेल अगाडि नै सेमिफाइनल पुगिसकेको छ। सेमिफाइनल पुग्ने समूह ‘दुई’को अर्को टिमको भने टुंगो लाग्न बाँकी छ।
सुपर आठको तालिका अनुसार समूह ‘दुई’मा दुई खेल खेल्दा इंग्ल्यान्ड चार अंकसहित शीर्ष स्थानमा छ भने न्युजिल्यान्ड र पाकिस्तानले एकएक अंक जोड्दा श्रीलंका अंकबिहीन छ।
सुपर आठको समूह ‘एक’मा भने वेस्ट इन्डिज र दक्षिण अफ्रिकाले दुईदुई अंक जोड्दा भारत र जिम्बावे अंकबिहीन छन्। यो समूहबाट सेमिफाइनल पुग्न अब भारत र जिम्बाबेले दुवै खेल जित्नुपर्ने दबाब छ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर